'महिला भएकै कारण महिलामाथि हिंसा भयो'

भिडियोको लागी तल क्लिक गर्नुहोला

भक्तपुर- महिला अधिकारकर्मी सपना मल्लले महिला भएकै कारण महिलामाथि हिंसा हुने गरेको बताएका छन्। स्थानीय शान्ति समिति भक्तपुरद्वारा आज यहाँ आयोजित 'महिला हिंसा न्यूनीकरण' विषयको गोष्ठीमा उहाँले महिलामाथि हुने हिंसाअर्न्तगत सामाजिक, लैङ्गिक, आर्थिक, शारीरिक, मानसिक प्रताडना तथा असन्तुलित शक्ति संरचना जस्ता मुख्य मुख्य कारक तत्व हुने गरेको बताउँदै भने– “पित्तृसत्तात्मक सोचका कारणले पनि देशमा महिला हिंसा मौलाउँदै गएको हो। ” पछिल्लो समयमा महिलालाई अश्लील शब्द वा दृश्य देखाएर, बोलेर, लेखेर तथा मोबाइल, टेलिफोन र फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत प्रताडित पार्ने एवम् छोएर, हेरेर गरिने दुर्व्यवहारलाई राज्यले अपराध मान्दै कानुनी सजायको व्यवस्था गरेको उहाँले जानकारी दिए। पूर्वसभासद् प्रधानले हाल बढ्दैगएको बलात्कारका मुद्दामा ३५ दिनको हदम्याद कम भएको भन्दै त्यसलाई थप गर्न कानुनी वकालत भइरहेको समेत जानकारी दिए। शान्ति समितिका सदस्य राजेन्द्र राजथलाको संयोजकतत्वमा सम्पन्न सो गोष्ठीमा महिला अधिकारकर्मीले महिला हिंसा न्यूनीकरणका लागि आआफ्ना नगर, गाविस र वडामा जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए। गोष्ठीमा विभिन्न सङ्घसंस्थाबाट करिब ३५ महिला अधिकारकर्मीहरूले प्रतिनिधित्व जनाएका थिए। रासस
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.