अन्तर्वार्ता नदिई विदेशीले नेपालमा श्रम स्वीकृति नपाउने

भिडियोको लागी तल क्लिक गर्नुहोला

२४ वैशाख, काठमाण्डौं । नेपालमा विदेशी कामदारले स्वयं उपस्थित भएर अन्तर्वार्ता दिएपछि मात्र श्रम स्वीकृति पाउने भएका छन् । गैरकूटनीतिक क्षेत्रमा कार्यरत विदेशीबाट राष्ट्रहित विपरीत काम भएको पाइएपछि सरकारले श्रम ऐनअन्तर्गत श्रम विभागको अन्तर्वार्ता अनिवार्य पास गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको हो । श्रम विभागका अनुसार श्रम स्वीकृति नलिई काम गरिरहेका गैरकूटनीतिक क्षेत्रका विदेशीलाई समेत यो नियम लगाइने छ । श्रम स्वीकृति नलिई नेपालमा काम गरेकेा अनुगमनमा पाइए कारबाही गरिने विभागले जनाएको छ । यसअघि विदेशी गैरकूटनीतिक व्यक्ति नेपालमा काम गर्न आउँदा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि श्रम स्वीकृति दिइन्थ्यो । नेपालमा रहेका विभिन्न गैरसरकारी संस्था -एनजीओ), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था -आइएनजीओ), विकासे कार्यक्रम तथा परियोजन, द्विपक्षीय तथा बहुपक्षीय सम्झौताका आधारमा सञ्चालित परियोजना, दातृसंस्थालगायत संघसंस्थालगायत संघसंस्थामा कार्यरतमाथि अनुगमन गर्ने तयारी विभागको रहेको नागरिक दैनिकमा खबर छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.