अब ‘ग्याङनम स्टाइल’ होइन नेपालीमा ‘जंगे स्टाइल’(भिडियो)
विश्व बजारमा ‘ग्याङनम स्टाइल’ले चर्चा पाएपछि यसको सिको धेरै भाषामा गरियो
। बलिउडमा पनि ‘ग्याङनम स्टाइल’ भन्दैै एक गीत तयार भयो । नेपाली सिनेमाका
चर्चित कलाकार राजेन्द्र खड्गीले पनि आफ्नो प्रदर्शनमा आउन लागेको चलचित्र
‘नोथीङ इम्पोसिबल’मा पनि ‘गम्फु स्टाइल’ भन्दै एक गीत समावेश गरेका छन् ।
अब डीजे एलएक्सले पनि एक यस्तै गीत बजारमा ल्याएको छ । ‘ओपा जंगे स्टाइल’ भन्दै तयार पारिएको गीतको हाल केही अंश मात्र सामाजिक संजालमा छोडिएको छ । जसले बजारमा राम्रै चर्चा पनि पाइरहेको छ । राणा शासनकालका चर्चित प्रधानमन्त्री जंगबहादुर राणाको भेषमा मोडलले जंगे स्टाइल भनिरहेको देख्न सकिन्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला अब डीजे एलएक्सले पनि एक यस्तै गीत बजारमा ल्याएको छ । ‘ओपा जंगे स्टाइल’ भन्दै तयार पारिएको गीतको हाल केही अंश मात्र सामाजिक संजालमा छोडिएको छ । जसले बजारमा राम्रै चर्चा पनि पाइरहेको छ । राणा शासनकालका चर्चित प्रधानमन्त्री जंगबहादुर राणाको भेषमा मोडलले जंगे स्टाइल भनिरहेको देख्न सकिन्छ ।
|

0 comments
Write Down Your Responses