विद्यालय बन्द गराउँदै हिँडेका शिक्षक पक्राउ

वीरगन्ज (पर्सा) - विद्यालय बन्द गराउँदै हिँडेका यहाँका निजी विद्यालय शिक्षक एसोसिएसनका अध्यक्षसहितका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शिक्षा कार्यालयले स्तर वृद्धिका लागि आफूहरुले राखेको मागको विषयमा सुनुवाइ नगरेको भन्दै विद्यालय बन्द गर्दै हिँडेका उनीहरुलाई वीरगन्जको ज्ञानबाटिकास्थित विद्यालयबाट आज बिहान नियन्त्रणमा लिएको हो। एसोसिएसनका अध्यक्ष सलाउघिन अहमद, शिक्षकहरु अरबिन्द सिंह, जीयालाल साहलगायतलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए। यसैबीच, विद्यालय कुनै पनि हालतमा बन्द नगर्ने प्याब्सन र एनब्याप्सनले निर्णय गरेको एनप्याब्सनका जिल्ला अध्यक्ष नन्दन यादवले जानकारी दिए। शिक्षकहरु नै विद्यालय बन्द गराउँदै हिँड्नु आपत्तिजनक कुरा भएको शिक्षा अधिकारी हरि बस्नेतले बताए । उनले नियमविपरीत कक्षा सञ्चालन गर्ने विद्यालयको विषयमा अनुगमन भइरहेको र शिक्षा कार्यालयबाट स्वीकृत नलिइ कक्षा सञ्चालन गर्ने विद्यालयहरुलाई कारबाही गरिने जानकारी दिए।

0 comments

Write Down Your Responses

Powered by Blogger.