एकै दिन साढे ९० लाख एसएमएस !


३ बैशाख, काठमाण्डौं । नेपाल टेलिकमले नयाँ बर्ष २०७० सालको अवसरमा जीएसएम तथा सीडीएमएको एमएमएस सेवामा दिएको छुटका कारण मोवाइल प्रयोगकर्ताले आइतबार मात्र ९० लाख ४० हजारवटा एसएमएस गरेका छन् । जीएसएम र सीडीएमएको एसएमएस सेवामा टेलिकमले भ्याटबाहेक १ रुपैयाँ महसुल लिँदै आएको थियो । नयाँ बर्षको अवसरमा उक्त दरमा ५० प्रतिशत छुट सुविधा दिएपछि मोबाइल प्रयोगकर्ताले यसलाई अधिकतम रुपमा प्रयोग गरेको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले बताएको नेपाल समाचारपत्रमा खबर छ । प्रवक्ता प्रधानले भन्नुभयो,-’नयाँ वर्ष भएकाले पनि एसएमएसको संख्या वृद्धि भएको हो ।’ टेलिकमले गत चैत ३१ गतेदेखि बैशाख २ गतेसम्मका लागि विद्यमान दरमा ५० प्रतिशत छुटको सुविधा दिएको थियो । छुटअघि ग्राहकले दैनिक २० लाख २० हजार एसएमएस गर्ने गरेको प्रवक्ता प्रधानकाृे भनाई छ । ५० प्रतिशतको आधारमा ग्राहकले एकै दिनमा करिब ४५ लाख २० हजार रुपैयाँबराबरको एसएमएस सेवामा छुट पाएका छन् । सोमबार पनि एसएमएस गर्नेको संख्या उल्लेख्य रहेको टेलिकमले जनाएको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.