आजलाई राष्ट्रपति समेत डराए

भिडियोको लागी तल क्लिक गर्नुहोला
२३ बैशाख, काठमाडौ । हिजोसम्म लोकमान सिंहको नामलाई सदर गर्ने मुडमा रहेका राष्ट्रपति डा. रामवरण यादवले आज भने सदर नगर्ने भएका छन् ।
rambaran yadav tenseनागरिक समाज देखि विभिन्न पार्टीहरूबाटै विरोधको आवाजहरू चर्किन थालेपछि राष्ट्रपति यादवले लोकमानसिंहको बारेमा थप अध्ययन गरेर मात्र निर्णय गर्ने पक्षमा पुगेको बताइएको छ ।
लोकमानसिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरिएपछि केही जिल्लामा प्रदर्शन भएका छन् भने बिहान देखी नै विद्यार्थी संगठनहरुले मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी र लोकमान सिंहको पुत्ला समेत जलाएका छन् ।
विद्यार्थी संघहरूले अध्यक्ष रेग्मी र अख्तियार प्रमुखका लागी सिफारिस गरिएका कार्कीको पुत्ला नै जलाउन थालेपछी राष्ट्रपति पनि झस्किएका हुन् । उनले सिफारिसलाई सदर गर्ने निर्णय लिए आफ्नो पनि पुत्ला जल्ने र विरोध प्रदर्शन झन् बढ्न सक्ने कारण देखाउँदै उनी पछि हटेको बताइएको छ ।
विरोधले झन् ठूलो रूप लिन सक्ने देखीएका कारण राष्ट्रपति यादव तत्काल लोकमानसिंहको सिफारिसलाई सदर गर्ने पक्षमा छैनन् ।
नागरिक समाजले लोकमान सिंहको नियुक्तीको विरोधमा धर्ना समेत दिएको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.