नाँगिएरै टिक्न खोज्ने नायिकाहरु-को को छन् हेर्नुहोस !

काठमाडौं– चलचित्रमा ससक्त अभिनय गरेर भन्दा अँग प्रदर्शन गरेर सफल भईन्छ भन्ने नायिकाहरुको जमात बढ्न थालेको छ । यो भ्रम सहित नग्नताको परकास्टासम्म पुग्ने क्रममा नायिकाहरुको होड चल्न थालेको छ । नग्नताकै प्रसँग उठाउँदा एक ताका अभिनेत्री तुलसा सिलवालले कथाले मागे जती दिने क्रममा देखाउन कुनै कसर छाडिनन् । त्यसपछि उनलाई दर्शकले सँधैका लागि बाई बाई गरिदिए । नाँगिएर हिट हुन चाहेका तर असफल भएका थुप्रै नायिकाहरु नेपाली सिनेउधोगमा छन् । अभिनेत्री रेखा थापा नेपाली चलचित्र बृत्तमा प्रबेश गर्दा उनले पनि अभिनय भन्दा नग्नतालाई महत्व दिएकी थिईन् । सोही कारण रेखा हैन देखा थापाको उपनाम समेत पाईन उनले । तर रेखाले अँग प्रदर्शनसँगै अभिनयलाई महत्व दिईन् । आफ्नो अभिनयमा निखारता ल्याइन् । परिणाम स्वरुप उनी लामो समयसम्म नेपाली चलचित्र बृत्तमा शिर्ष स्थानमा रहिरहिन । पछिल्लो समय केही नायिकाहरु भने अभिनय भन्दा नग्नताले टिक्ने कोशिशमा छन् । यस्तै आफुलाई हट गर्ल भन्न रुचाउने अर्की नायिका जिया केसी पनि सिनेमामा नाँगिन रुचाउने युवती हुन् । चलचित्रमा कथाले माग जति दिन पछि नपर्ने यी अभिनेत्रीले अँग प्रदर्शनमा कन्जुस्याई नगरेकै कारण फिल्म एटिएम प्रदर्शनमा बन्देज भयो । 

सो फिल्ममा उनले आफ्नो स्तन समेत नायिक दिनेश थापालाई समाप्त लगाएकी थिईन् । जुन दृष्य नेपाली सिनेमाकै अहिलेसम्म कै घृणित दृष्य मानिएको छ । कहिले भुवन केसीलाई प्रेम गर्छु त कहिले महिला समलिँगी हुँ भनेर सस्तो चर्चा कमाउने यी नायिकाले पनि एटिएमकै कारण गतिलो फिल्ममा काम पाउन छाडेकी छिन् । नग्नतामा विश्वास गर्ने यी नायिकाले रिम विश्वकर्मा निर्देशित एक नयाँ फिल्ममा त एटिएमलाई पछि पार्ने गरी अँग प्रदर्शन गरेको बताएकी छिन् । अँग प्रदर्शनकै कारण एटिएम बन्देज भएको अबस्थामा त्यसलाई पनि ओझेलमा पार्ने गरी आफुले अर्को फिल्ममा अँग प्रदर्शन गरेको बताउने यी नायिका राम्ररी अभिनय गर्न जान्दिनन् । उनको अहिलेसम्म एउटा पनि गतिलो सिनेमा दर्शक माझ आएको छैन । अँग प्रदर्शन गरेर उनले कहिलेसम्म फिल्म पाउँछिन् । त्यो भने हेर्न बाँकी छ । 

यस्तै अभिनेत्री हुन् सुस्मा कार्की । आफ्नो प्रेमी सुदर्शन थापाको सहयोगले मेरो लभ स्टोरी र मेरो एउटा साथी छ मा उनले अभिनयमा निखार ल्याएकी थिईन् । त्यसपछिका दिनमा उनी सि ग्रेडका सिनेमा तर्फ आकर्षित भईन् । चलचित्र लूटको उद्रेको चोली…गीतबाट आइटम डान्सरको रुपमा परिचित उनी पछिल्लो समय एक पछि अर्को गर्दै आईटम डान्समा सिमित भएकी छिन् । स्तनमा सूर्यको टाटु बनाएर चर्चा पाएकी सुस्मा चलचित्र बिन्दासमा अँग प्रदर्शन गर्न कत्ति पनि कन्जुस्याई गरिनन् । बिन्दासले सुस्मालाई प्रगतीको साटो अबगती गरायो । नग्नता पस्केर फिल्ममा सफल भईन्छ भन्ने मान्यता बोकेकी यी अभिनेत्रीले बिन्दास पछि राम्रो फिल्म पाउन सकेकी छैनन् । अर्की अभिनेत्री पुजना प्रधानले एक दशक अघि चलचित्र हिरोबाट नग्नतालाई नै अँगालेर नेपाली फिल्ममा प्रबेश गरेकी हुन् । यस पछि पनि उनले एक पछि अर्को गर्दै थुप्रै सिनेमामा नग्नताकै सहारा लिईन् । जय सँगत भन्ने सँस्थामा आबद्ध भएपछि जप तप ध्यानमा लागेकी उनको त्यो अभियन एउटा नाटक मात्र सावित भएको छ । जय सँगत अभियानमा लाग्दा नग्नताको बिरोधी नायिका पुजना प्रधान अहिले नेपाली फिल्ममा खुलेर नाँगिन थालेकी छिन् ।

 बिन्दासकै निर्देशक राजु गिरीसँग अर्को फिल्म रक्षामा अभिनय गरेकी पुजनाले सो फिल्ममा आफुलाई नँग्याउन कत्ती पनि कन्जुस्याई गरेकी छैनन्,‘दर्शकले पुजनाको शरीर हेर्न चाहन्छ भने मैले किन त्यसो नगर्ने ।’ यस्तो प्रकारको प्रतिक्रिया सञ्चार माध्यममा दिएकी यी अभिनेत्रीलाई फिल्म रक्षामा आफु नाँगिएकोमा कुनै पछुतो थिएन । तर उनको नग्न शैलीको फोटो फिल्म रक्षाको पोष्टरमा राखेपछि भने उनले आपत्ती जनाएको खबर सञ्चार माध्यममा आयो । चलचित्र रक्षालाई चर्चामा ल्याउन निर्देशक राजु गिरी र नायिका पुजना प्रधानले योजनाबद्ध रुपमा पोष्टरमा नग्न तस्बिर राखेर बिबादको नाटक गरेको भन्ने समाचार पनि बाहिर आउन थालेका छन् ।


नायिकालाई नँग्याएर सिनेमा चलाउने निर्देशक मानिएका राजु गिरीकै फिल्म खेलेको कारण नायिका सुस्मा कार्की आजकाल राम्रा फिल्म बिहिन भएकी छिन् । लामो समय पछि फिल्ममा फर्किएकी नायिका पुजनाले पनि राम्रो फिल्म नपाएपछि चर्चामा आउन नग्नताको बाटो अँगालेकी छिन् । उनले अँगालेको यो नग्नताले पुजनालाई पनि सुस्मा जस्तै पतन नबनाउला भन्न सकिन्न । नेपाली सिनेमालाई सि ग्रेडको फिल्ममा रुपान्तर गर्न उद्धत अरु पनि केही नायिका यहाँ नभएका हैनन् । अँग प्रदर्शन गरेर अस्लिल हाउभाउ देखाएर सफल भईन्छ भन्ने यस्तै नायिकाको कारण निर्देशकले फिल्ममा प्रसस्त नग्नता प्रस्तुत गर्न पाएका छन् । जस कारण दर्शकहरु परिवारसँग हलमा जान छाडेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.