राति चुनाव प्रसार गर्न नपाइने
११ असार, काठमाण्डौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि आचारसंहिताको मस्यौदा तयार पारेको छ । मस्यौदामा बिहान सात बजेदेखि बेलुका सातबजेसम्म मात्र चुनावको प्रचार गर्न पाउने प्रावधानसमेत राखिएको छ । आयोगले तयार पारेको मस्यौदामाथि दलहरुसँग छलफल गरिसकेपछि आजै साँझ मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग आयोगकै कार्यालयमा छलफल गरिने निर्वाचन आयोगले जनाएको छ । छलफल पछि आचारसंहिता जारी गरिने र तत्कालदेखि लागु हुने बताइएको छ । आयोगले तयार पारेको आचार संहितमा चुनाव प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न नपाईने, एकै स्थानमा एकै समय दुईदलको कार्यक्रम गर्न नपाइने, चुनाव खर्च आयोगले तोके अनुसार गर्नुपर्ने र खर्च पारदर्शी नगर्ने दलले चुनाव जिते पनि रद्द गर्न सकिनेलगायतका प्रावधान समेटिएको स्रोतले बताएको छ ।
|
0 comments
Write Down Your Responses