पाइन्ट खोलेर सांसदलाई देखाइदिए व्यापारीले

1सरकारको कर नीतिको विरोधमा ५ जना व्यापारीले संसद भवन अगाडि पाइन्ट खोलेर विरोध प्रदर्शन गरेका छन् । सरकारको कर संकलन एजेन्सी खारेज हुनुपर्ने माग गर्दै इटालीका ५ जना व्यापारीहरुले सांसदहरुलाई पाइन्ट खोलेर देखाइदिएका छन् । व्यवसायीहरुले सर्ट र पेन्टीमा प्लेकार्ड बोकेर संसदभवन अगाडि प्रदर्शनमा उत्रिादा माहोल निकै तातेको थियो । उनीहरुले प्लेकार्डमा लेखेका थिए,’तिमीहरुले हजारौा जागिरेहरुको हत्या गरेका छौ ।’ कर तथा जरिवाना संकलन गर्ने निकाय इक्विटालिया खारेजीका लागि जनमत संग्रह हुनुपर्ने माग उनीहरुको छ । ऋणमा फसेका व्यवसायीहरुलाई तर्साएर उक्त निकायले आर्थिक संकट झनै बढाएको आरोप व्यवसायीको रहेको छ । सरकारी निकायको पेलानकै कारण इटालीमा पछिल्लो १८ महिनामा १६२ जना व्यवसायीले आत्महत्या गरेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.