चीन विश्वकै डम्पिङ साइट

२० जेठ, काठमाण्डौं । के तपार्इंले आफ्ना पुराना वा बिग्रिएका कम्प्युटर, मोबाइललगायत विद्युतीय सामान कहाँ पुग्छ भनेर कहिल्यै ख्याल गर्नुभएको छ ? यदि छैन भने ढुक्क हुनुहोस्, तपाईंले फालेका कवाडी विद्युतीय सामान चीन पुग्ने प्रबल सम्भावना छ । संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदनअनुसार चीन विश्वमा नै विद्युतीय साधनहरूको डम्पिङ साइटमा रूपान्तरण हुँदै छ । टेलिभिजन, रेफ्रिजरेटर र एयर कन्डिसनका टुक्रादेखि अन्य काम नलाग्ने विद्युतीय सामग्री तपाईंको घरवरपर संग्रह भएको हुन सक्छ । तर, यीमध्ये अधिकांश उपकरण पुनः चीनमा नै फर्किन्छ, जहाँबाट उत्पादन गरिएको थियो । विश्व अर्थतन्त्रको एउटा अनौठो हावाहुरीसँगै काम नलाग्ने अधिकांश विद्युतीय सामग्री पुनः चीनमा नै फर्कने गरेको सो प्रतिवेदले जनाएको हो । ‘राष्ट्र संघको एउटा तथ्यांकअनुसार विश्वभरको करिब ७० प्रतिशत विद्युतीय फोहर चीनमा पुग्छ,’ बेइजिङको ग्रिनपिस कार्यालयका प्रवक्ता म टिअन्जी भन्छन्, ‘अधिकांश विकासोन्मुख देशहरूबाट यस्ता विद्युतीय कवाडी गैरकानूनी ढंगबाट चीन आउने गरेको छ ।’ ‘विद्युतीय कवाडी सामानको पुनः निर्माणका लागि चीनको मुख्य निर्माण क्षेत्र गुआइयुको दक्षिण पूर्वी सहर केन्द्रबिन्दु मानिन्छ । विश्वभरका विद्युतीय कवाडीका संरचनालाई भत्काउँदा भत्काउँदै यहाँका स्थानीय विज्ञ बनेको बताइन्छ । यस क्षेत्रका हरेक सडकपेटीमा बसेका मजदुरहरू घरेलु प्रयोजनका लागि प्रयोग गरिसकेका पुराना विद्युतीय उपकरणलाई ह्यामरले फोर्न व्यस्त देखिन्छन् । सो क्षेत्रका सडकहरू प्लास्टिकका पोका, तार, केबुल र अन्य फोहरले भरिएका छन् । ती सामग्रीलाई पुनः सञ्चालन गरी बिक्रीका लागि विभिन्न तत्व छुट्ट्याउन व्यस्त देखिन्छन् यहाँका मानिस । सडकका छेउमा कतै पहेंलो र सुनौलो रङको सर्किट बोर्ड देखिन्छ भने अर्कोतिर डेस्क टप कम्प्युटरका टुक्राटाक्री यत्रतत्र छरिएका भेटिन्छन् । कारखानमा केही पुरुष प्लास्टिकका बोरा खोतल्न व्यस्त देखिने गरेको राजधानी दैनिकमा खबर छ । ‘हामी यी सामग्री फोक्सकोन नामको ताइवानको एक कम्पनीलाई बिक्री गर्छौं,’ एक कामदारले भने । खतराजनक कार्य विद्युतीय कवाडी सामग्रीका लागि यो क्षेत्र विश्वकै सबैभन्दा ठूलो अनौपचारिक शल्यक्रिया बताइन्छ । ‘यदि बनेको प्लास्टिकमा प्वाल देखिए फालिदिन्छौं,’ एउटा ग्यारेजमा पुराना टेलिभिजन र कारहरूबाट प्लास्टिकजन्य वस्तुलाई छुट्ट्याउने कामदार भन्छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.