ओलीलाई अध्यक्ष बनाउने सहमति धरापमा, खनालसँग युद्धविराम
११ असार, काठमाण्डौं । स्थायी समिति सदस्य केपी ओलीलाई नवौं महाधिवेशनमा अध्यक्ष बनाउन पार्टीभित्र भएको सहमति धरापमा परेको छ । ओलीले खनाललाई पदलोलुपको संज्ञा दिएपछि दुई नेताबीच डेढबर्षपहिला भएको सहमति धरापमा परेको हो ।
ओलीलाई अध्यक्ष बनाउने सहमति पछि पार्टीमा एकताको प्रस्ताव पारित भउको थियो । डेढ वर्षपछि ओली र खनालबीच पुनः आरोपप्रत्यारोप चलेको छ । ओलीले लगाएको आरोपबाट उनीसँग खनालपक्षका नेता असन्तुष्ट बनेका छन् ।
एमाले विधानबमोजिम आगामी फागुन १५ भित्र पार्टीको नवौं महाधिवेशन भइसक्नुपर्नेछ । मंसिर ४ मा निर्वाचन हुने भएकाले फागुनमा महाधिवेशन गराउने तयारीमा खनाल पक्ष छ । ओली पक्ष भने अहिले नै महाधिवेशन तिथि तोकेर जानुपर्ने तर्क राख्छ । महासचिव ईश्वर पोखरेल भने अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने र बाहिर रहेका महत्वपूर्ण नेतालाई पनि समेटेर जानुपर्ने पक्षमा रहेको मंगलबार प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । ओलीले बेमौसमी बाजा बजाएकाले अध्यक्ष बनाउने सहमतिमा पुनर्विचार गर्न खनाल पक्षका नेताले उनलाई दबाब दिन थालेको स्रोतले दाबी गरेको छ ।
ओली र खनालबीच युद्धविराम
नेकपा एमालेका नेताहरूबीच एकता सुदृढ गर्दै तत्कालका लागि संविधानसभा निर्वाचनमै पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने र निर्वाचनलगत्तै विधानअनुसार आगामी फागुनभित्र पार्टी महाधिवेशन आयोजना गर्ने समझदारी भएको छ । पार्टी कार्यालय बल्खुमा सोमबार बसेको स्थायी कमिटी बैठकमा नेताहरूबीच प्रतिनिधि परिषद् बैठक र महाधिवेशनबारे देखिएको पछिल्लो असमझदारी व्यवस्थापन गर्दै सो सहमति भएको हो ।
एमालेमा अध्यक्ष झलनाथ खनालले प्रतिनिधि परिषद् बैठक तय गरिएकै बेला केन्द्रीय कमिटी बैठकको मिति तोकेपछि विवाद बढेको थियो । खनालको सो काम महाधिवेशनसमेत पछि धकेल्ने योजनाका साथ आएको आशंका वरिष्ठ नेता केपी ओलीले गरेपछि विवाद चर्किएको हो । दुई नेताबीचको सो विवाद तत्कालका लागि अन्त्य गर्दै बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको अन्योलसमेत अन्त्य गरी आगामी भदौ दोस्रो साताभित्र आयोजना गर्ने र त्यसबाटै समग्र चुनावी योजना तथा विधान संशोधन गर्ने सहमति गरेको छ ।
परिषद् बैठकको मिति भने स्थायी कमिटीकै अर्को बैठकले तोक्ने भएको छ । ‘केन्द्रीय कमिटीले तय गरेको परिषद् बैठकको मिति कसरी परिवर्तन हुन सक्छ ? त्यसरी मिति फेर्नु उचित हुँदैन, थिएन भन्ने कोणबाट पार्टीमा कुरा उठेकै थियो,’ स्थायी समितिले नेताहरूबीचको पछिल्लो असझदारी अन्त्य गरेको जानकारी दिँदै एमाले महासचिव ईश्वर पोखरेलले राजधानीसँग भने, ‘पार्टी विधानले पाँच वर्षभित्र महाधिवेशन गर्ने व्यवस्था गरेकाले त्यसभित्र गर्नै पर्यो । चुनावको मिति घोषणा नभएको भए दुई/चार महिना पहिल्यै गर्न सकिन्थ्यो तर निर्वाचन घोषणा भइसकेको परिप्रेक्ष्यमा सम्पूर्ण शक्ति चुनावमै एकताबद्ध भएर लाग्नुपर्छ भन्नेबारे पार्टीमा अब कुनै विवाद छैन ।’
उनले आगामी ४ देखि ६ साउनका लागि डाकिएको केन्द्रीय कमिटी बैठकले पूर्वनिर्धारित परिषद् बैठक विस्थापन गरेको जस्तो देखिए पनि भदौको पहिलो साता या दोस्रो साता आयोजना गर्ने सहमति भएको जानकारी दिए ।‘परिषद्बाटै चुनावसम्मका लागि सम्पूर्ण कार्ययोजना र घोषणापत्र पारित गर्छौं, विधान संशोधन गर्छौं,’ महासचिव पोखरेलले भने । गत बिहीबार सम्पन्न स्थायी कमिटी बैठकबाट वरिष्ठ नेता ओली, उपाध्यक्ष विद्या भण्डारी, महासचिव पोखरेल, सचिव शंकर पोखरेल, विष्णु पौडेललगायतको असहमतिका बाबजुद अध्यक्ष खनालले एकलौटी विज्ञप्ति जारी गरी प्रतिनिधि परिषद् बैठक नै विस्थापन गर्ने गरी केन्द्रीय कमिटी बैठक एक महिना पछि सारेको राजधानी दैनिकमा खबर छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला ओलीलाई अध्यक्ष बनाउने सहमति पछि पार्टीमा एकताको प्रस्ताव पारित भउको थियो । डेढ वर्षपछि ओली र खनालबीच पुनः आरोपप्रत्यारोप चलेको छ । ओलीले लगाएको आरोपबाट उनीसँग खनालपक्षका नेता असन्तुष्ट बनेका छन् ।

0 comments
Write Down Your Responses