पोखरा आउँदै चीन
हङकङ– नेपालको पूर्वाधार विकासमा लगानीको सम्भावना खोजिरहेको चीनले काठमाडौंपछि दोस्रो ठूलो सहर पोखरा आउने तयारी गरेको छ। रणनीतिक महत्वको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढेसँगै प्रमुख पर्यटकीय नगर पोखरामा लगानी विस्तार गरी आफ्नो प्रभाव बलियो बनाउन चीन अग्रसर देखिएको हो।
काठमाडौंस्थित चिनियाँ दूतावासको पहलमा दक्षिणपश्चिम चीनको पर्यटकीय नगर कुनमिङले हालै पोखरासँग 'सिस्टर सिटी' सम्बन्ध स्थापना गरेको छ। काठमाडौंमा राजदूत वु चुन्ताईसँग भेटवार्ता गरी कुनमिङ पुगेको पोखरेली टोली औपचारिक सम्झौता गरी आर्थिक सहयोगको आश्वासन लिएर दुई साताअघि पोखरा फर्कियो। तिब्बतसँग सीमा जोडिएको मुस्ताङलगायत हिमाली क्षेत्रको प्रवेशद्वार पोखरामा अहिले सूचना केन्द्र स्थापना गर्ने र बिस्तारै वाणिज्य दूतावास नै राख्ने तयारीमा चीन देखिएको छ।
१५ सदस्यीय गैरदलीय टोलीको नेतृत्व गरेका पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले कुनमिङ नगर प्रमुख ली वेनरङमार्फत पूर्वाधार निर्माणमा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका छन्। कुनमिङका अधिकारीहरूले 'पोखरा विकासको गुरुयोजना निर्माण गर्न महŒवपूर्ण सुझाव दिएको' बताउँदै अधिकारीले भने, 'पोखरा–कुनमिङ सम्बन्ध औपचारिकतामा सीमित नरहेर पोखरेलीले गर्व गर्ने स्तरमा सहयोग आदान प्रदान हुनेछ।'
कुनमिङ नगरप्रमुख लीले 'दुई नगरबीचको सम्बन्ध नाम, काम र भावना सबै हिसाबले महŒवपूर्ण हुने' बताएको कुनमिङ डेलीले उल्लेख गरेको छ। चीनबाट फर्केलगत्तै अधिकारीले कुनमिङ नगरप्रमुख लीलाई पोखरा भ्रमणको निम्तो दिएका छन्। कुनमिङबाट फर्किएको टोली सदस्य विश्वशंकर पालिखेका अनुसार नगरप्रमुख ली पोखरा आउँदा केही परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ।
कुनमिङको युनान एकेडेमी अफ सोसल साइन्सअन्तर्गत इन्स्टिच्युट अफ साउथ एसिया स्टडिजका प्रोफेसर टु हुवाझोङका अनुसार चीनका प्रान्तीय वा नगर सरकारहरूलाई विदेशमा सहयोग परियोजना सञ्चालन गर्ने स्वतन्त्र अधिकार छैन। तर कुनमिङ र पोखराले साझेदारीमा काम गर्न सक्ने बताउँदै टुले नागरिकसँग भने, 'हाम्रो केन्द्र सरकार (बेइजिङ) ले पोखरामा लगानीका लागि केही चिनियाँ कम्पनीहरूलाई अधिकार दिनेमा म विश्वस्त छु।'
राजदूत वुसँगको भेटमा टोलीले पोखरामा सडक विस्तार, सोलार लाइट, आकाशे पुल, फोहोर व्यवस्थापनमा आर्थिक सहयोग गर्न आग्रह गरेको थियो। चीनले नै निर्माण गरिदिएको पोखरा–बागलुङ सडकअन्तर्गत नगरभित्रको जिरोकिलोदेखि हरिचोकसम्म ३.२ किलोमिटर सडक ६ लेनको बनाइदिन चीनसमक्ष आग्रह गरिएको छ, जसको अनुमानित लागत ३३ करोड रुपैयाँ छ। पालिखेका अनुसार राजदूतले पोखराको प्रस्तावमा चीन सकारात्मक रहेको तर नेपाल सरकारबाट नै प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन्।
'पोखरामा अब चीनको धेरै सहयोग कुनमिङमार्फत नै आउने भयो, अहिले नै सबै सार्वजनिक नगरौं, तर धेरै योजनामा सहयोग गर्ने इच्छा चीनले देखाएको छ', चीन सूचना केन्द्र चाँडै स्थापना गरिने बताउँदै नेपाल–चाइना फ्रेन्डसिप सोसाइटीका अध्यक्ष पालिखेले भने, 'नगरप्रमुख आउँदा केही परियोजनामा सम्झौता गरौं भन्ने छ, हामी धेरै नमाग्ने तर दिएको लिने सोचाइमा छौं।'
कुनमिङले उछिन्यो
कुनमिङका तत्कालीन उपमेयर लिउ गुङले दुई वर्षअघि पोखरा आएर सुरु गरेको सम्बन्ध स्थापनाको प्रयासले अहिले औपचारिकता पाएको हो। 'कुनमिङले पोखरामा रेल, सडक, शिक्षा, स्वास्थ्य र पर्यटन उद्योगमा सहयोगका लागि सम्भावना खोजिरहेको' चिनियाँ कम्युनिस्ट पार्टी कुनमिङका अधिकारी लिउले नागरिकलाई बताएका थिए।
तिब्बत र सिचुवानसँग जोडिएको चीनको एउटा प्रमुख पर्यटकीय नगर कुनमिङले पोखरा रोज्नुको कारण उस्तै भौगोलिक अवस्था र हावापानी पनि हो। दक्षिणपूर्व र दक्षिण एसियासँग व्यापार विस्तार गर्ने रणनीतिअन्तर्गत चीनले दुई महिनाअघि कुनमिङमा चीन–दक्षिण एसिया एक्स्पो आयोजना गरेको थियो। २ हजार किलोमिटर टाढाको कुनमिङसँग काठमाडौंको सिधा हवाइसम्पर्क र तिब्बतको सडकमार्ग भएर नेपाल आउने पर्यटकको संख्या उल्लेख्य छ।
प्रोफेसर टुका अनुसार धेरै चिनियाँ पर्यटक कुनमिङ भएर नेपालको पोखरा आउन चाहन्छन्, तर भिसा समस्या र पर्यटन पूर्वाधार अभाव त्यसको बाधक बनेको छ। 'कुनमिङमा नेपालको वाणिज्य दूतावास नहुँदा भिसाका लागि अन्य सहर जानुपर्ने बाध्यता छ,' आफूसहित धेरै चिनियाँ पोखराबारे जानकार रहेको बताउँदै टु भन्छन्, 'बौद्ध धर्मको लिंक र सुन्दर दृश्यावलोकनले गर्दा धेरै चिनियाँमा पोखराको गहिरो प्रभाव छ, तर पर्याप्त होटल र बस तथा सडकको अवस्था राम्रो नहुँदा त्यत्तिकै चिन्तित पनि छन्।'
बेइजिङस्थित राजदूत महेश मास्केका अनुसार चीनले आफ्ना प्रान्त र नगरहरूलाई विदेशी सहरहरूसँग सम्बन्ध स्थापना गर्ने स्वतन्त्रता दिएकाले नेपालका नगरहरूले त्यसको फाइदा उठाउन सक्नेछन्। 'फेवाजस्तै बेस्ट लेक भएको सांघाई नजिकको सहर हान्जाओ पनि पोखरासँग सम्बन्ध बनाउन खोजिरहेको थियो', राजदूत मास्के भन्छन्, 'कुनमिङले सिस्टर सिटी नै स्थापना गरेर मौका छोपेछ।'
विमानस्थल र मुस्ताङ नाका
चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीसँग एक महिनाभित्रै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौता गर्ने तयारी भइरहेको छ। भूरणनीतिक महŒवको विमानस्थल निर्माणका लागि नेपाल सरकारलाई १४५ मिलियन अमेरिकी डलर (करिब १४ अर्ब रुपैयाँ) सहुलियत ऋण दिन चाइना एक्जिम बैंक तयार भएको छ। चीनको सहुलियत ऋण अनुदानमा परिणत हुने परम्परा छ।
अन्तर्राष्ट्रिय पर्यटकीय नगर पोखरामा ठूलो विमानस्थल निर्माण गर्ने योजनाअन्तर्गत नेपाल सरकारले १९७६ मै ५०० हेक्टर जग्गा अधिग्रहण गरेको थियो। डेढ वर्षअघि चीनका तत्कालीन प्रधानमन्त्री वेन जियाबाओ नेपाल आउँदा ३६ वर्षसम्म बन्न नसकेको विमानस्थल निर्माण गर्ने सहमति भएपछि यसले भूरणनीतिक विवाद पनि जन्मायो। तर मध्य र पश्चिम नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा प्रभावकारी हुने ठानिएको विमानस्थल निर्माणलाई तत्कालीन चिनियाँ राजदूत याङ होउलानले आफ्नो मिसन नै बनाए। पालिखेअनुसार अब विमानस्थल बन्ने '२ सय प्रतिशत पक्का' भएको छ र 'तीन महिनाभित्रै' काम सुरु हुनेछ।
पृथ्वी राजमार्ग र पोखरा–बागलुङ सडक निर्माणमा सहयोग गरेर चीनले राजधानी काठमाडौंलाई पोखरा हुँदै बागलुङसँग जोड्न सहयोग गरेको थियो। अहिले बागलुङबाट मुस्ताङ हुँदै तिब्बतसम्म धुले सडक जोडिएको छ। नेपालका मध्यपश्चिम, पश्चिम, मध्य र पूर्वी क्षेत्रसँग तिब्बतलाई जोड्न चीनले निर्माण गरेका पाँच वटा लिंक रोडमध्ये पश्चिम क्षेत्रलाई मुस्ताङले कभर गर्छ। मुस्ताङको नेचुङ–लिजझिसिमा नाकामा सुख्खा बन्दरगाह निर्माण गरिदिने तयारी पनि चीनले गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरासँग चीनको सिधा हवाई सम्पर्क स्थापित हुनेछ भने मुस्ताङ नाकाले पर्यटन तथा व्यापार प्रवर्द्धनमा सहयोग पुर्यारउने ठानिएको छ।
'ट्रान्स हिमालय' रणनीति
आर्थिक सहयोग लिएर स्थल र हवाईमार्ग हुँदै पोखरा आउने चीनको प्रयास 'ट्रान्स हिमालय' सुरक्षा रणनीतिसँगजोडिएको छ। सन् १९६२ मा भारत–चीन युद्ध हुनुअघिसम्म तिब्बत–भारत हिमालय पार व्यापारको प्रवेशद्वार थियो पोखरा। अहिले पोखरालाई आधार बनाएर पश्चिमा र भारतीय पक्षले मुस्ताङलगायत हिमाली क्षेत्रमा तिब्बत केन्द्रित गतिविधि बढाएको आशंका चीनलाई छ।
मुस्ताङबाट चिनियाँ सेनाको प्रतिरोध गर्न दलाई लामा समर्थक खम्पा गुरिल्लालाई सहयोग गर्दा सिआईएले पोखरालाई आधार बनाएको थियो। त्यसयता पोखराका चार वटा शिविरमा रहेका तिब्बती शरणार्थी गतिविधिलाई चीनले निगरानीमा राख्दै आएको छ। बेलायती, भारतीय सेनाका भर्ना, पेन्सन क्याम्पर अमेरिकी एयर फोर्सले नेपाली सेनासँग मिलेर गत वर्ष पोखरामा सञ्चालन गरेको 'एसिया एन्जेल मिसन' ले यस क्षेत्रमा चीनको सुरक्षा चासो बढेको हुन सक्छ।
हिमाली भेगमा हुन सक्ने फ्रि तिब्बत गतिविधिलाई निगरानी गर्दै मुस्ताङ नाकाबाट 'ट्रान्स हिमालय' व्यापार पुनः खोल्ने योजनाअन्तर्गत चीन काठमाडौंपछि पोखरा केन्द्रित हुन खोजेको देखिन्छ। पर्यटन र पूर्वाधार विकासमा नेपालले चीनको आर्थिक लगानी चाहेको बेला पोखराले यो अवसर पाएको छ। नेपालको सर्वाधिक धनी नगरको रेकर्ड बनाएको पोखराको चिनियाँ लगानी भित्र्याउने पहलले आर्थिक रुपमा पछाडि रहेका अन्य नगरहरूलाई पनि उत्प्रेरित गर्न सक्नेछ।

0 comments
Write Down Your Responses