अदालतले भन्यो : सार्वजनिक स्थानमा हस्तमैथुन गर्न पाइन्छ

हामीकहाँ धेरै मानिसको आउजाउ हुने सार्वजनिक स्थानहरु तथा सांस्कृतिक सम्पदाको आसपासमा जोडी कसेर बस्ने ठिटाठिटीहरुमाथि समेत प्रहरीको नजर पर्छ र उनीहरुलाई अश्लीलता फैलाएको भन्दै घोक्रेठ्याँक लगाएर पुलिस चौकीमा पूराइन्छ वा लखेटिन्छ । तर हाम्रोमा जस्तो यो दुनियामा सबैतिर हुन्छ भन्ने कहाँ छ र ? विश्वमा एउटा यस्तो देश पनि छ जहाँ सार्वजनिक स्थानमा प्रेमी प्रेमिका अँगालो मारेर बस्न पाइने मात्र होइन मज्जाले हस्तमैथुन समेत गर्न पाइन्छ ।

Man and woman drop their bathing suits at the beach.
हो, युरोपेली मुलुक स्विडेन विश्वको पहिलो छाडा मुलुक बनेको छ जहाँ अब तन्नेरीहरुले इच्छा जाग्नेबित्तिकै सार्वजनिक स्थानमै हस्तमैथुन गर्न सक्नेछन् । स्विडेनको एक अदालतले हालै सार्वजनिक स्थानमा हस्तमैथुन गर्नु अपराध नभएको फैसला गरेपछि छाडा तन्नेरीहरु हौसिएका छन् ।
स्विडेनको सोडरटन जिल्ला अदालतले हालै एक मुद्दामा फैसला गर्दै धेरै मानिस भेला हुने सामुदि्रक तटमा हस्तमैथुन गर्नु कुनै अपराध नभएको बताएको छ । गएको जुन महिनामा एक सामुदि्रक तटमा नांगै भएर हस्तमैथुन गरिरहेका ६५ वर्षका एक पुरुष विरुद्धको मुद्दामा न्यायाधीशले ती वृद्धलाई सफाइ दिएका हुन् । अदालती फैसलामा ती पुरुषले सार्वजनिक स्थानमै हस्तमैथुन गरेपनि त्यो कसैप्रति लक्षित नभएकाले त्यसलाई यौनिक अपराध भन्न नमिल्ने उल्लेख छ । जिल्ला अदालतले गरेको यस्तो फैसलाप्रति सरकारी वकिलले असन्तुष्टी जनाउँदै यसले सामाजिक रुपमा विकृती फैलाउने जिकिर गरेका छन् । स्मरण रहोस् स्विडेन यस्तो देश हो जहाँ दुइ महिनाअघि एक राजनीतिक दलले पुरुषहरुले उठी उठी पिसाब गर्न नपाउने कानून बनाउनुपर्ने र पिसाब गर्दा पुरुषले पनि बस्नुपर्ने नियम बसाल्नुपर्ने माग गरेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.