बालविवाह नगर : धर्मगुरु

काठमाडौं, भाद्र ३१ - धर्मका हिसाबले कुनै पनि धर्मले बाल बिबाहलाई प्रोत्साहन नगरेको भन्दै बाल बिवाह नगराउन बिभिन्न धर्मका धर्मगुरुहरुले आग्रह गरेका छन् । युनिसेफ, युएनएफपीए, महिला हिंसा बिरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जालद्वारा आयोजित 'बाल विवाह र धर्म' विषयक राउण्ड टेबल बैठकमा सहभागी गुरुहरुले कुनै पनि धर्मले बाल बिवाह गर्न प्रोत्साहन नगरेको बता ROUND TABLE एका हुन् । राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्बेक्षण २०११ को तथयाङ अनुसार ११ प्रतिशत किशोरीको १४ वर्ष नपुग्दै विबाह भएको तथ्याङ छ । २९ प्रतिशत किशोरीको १५ देखि १९ वर्ष भित्र बिवाह हुने गरेको छ । ५ प्रतिशत किशोरीको १४ देखि १५ वर्षको उमेरमा विवाह भइसकेको तथ्याङ छ । सन् २०१० मा गरिएको एक प्रतिबेदनले सुदुर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल विकास क्ष्ाेत्रका २९ देखि ४९ वर्षका महिलामध्ये ६० प्रतिशतको बिवाह १८ वर्ष नपुग्दै भएको देखाएको छ । हिन्दु, इश्लाम, बौद्ध, क्रिश्चियन सबै धर्मले महिला र पुरुष वयस्क र सक्षम भएपछि मात्र विवाह गर्नुपर्छ भनेको छ । तर, नेपाल लगायत दक्षिण एसिया र अफ्रिकी मुलुकहरुमा समेत बाल विवाह हुने गरेको युनिसेफले जनाएको छ । युनिसेफका अनुसार प्रत्येक मिनेट बिश्वभरी २७ वटा बाल विवाह हुने गर्छ । राउण्ड टेबल बैठकमा बिभिन्न जिल्लाबाट सहभागी १८ वर्ष मुनिका किशोर किशोरीले बिभिन्न धर्म गुरुहरुलाई बालविवाहबारे धर्मले के भन्छ भन्ने प्रश्न गरेका थिए । क्रिश्चियन धर्मका गुरु केबी रोकाया महिला र पुरुष बयस्क भएर आफैले निर्णय गर्ने र जिम्मेवारी लिन सक्ने भएपछि मात्र विवाह गर्न पाउने व्यवस्था भएको बताउँछन् । बुद्ध धर्मले पनि बाल विवाहलाई समर्थन नगर्ने बुद्ध धर्मका गुरु भिक्षु धर्ममुर्तिले जानकारी दिए । 'हाम्रो धर्म अनुसार पति पन्तिले एक अर्काको सम्मान गर्न सक्ने भएपछि, पतिले पत्नीलाई खुसी पार्नसक्ने गरी सम्पति कमाएपछि र पतिले कमाएको कमाएको सम्पत्तिको पत्निले रक्षा गर्न सक्ने भएपछि मात्र विवाह गर्न पाइन्छ,।' बैदिक सनातन कर्मकाण्ड महासंघका उपाध्यक्ष हिन्दु धर्मका गुरु रामचन्द्र भण्डारीका अनुसार हिन्दु धर्मले २५ वर्षको उमेरलाई विवाहको उमेर भनेर व्यवस्था गरेको छ । 'पूर्व बैदिक, बैदिक र उत्तर बैदिक कालदेखि आजसम्म समीक्षा गर्दा धर्मले विवाहको उमेर २५ वर्षलाईर् व्यवस्थापन गरेको छ,' उनले भने । इश्लाम धर्मका मौलाना नजरुल हुसैन इश्लाम धर्ममा बालिग भएपछि मात्र विवाह गर्न पाउने उल्लेख भएको बताउँछन् । 'हाम्रो धर्ममा १८ वर्ष पुरा भएपछि मात्र युवा युवती सबै प्रकारले परिपक्क हुने मान्यता छ,' उनले भने । युनिसेफकी नेपाल प्रतिनिधि हाना सिङ्गरले बाल विवाहले किशोरीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले सबैले मिलेर यसलाई अन्त्य गर्न पहल गर्नुपर्ने बताइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.