दैनिक दुई बलात्कृत

७ असोज, काठमाण्डौ । रसुवामा १९ बर्षीया बालिका बाबुवाट बलात्कृत भइन् । आमा दोस्रो विबाह गरेर हिडेपछि उनी लगातार बलात्कृत हुँदै आएकी थिइन । सनसरीकी १७ बर्षीया किशोरी बलात्कारको जाहेरी दिन प्रहरीकहाँ जाँदा प्रहरीवाटै बलात्कृत भइन् । यी दुई प्रतिनिधि घटनामात्र हुन् । नेपालमा उनीहरुजस्ता थुप्रै बालिका, किशोरी दिनहुँजसो बलात्कारको शिकार भइरहेका छन् । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा दैनिक झन्डै दुईजना बलात्कृत हुन्छन् । आरेकले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मासिस ५० वटा बलात्कारका घटना हुने गरेको छ । २०७० बैशाखदेखि साउन मसान्तसम्म बलात्कारका १ सय ९० घटना भएको प्रतिवेदनमा छ । यस अबधिमा बलात्कार प्रयासका २८ घटना भए । कैयन बलात्कारका घटना लोकलाज र डर धम्कीका कारण बाहिर आउँदैनन् । रसुवाकी बालिका बलात्कृत हुन थालेको एक वर्षपछि मात्र सार्वजनिक भएको थियो । सुनसरीकी किशोरीलाई भने हातमा ५० रुपैयाँ थमाएर घटना सार्वजनिक नगर्न धम्की दिइएको थियो । महिला मानवअधिकार रक्ष्क राष्ट्रिय सञ्जालकी अध्यक्ष रेणु राजभण्डारीले नेपालमा बलात्कारका घटना बढ्दै गएको बताइन् । नागरिक दैनिकले समाचार छापेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.