चीनतिरबाट आयो नक्कली भारु !
११ असार, काठमाण्डौं । नक्कली भारतीय
रुपैयाँका कारोबारीले चिनियाँ भूमिसमेत प्रयोग गर्न थालेको थाहा भउको छ ।
चीनबाट कुरियर गरी काठमाण्डौं हुँदै वीरगञ्ज पठाइएको झन्डै ३० लाख नक्कली
भारु प्रहरीले बरामद गरेपछि यो कुरा खुलेको हो ।
चीनले सेन्जेन सहरबाट डीएचएलमा मनोहर
गिरीका नाममा कुरियर भएर उक्त नक्कली नोट काठमाण्डौं आएको र यहाँबाट
वीरगञ्ज पठाएको मंगलबार प्रकाशित कान्तिपुर दैनिकमा खबर छ
। प्रहरी मुख्यालयको विशेष व्युरो र वीरगञ्ज प्रहरीले २९ लाख ६५ हजार
नक्कली भारुसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार भार प्रायः
पाकिस्तानमा बनाइने गरिन्छ र त्यहाँका संगठित गिरोहले अनेक मार्ग र विधि
प्रयोग गरेर भारतसम्म पुर्याउने गरेका छन् ।
|

0 comments
Write Down Your Responses