यसरी बचेर आएँ (केदारनाथबाट फर्केका तीर्थयात्री)

काठमाडौ, असार ११ - पशुपतिबहादुर पन्त (४५)

काभ्रे सापिङ- १

१७ जेठमा मेरो गाडी दोस्रो पटक बद्री- केदारका तीर्थयात्री लिएर गएको थियो । बा३ख १९०० नम्बरको बसमा म आफैं पनि यात्रु थिएँ । बसमा २९ यात्रु, २ स्टाफ र खाना पकाउने कुकसहित ३४ जना थियौँ । तीर्थ जाने अधिकांश भक्तपुर कौशलटार र गठ्ठाघरका थिए । हामीसँगै अर्को बस पनि थियो । काठमाडौंबाट गएको दिन हेटौंडामा बस्यौं । त्यसपछि भारतको काशी, बृन्दावन, बुद्ध गया, बनारस, हरिद्वार हुँदै गंगोत्री पुग्यौं । यात्रीसँग १३ देखि १६ हजार भाडा उठाइएको थियो ।

काठमाडौंबाट गएको सत्रौं दिन केदारनाथको दर्शन र श्राद्ध गर्‍यौं । केदारनाथसम्म जान गौरीकुण्डबाट १४ किलोमिटर पैदल जानुपर्ने रहेछ । हिँड्न नसक्नेलाई खच्चड, घोडा र भरियालाई बोकाएर लैजानुपर्ने । हाम्रो समूहमा १२ जना वृद्धवृद्धा थिए । एक जनालाई बोकेर लगेको १२ सय भारु लिए, फकर्ंदा बोकाएको भाडा ७ सय भारु । भरियाहरू अधिकांश नेपाली थिए । हिूडेर जाँदा ६ घन्टामा पुगिन्छ ।

२ असारमा दर्शन सकेर गौरीकुण्ड आएर बास बस्यौं । हामी घरबाट हिूडेको १८ औं दिनमा बाढी आउन सुरु भयो । ३ असार बिहान पौने ६ बजे गौरीकुण्डको २ नम्बर पार्किङमा गाडी राखेका थियौं । पार्किङबाट हामी चढेको गाडी निकालेर चालकले मोड्दै थिए । पार्किङ गरेको ठाउूबाट गाडी बगाउन थाल्यो । बाढी छेउमै आइपुग्यो । त्यहाँ रहेका अरू गाडी पनि बगायो । बाढीको छाल बढ्दै गर्दा हामी हिूड्यौँ । बाटोमा जताततै पहिरो पन्छाउूदै गौरीकुण्ड पुग्यौं । ६ किलोमिटर यात्रा गरेपछि सीतापुर आइपुग्यौं, सडकबाट पार्किङमा जाने पुल बगाइसकेको रहेछ । सडकबाट पार्किङ करिब डेढ सय मिटर टाढा थियो । त्यहाँ २७ वटा गाडी बगाएछ ।

त्यस दिन हाम्रो बसाइ रामपुरमा भयो, पहिरोले बाटो बगाएको रहेछ । तीन दिनसम्म त्यही ठाउूमा गाडीमा बस्यौं । माथिबाट ढुंगा खसिरहेको थियो । हामीसूगै गएका २ गाडी पनि थिए । गाडीमा चामल र दाल लगेका थियौं । पकाउन ग्यास थियो । खानेकुराको कुनै समस्या थिएन । तर, तीन दिनपछि खानाको समस्या हुन थाल्यो । सडक छेउमा एउटा झुप्रो थियो । त्यहाू खाना पकाउन भारु ५ सय लिन्थ्यो । बाटो भत्केपछि हामी बसेको ठाउूमा कम्तीमा ५ सयभन्दा बढी गाडी अलपत्र थिए । रामपुर र सीतापुरको बीचमा नेपाली चढेको फोर्स गाडी पनि बगायो । त्यसमा सात जना नेपाली परेछन् । सडकमा अलपत्र हुँदा पनि भारत सरकारले उद्धारमा कुनै चासो देखाएन । भारतीय प्रहरी आएर हेथ्र्यो, त्यत्तिकै फर्केर जान्थ्यो । केन्द्रीय सरकारले बजेट नदिएसम्म स्थानीय प्रहरी उद्धारमा आएन । नेपाली कामदारलाई त्यहाँका गडुवाल र जोगीले लुट्ने रहेछन् । नेपालीले लुटेको भन्दै उल्टै भारतीय प्रहरीले कुट्दो रहेछ । यस्तो घटना नेपालमा भएको भए उद्धारमा छिटो हुन्थ्यो होला ।

घरबाट हिूडेको १६ दिनसम्म परिवारसूग सम्पर्क भए पनि त्यसयता सम्पर्कविच्छेद भएको थियो । दिनरात पानी पथ्र्यो । गाडीबाट बाहिर निस्कन सकिूदैनथ्यो । वर्षा रोकिएको चौथो दिनदेखि घाम लाग्न थाल्यो । त्यसपछि नौ किलोमिटर हिूडेर फाटा भन्ने ठाउूमा पुग्यौं । हिूड्न नसक्नेलाई बिस्तारै डोर्‍याएर ल्यायौं । फाटाबाट गुप्तकाशी जाने जीप पाइूदो रहेछ । प्रतिव्यक्ति भारु ३० तिरेर गुप्तकाशी गयौं । हामीसूग सम्पर्क नहुँदा घरमा रुवाबासी रहेछ । गुप्तकाशीमा आएर परिवारसँग सम्पर्क हुँदा सबैको रुवाबासी भयो । कौशलटार र गठ्ठाघरबाट गएकाको गाडी र मान्छे सम्पर्कमा नभएको भन्ने समाचार आएको रहेछ । केदारनाथको यात्रा सकिए पनि बाढी आएकाले बद्रीनाथ गएनौं । सीधै हरिद्वारबाट महेन्द्रनगर आयौं । हरिद्वारबाट २ दिनमा महेन्द्रनगर आइपुग्यौं । भारतमा अलपत्र परेर नेपाल आउने हाम्रो टोली पहिलो हो ।

मकर श्रेष्ठसँग कुराकानीमा आधारित ।
 
Sources : Ekantipur
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.