'पाँच महिनामा घर बनाउने पार्टीले मुलुक किन बनाउँदैन ?'

भिडियोको लागी तल क्लिक गर्नुहोला

kamal thapa
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभा चुनावपछि आफ्नो पार्टी पहिलो शक्ति हुने दाबी गरेका छन् । काठमाडौं- ४ धुम्बाराहीमा पार्टी केन्द्रीय कार्यालय 'शशिकला स्मृति भवन' उद्‍घाटन गर्दै अध्यक्ष थापाले अबको चुनावमा सवै धर्म, जाति, जनजातिलाई मिलाएर सिंगो प्रजातन्त्रिक मुलुक बनाउने उद्‍घोष गरे । 'राप्रपा नेपालले पाँच महिनामा यत्रो भवन बनाएको छ,' पार्टी कार्यालय निर्माणको सन्दर्भ जोड्दै उनले भने, 'पाँच महिनामा देश किन बनाउन सकिन्न ? यो देश बनाउने सन्देश हो ।' २०६२/६३ को जनआन्दोलनका शक्तिहरु असफल भएको उनको भनाइ थियो । 'उनीहरुले दिएको नीति, मार्गचित्र, रणनीति सवै असफल भयो,' उनले भने, 'अब वैचारिकरुपमा राप्रपा नेपाल पहिलो शक्ति हो ।' थापाले चार दलको सिण्डिकेटका कारण मुलुकमा चुनाव नहुने आशंका बढेको उल्लेख गर्दै तर पनि ढिलो चाँडो चुनाव भने अवश्यम्भावी रहेको बताए । 'हाम्रो पार्टीले चुनावलाई अग्निपरीक्षाकोरुपमा लिएको छ,' उनले भने, ' आजको मितिदेखि नै राप्रपा नेपाल चुनावको तयारीमा जुटेको म घोषणा गर्दछु ।' कार्यक्रममा दुई करोड २० लाख रुपैयाँमा पार्टी कार्यालय निर्माण गरिएको जानकारी दिइयो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.