आफूलाई बोझ नहुँदा सम्म जोसँग पनि……

किशोरावस्थामै डेटिङमा जाँदा आफूलाई कुनै पनि विषयको खासै प्रवाह नहुने गरेको उनको भनाई छ ।
सेलेना १० बर्षको उमेरमै लोकप्रिया भएकी थिईन् । टेलीभिजन कार्यक्रम सीरिज ‘बर्नी एण्ड फ्रेण्डस’बाट सेलेनाले आफ्नो करियर शुरुआत गरेकी हुन् ।
पछि सेलेना गोम्जाको सम्बन्ध गायक निक जोनास र जस्टिन बीबरसँग भएको थियो ।
‘अब्जार्वर’ पत्रिकाका अनुसार सेलेना गोम्जालाई उदृत गर्दै लेखेको छ, ‘म अफ्नो निजी जीवन बाँच्नका लागि डराउँदिन ।’
‘१४/१५ बर्षको उमेरमै मेरो पहलो प्रेमी निक थियो,’ सेलेना गोम्जाले भनेकी छन्, ‘जो वास्तवमा प्रेमी थिएनन् ।’
‘कुनै पनि युवकसँग व्यक्तिगत रुपमा रहँदैमा केही हुँदैन,’ उनले भनेकी छन्, ‘आफूलाई बोझ नहुँदा सम्म जोसँग पनि बस्न सकिन्छ ।’
सेलेना गोम्जाले आफ्ना एर्काएक प्रेमी पनि रहेको खुलासा गरेकी छन् । तर उनको नाम गोपनीय रहेको उनको भनाई छ ।

0 comments
Write Down Your Responses