नेपाल फिफा बरियताको १७१ औं स्थानमा
काठमाडौं – नेपाल फिफाको पछिल्लो वरियतामा यथास्थान छ। विश्व फुटबल महासंघ (फिफा) ले जुन महिनालाई हिजो जारी गरेको वरियतामा नेपाल १०८ अंकका साथ १७१औं स्थानमा छ। अप्रिलयता नेपाली सोही स्थानमा रहँदै आएको छ। फागुनमा एएफसी च्यालेन्ज कप खेलेयता नेपालीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्री खेल खेलेको छैन।
अघिल्लो महिना जस्तै फिफा वरियताको १४०औं स्थानमा रहेको अफगानिस्तान दक्षिण एसियाली आठ राष्ट्रमध्ये शीर्षमा निरन्तर छ। भारत १४७औं, बंगलादेश १५२औं, माल्दिभ्स १५७औं, पाकिस्तान १६८ औं स्थानमा छन्। नेपालभन्दा पछाडि श्रीलंका १७२औं र भुटान २०७औं स्थानमा छन्।
फिफा वरियताको शीर्ष चारमा कुनै परिवर्तन छैन। स्पेन पहिलो, जर्मनी दोस्रो, अर्जेन्टिना तेस्रो र क्रोएसिया चौथोमा छन्। त्यस्तै नेदरल्यान्डस, पोर्चुगल, कोलम्बिया, इटाली, इङ्ल्यान्ड र इक्वेडर पाचौंदेखि १०औं स्थानमा छन्। पाँचपल्टको विश्व विजेता ब्राजिल अहिलेसम्मकै घटुवा हुने क्रममा २२औं स्थानमा पुगेको छ। १५ वर्षभन्दा लामो समय शीर्षस्थानमा रहिसकेको ब्राजिल अघिल्लो महिनाभन्दा ३ स्थान तल झरेको हो।
भिडियोको लागी तल क्लिक गर्नुहोला अघिल्लो महिना जस्तै फिफा वरियताको १४०औं स्थानमा रहेको अफगानिस्तान दक्षिण एसियाली आठ राष्ट्रमध्ये शीर्षमा निरन्तर छ। भारत १४७औं, बंगलादेश १५२औं, माल्दिभ्स १५७औं, पाकिस्तान १६८ औं स्थानमा छन्। नेपालभन्दा पछाडि श्रीलंका १७२औं र भुटान २०७औं स्थानमा छन्।
फिफा वरियताको शीर्ष चारमा कुनै परिवर्तन छैन। स्पेन पहिलो, जर्मनी दोस्रो, अर्जेन्टिना तेस्रो र क्रोएसिया चौथोमा छन्। त्यस्तै नेदरल्यान्डस, पोर्चुगल, कोलम्बिया, इटाली, इङ्ल्यान्ड र इक्वेडर पाचौंदेखि १०औं स्थानमा छन्। पाँचपल्टको विश्व विजेता ब्राजिल अहिलेसम्मकै घटुवा हुने क्रममा २२औं स्थानमा पुगेको छ। १५ वर्षभन्दा लामो समय शीर्षस्थानमा रहिसकेको ब्राजिल अघिल्लो महिनाभन्दा ३ स्थान तल झरेको हो।
|
0 comments
Write Down Your Responses