स्वीकृतिबिना पोसाक फेर्दै सेना !
१२ असार, काठमाण्डौं । नेपाली सेनाले नियमावलीको व्यवस्था लत्याउँदै
सरकारको स्वीकृतिबिनै सैनिक पोशाक परिवर्तन गर्न लागेको छ । सैनिक
नियमावलीमा पोशाक परिवर्तनपूर्व सरकारी स्वीकृति लिनुपर्ने स्पष्ट व्यवस्था
भए पनि सेनाले कार्यालय समयमा काम गर्ने सैनिकका लागि धमाधम पोशाक सिलाइ
गरिरहेको छ ।
‘सैनिक
व्यक्तिको पोशाकको रङ, किसिम, गुणस्तर र अन्य विवरण प्रधानसेनापतिको
सिफारिसमा नेपाल सरकारले स्वीकृत गरेबमोजिम हुनेछ,’ सैनिक नियमावली, २०६९
को परिच्छेद-८ दफा ९४ को उपदफा १ मा उल्लेख छ । तर रक्षा मन्त्रालयले
मंगलबारसम्म पोशाक परिवर्तनबारे कुनै जानकारी नभएको जनाएको छ ।
‘पोशाक परिवर्तनबारे कुनै जानकारी छैन, प्रस्ताव पनि आएको छैन,’ रक्षा
प्रवक्ता सहसचिव द्वारिकाप्रसाद आचार्यले भने । सेनाका कार्यबाहक प्रवक्ता
महासेनानी कुवेर थापाले भने नयाँ पोशाक साउन १ बाट सैनिक मुख्यालयमा
कार्यरत सबै सैनिकका हकमा कार्यान्वयन गरिने जानकारी दिएको कान्तिपुर दैनिकमा खबर छ ।
महासेनानी थापाका अनुसार साउन १ गतेबाट मुख्यालय कार्यालयमा काम गर्ने
सबै सैनिक व्यक्तिले नयाँ पोशाक लगाउनेछन् । ‘पहिलो वर्ष चार हजारभन्दा
बढीलाई नयाँ पोशाक उपलब्ध गराइनेछ । मुख्यालय हुँदै चरणबद्ध रुपमा पृतना,
गणलगायतका अन्य इकाइ कार्यालयमा काम गर्नेको हकमा नयाँ पोशाक कार्यान्वयन
गरिनेछ,’ उनले भने, ‘कति छिटो सबैको हकमा नयाँ पोशाक लागू गर्ने भन्ने कुरा
कपडाको आयात र सिलाइको रफ्तारमा निर्भर हुन्छ ।’
महासेनानी थापाले सैनिक मुख्यालय, सेमिनार/तालिममा विदेश जाने, उत्सवीय
कार्य र विदेशीको आगमनका खटिनेले साउन १ गतेबाटै नयाँ पोशाक लगाउने बताए ।
सेनाको पिएसओज अर्थात प्रिन्सिपल स्टाफ अफिसर्स -राजधानीमा उपलब्ध उपरथी र
सोभन्दा उपल्लो पदका अधिकारीसम्मिलित सेनाको नीति, निर्माण तह) बैठकले
पोशाक अनुमोदन गरेको उनले बताए । सरकासंग स्वीकृति लिनुपर्ने वा
लिए/नलिएकोबारे बुझ्ने काम भइरहेको उनको भनाइ छ ।
|

0 comments
Write Down Your Responses