भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
यसपालीको नयाँ वर्ष २४ दिन ढिलो !
Powered by Blogger.
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> ३ बैशाख, काठमाण्डौं । नयाँ वर्ष आइतबार मनाईयो । तर, खगोलविद्का अनुसार २४ दिन पहिले, अर्थात्, ७ चैत नै नयाँ वर्ष मनाइनुपर्ने थियो । किन त ? १ बैशाखमा सूर्य मेष राशिमा प्रवेश गर्छ । यसै दिनबाट नयाँ बर्ष मनाइन्छ । सूर्यको गति हरेक ७१ बर्षमा एक दिन अगाडि सर्छ । त्यसअनुसार ०७० सालसम्म आइपुग्दा सूईको गति २४ दिन अगाडि सरिसकेको छ । यही २४ दिनलाई मिलन गर्न ०६५ सालमा संस्कृति मन्त्रालयले जलकृष्ण श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएको थियो । सो कार्यदलले दिएको सुझावका आधारमा ०६७ सालमा चैत महिना हटाउने निर्णय मन्त्रालयले गरेको थियो । तर, हिन्दूवादीले विरोध गरेपछि निर्णय फिर्ता लिइयो । प्ञ्चांगत निर्माण गर्दा सायन पद्धति र निरायन पद्धति अपनाइन्छ । सायन पद्धतिमा सूर्यको गतिलाई आधार मानिन्छ भने निरायन पद्धतिमा सूर्यको गतिलाई नहेरेर बर्षभरको दिनलाई गणना गरिन्छ । नेपाल पञ्चांग निर्माण समितिका अध्यक्ष डा. माधब भट्टराईले ०७० सालसम्म आइपुग्दा करिब २४ दिन ढिलो भएको बताए । तर, यसलाई मिलान गर्ने नाममा एक महिना घटाउन आवशयक नुहुने उनको राय छ, नयाँ पत्रिकामा खबर छ । ‘०७० सालसम्म आइपुग्दा करिब २४ दिन ढिलो भएको हो तर यसलाई मिलान गर्न एउटा महिना हटाउन आवश्यक छैन् । यो आफैं समायोजन हुन्छ,’ डा. भट्टराईले भने । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses