सरकारको ढुकुटीमा ३२ अर्ब, सहकारीमा सवा खर्ब
६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ०७० असार २१ गतेसम्म केन्द्रीय बैंकको ढुकुटीमा नेपाल सरकारको ३२ अर्ब ७२ करोड नगद मौज्दात रहेको छ । उता सहकारी विभागको तथ्याङ्कअनुसार ०७० बैशाख मसान्तसम्ममा नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरुको संख्या १२ हजार ६ सय १४ पुगेको छ र यी संस्थाहरुले १ खर्ब १४ अर्ब ९६ करोड बचत परिचालन गरी ९७ अर्ब ५५ करोड कर्जा लगानी गरेका छन् ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौदि्रक नीतिमा नेपालका वित्तीय संस्थाहरुको अवस्थाबारे विश्लेषण गरिएको छ । जस अनुसार वित्तीय संस्थाहरुको सञ्जाल विस्तारसँगै वित्तीय पहुँच बढ्दै गएको छ र आर्थिक वर्ष ०६९/७० मा “ख” वर्गका ३ विकास बैंक र “घ” वर्गका ७ लघुवित्त संस्था गरी थप १० नयाँ वित्तीय संस्थाहरु सञ्चालनमा आएको बताइएको छ ।
घट्दैछन् बैंक तथा वित्तीय संस्था
सहरमा चोकैपिच्छे देखिने वचत तथा ऋण सहकारी संस्था अनि गाँऊभरि फैलिएका सहकारी संस्थालाई हेर्दा यस्तो लाग्छ, नेपालमा बैंक तथा वित्तीय संस्थाहरु बढेका बढ्यै छन् । तर, तथ्यचाहिँ यो भन्दा उल्टो देखिन थालेको छ । किनभने यस वर्ष नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढ्नुको साटो घट्न पुगेको छ । अहिले नेपालमा ८ हजार ४ सय ७५ नेपाली बराबर एउटा बैंक तथा वित्तीय संस्थाले सेवा दिइरहेका छन् ।
यसवर्ष एउटा वित्त कम्पनी स्वेच्छिक खारेजीमा परेको छ भने ०७० असारसम्म “क” वर्गका ३१, “ख” वर्गका ८६, “ग” वर्गका ५९ र “घ” वर्गका ३१ गरी बैंक तथा वित्तीय संस्थाहरुको संख्या २ सय ७ कायम भएको छ । अघिल्लो वर्ष अर्थात । ०६९ असार मसान्तमा यस्ता बैंक तथा वित्तीय सस्थाहरुको संख्या २ सय १३ पुगेको थियो । ०६९ को तुलनामा ०७० मा ७ वटा बैंक तथा वित्तीय संस्थाहरु घटेका छन् ।
तथ्यांकमा जनाइएअनुसार “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता संख्या करिब १ करोड ११ लाख रहेको छ । त्यसैगरी यी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुको संख्या करिब ८ लाख ४५ हजार पुगेको छ । त्यसैगरी लघुवित्त संस्थाहरुमा करिब ११ लाख ६४ हजार निक्षेपकर्ता -खातावाल) रहेका छन् । लघुवित्त संस्थाहरुमा ८ लाख ४९ हजार ऋणी पुगेका छन् । यी लघुवित्त संस्थाहरुले ६५ जिल्लामा सेवा पुर्याइरहेको राष्ट्र बैंकले जनाएको छ ।
कति छन् नेपालमा बैंक तथा वित्तीय संस्था ?
नेपालमा ०६९ असार मसान्तसम्म वाणिज्य बैंकहरुको शाखा संख्या १ हजार ४ सय २५ वटा थिए । ०७० असार मसान्तसम्म वाणिज्य बैंकहरुको शाखा संख्या १४ सय ८६ पुगेको छ ।
यी बैंकहरुको शाखा विस्तार भएकाले नयाँ बैंक थपिएको होयन । त्यस्तै ०६९ असार सम्म विकास बैंकहरुको संख्या ६ सय ८७, वित्त कम्पनी २ सय ९२ र लघुवित्त संस्थाहरुको शाखा संख्या ५ सय ५० रहेको थियो । ०७० असारसम्म विकास बैंकको संख्या ७ सय ६४, वित्त कम्पनीको २ सय ४२ र लघुवित्त संस्थाको शाखा संख्या ६ सय ३४ पुगेको छ । यसबाट प्रति बैंक तथा वित्तीय संस्था शाखाबाट औसतमा करिब ८ हजार ४ सय ७५ जनसंख्याले सेवा प्राप्त गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
मर्जले गर्दा बैंकहरुको संख्यामा कमी
बैंक तथा वित्तीय संस्थाहरु एकापसमा गाभिने (मर्ज हुने ) क्रममा यो वर्ष निकै ठूलो वृद्धि आएको छ । यसरी मर्ज हुने कारणले गर्दा बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटेको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०६९/७० मा बैंक तथा वित्तीय संस्थाहरु एक-आपसमा गाभिने कार्यले थप गति लिएको छ । आर्थिक वर्ष ०६९/७० मा पहिलोपटक २ वाणिज्य बैंकहरु गाभिएका छन् ।
‘समीक्षा अवधिमा एउटा वाणिज्य बैंकमा दुईवटा विकास बैंकहरु गाभिएका छन् भने १० विकास बैंक र १२ वित्त कम्पनीहरु एक-आपसमा गाभिएर ७ विकास बैंक र २ वित्त कम्पनी बनेका छन् ।’ राष्ट्र बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली, २०६८ कार्यान्वयनमा आएपछि ४३ वटा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिएर १८ वटा संस्थाहरु बनेका छन् भने १३ वटा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिएर ५ वटा संस्था बन्न सैद्धान्तिक सहमति प्राप्त गरेका छन् ।’ राष्ट्र बैंकको अनुसार तथ्यांकअनुसार थप पाँचवटा ग्रामीण विकास बैंकहरु एक आपसमा गाभिई एक राष्ट्रिय स्तरको ग्रामीण विकास बैंक बन्नका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।

0 comments
Write Down Your Responses