घर जाने टिकट पाउनुभएन ? ट्राफिकलाई फोन गर्नुहोस् १०३ मा

८ असोज, काठमाण्डौं । ट्राफिक प्रहरीले यातायात र टिकटको समस्या नभएको बताएका छन् । घर जाने योजनामा टिकट नपाएर यात्रुहरुले सास्ती बेहोरिरहेको अवस्थामा अनुगमनमा खटिएका ट्राफिक प्रहरी महाशाखाका अधिकारीहरुले भने यस्तो समस्या नरहेको बताएका हुन् । महाशाखाका प्रमुख केशब अधिकारीले अहिले दैनिक ३ हजार पाँच सय सवारी साधन उपत्यकाबाट बाहिर जाने गरेको र समस्या नदेखिएको बताए । यात्रुको चाप बढी हुने समयका लागि एक हजार ५ सय बस उपत्यकामा थप्ने तयारी भएको जानकारी दिँदै अधिकारीले भने, ‘ बसका टिकट सकिएका छैनन्, टिकट पाइएन वा तोकिएको मूल्य भन्दा बढी कसैले माग्यो भने ट्राफिकलाई फोन गरे हुन्छ ।’ डिआइजी अधिकारीले कुनै व्यवसायीले बदमासी गरे ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर जानकारी दिन वा नागरिक सहायता कक्षमा उजुरी गर्न यात्रुलाई आग्रह गरे । उजुरीका आधारमा टिकट छैन भन्ने यातायातको बुक भएको टिकट विवरण हेरेर झुटो ठहरिए वा तोकिएको भन्दा बढी भाडा लिनेलाई यातायात व्यवस्था विभागसहितको टोलीले कारबाही गर्ने गरेको अधिकारीले बताएको खबर नागरिक दैनिकले छापेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.