झलनाथले बैठक नबस्ने भनेपछि प्रचण्ड रिसाएर चोभारतिर
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई विश्वास थियो, विहीबार दिउँसो ३ बजे उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दैछ । यही विश्वासका कारण प्रचण्डले अन्य कार्यक्रम केही राखेनन् । दिउँसो प्रचण्डका एकजना सहयोगीले झलनाथलाई फोन गरे सोधे- ‘सर, बैठक तीन बजे हैन ?’ खनालले अन्कनाउँदै जवाफ दिए, ‘होइन, आज बैठकै डाकिएको छैन ।’

‘उच्चस्तरीय समितिको बैठक बस्छ भनेर
प्रचण्डका अन्य कार्यक्रमसमेत स्थगन गरिएका थिए ।’ स्रोतले भन्यो- खनालले
बैठक नबस्ने भनेपछि अध्यक्ष प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र
चोभारतर्फ लागेका छन् ।’
‘उच्चस्तरीय राजनीतिक समितिको बैठक
नराख्नुमा कांग्रेस, एमालेका नेताहरुको गम्भीर षड्यन्त्र छ । थ्रेसहोल्डमा
बखेडा झिकेर उनीहरु चुनावको मिति नतोक्न र मंसिरको चुनाव पछि धकेल्न
उद्यत्त भएका छन् ।’- लाजिम्पाट स्रोतले भन्यो, ‘यसमा मोहन वैद्यजीहरुको
पनि हात रहेको आशंका छ ।’
नेवा मुक्ति मोर्चाको बाषिर्क उत्सव तथा
पिक्निक कार्यक्रममा पुगेका माओवादी अध्यक्ष प्रचण्डले प्रमुख चार दलबीच
थ्रेस होल्डमा कुनै सहमति नभएको दावी गर्नुभयो । चार दल भनिरहेको बेला
कांग्रेस र एमाले २ दलले मात्र मन्त्रिपषद अध्यक्ष खिलराजमा सुटुक्क भेट्न
जानु षड्यन्त्र भएको दावी गर्नुभयो ।
बुधबार नेपाली कांग्रेस र नेकपा एमालेका
शीर्ष नेताहरुवीच भएको छलफलमा नयाँ निर्वाचनसम्बन्धी कानूनमा थ्रेसहोल्ड
कायम राख्न र सभासदको संख्या ४ सय ९१ कायम गर्न कांग्रेस एमाले सहमति भएका
थिए । त्यसपछि उनीहरुले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटी यिनै
अडानहरु दोहोर्याएका थिए । तर, यसो गरेर कांग्रेस एमालेले निर्वाचन
सम्बन्धी कानून पारित गर्न नदिने र चुनावको मिति घोषणामा बाधा हाल्ने
प्रयास गरेको भन्दै प्रचण्ड रुष्ट देखिएको स्रोतले बतायो । स्मरण रहोस्,
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले एकातिर चारदलीय संयन्त्रका आधारमा
सरकार नचलेको बताउँदै आएका छन् भने अर्कोतिर चारदलीय संयन्त्र खारेज गर्ने
माग मोहन वैद्यको माओवादी लगायतका दलहरुले गर्दै आएका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses