एमबीबीएस पढ्न अमेरिकाबाट नेपाल !

७ असोज, काठमाण्डौ । नेपालवाट गुणस्तरीय शिक्षा भन्दै बाहिरिने विद्यार्थीको तथ्यांक हरेक वर्ष थपिदै गइरहेका बेला विदेशवाटै विद्यार्थीहरु नेपाल आउने गरेको खबर अपत्यारिलो लाग्छ । त्यो पनि विश्वकै सम्पन्न मुलुक अमेरिकाबाट ! तर एमबीबीएस पढ्न अमेरिकाजस्ता प्रथम विश्ववाट बर्सेनी विद्यार्थी नेपाल आउँछन् । शिक्षा मन्त्रालय अन्तर्गत उच्च तथा प्राविधिक शिक्षा सम्बन्धन शाखाका अनजुसार नेपालमा एमबीबीएस पढ्न अमेरिकासहित ६ सम्पन्न मुलुकका विद्यार्थी आउने गरेका छन् । यो वर्षमात्रै १० अमेरिकी विद्यार्थी आउन लागेको शाखाले जनाएको छ । नेपाल आउने विदेशीको संख्या भारतीय बाहेक बर्सेनि ३ सयभन्दा बढी छ । २ वर्षअघि सरकारले एमबीबीएसका लागि ३१ लाख २५ हजार रुपैयाँ शुल्क तोकेपनि कलेजहरुले ४० लाख असुल गरिरहेका बेला ६० लाख रुपैयाँसम्म तिरेर विदेशी विद्यार्थीहरु नेपाल आउँछन् । उनीहरु बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, इन्स्टिच्युट अफ मेडिकल साइन्स महाराजगञ्ज, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाण्डौँ, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, नेसनल मेडिकल कलेज वीरगञ्ज, मणिपाल मेडिकल कलेज भैरहवा र नेपालगञ्ज मेडिकल कलेजमा छरिने गरेको शाखाका अधिकृत भीम घिमिरेले बताए । उनका अनुसार अमेरिकी विद्यार्थीहरु धेरै जसो सेनाको कलेज र आईओममा भर्ना हुन्छन् । गत वर्ष श्रीलंकाबाट ५१ विद्यार्थी मेडिकल अध्ययनमा आएको मन्त्रालयको तथ्यांक छ । तर अन्य देशको तुलनामा भारतीय विद्यार्थी बढी हुने गरेका छन् । कारोबार दैनिकले समाचार छापेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.