बाजुराको मार्तडीमा कर्फ्यु लगाइयो

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>


२४ वैशाख, बाजुरा । बाजुराको मार्तडीमा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बन्द गराउन खोज्ने आन्दोलनकारीहरूलार्इ रोक्न खोज्दा प्रहरीसंग भएको विवादले उग्ररूप लिएपछि सदरमुकाम मार्तडीमा बुधवार विहान ५ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । भौतिक तथा योजना मन्त्रालयले साफे मार्तडी सडकखण्डको बेलिब्रिज पुलको टेन्डर एकाएक रद्ध गरेएको भन्दै तीन दिनदेखि बाजुरावासी आन्दोलनमा छन् । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको निबासमा समेत आन्दोलनकारीले ढुङगामुढा गर्ने प्रयास गरेका थिए । मंगलवार दिउँसो आन्दोलनकारी र प्रहरीवीच भएको झडपमा प्रहरी नायव उपरीक्षक सहित १३ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ । आन्दोलनकारीले सबै सरकारी कार्यालय बन्द गराउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । १८ वर्ष पहिले शिलान्यास गरिउको साँफे-मार्तडी सडक हालसम्म पनि सदरमुकाम मार्तडीसम्म नपुगेको र टेन्डरसमेत पहुँचको आधारमा रद्ध गरिएको भन्दै बाजुरावासी आक्रोशित भएका हुन् । सदरमुकाम मार्तडीको स्थिति असामान्य भएपछि प्रहरीले कर्फ्यु लगाएको हो । आन्दोलनको नेतृत्व एमाओवादी, नेपाली काँगे्रस, नेकपा एमाले र नेकपा-माओवादीलगायतका दलहरुले गरिरहेका छन् । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.