टपलेस भएर किताब पढ्ने विश्वको पहिलो महिला क्लब (फोटोफिचर सहित)

महिलाहरुले आफ्नो स्वतन्त्रताको उपभोगका लागि विभिन्न खाले तिकडम गरिरहेका हुन्छन् । यसै क्रममा अमेरिकी महिलाहरुले एउटा यस्तो क्लब निर्माण गरेका छन् जसमा हरेक उमेरका महिलाहरु टपलेस भएर किताबको अध्ययन गर्नेछन् । यसका लागि उनीहरुले कानूनको सहारा समेत लिएका छन् र टपलेस बुक क्लबको वैधानिकता सिद्ध गरिसकेका छन् । 
अमेरिकाको न्युयोर्कमा यो टपलेस बुक क्लब खुलेको छ । यस क्लबमा महिलाहरुले एक पन्थ दुइ काज गर्ने गरेको पनि देखिनेछ । यसको मतलब उनीहरु केवल कोठाभित्र मात्र होइन बाहिर घाम पनि ताप्दै किताब पनि पढ्दै गर्नेछन् ।
यो क्लबका महिलाले न्युयोर्कका विभिन्न ठाउामा गएर एक्लै वा समूह बनाएर टपलेस बनेर किताब पढ्नेछन् । आफुहरुको यो अभियानले समाजमा महिलाहरु प्रति समानताको भावना प्रवल हुनुका साथै स्वतन्त्रताको भावना समेत प्रवल हुने दाबी उनीहरुको रहेको छ ।





भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.