जर्सावको घरमा लाखौंको चोरी, घटना गुपचुप

८ असोज, काठमाण्डौं । चाडपर्व नजिकिँदै गर्दा राजधानीमा चोरको बिगबिगी बढेको छ । घरमा कोही नभएको बेला एक भिआईपीको घरबाट हालै २५ लाख बराबरको चोरी भएको छ । तर, प्रहरीले सो घटनालाई गोप्य राखेको छ । महाराजगञ्ज निवासी नेपाली सेनाका जर्नेलका सपिन विक्रम राणाको घरबाट दुई साताअघि चोरी भएको छ । घरको ताला फुटाएर ठूलो मात्रामा सुनका गहना चोरी भएको प्रहरी स्रोतले जनाएको छ । तर, जर्नेलको घरमा चोरी भएको घटना सार्वजनिक हुँदा बेइज्यत हुने भएकाले प्रहरीले घटनालाई गोप्य राखेको छ । यसअघि पनि सुरक्षा अधिकारीकै घरमा डकैती समेत भएका छन् । हालै महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी उमा चर्तुवेदीको पेस्तोल, सेट, आइफोन तथा ल्यापटप तोरी भएको थियो । पार्किङमा राखिएको ठाउँबाट न्युरोडबाट उनको झोला चोरी भएको मंगलबार प्रकाशित दृष्टि साप्ताहिकमा खबर छ । ल्याबटप र आइप्याड निकालेर चोरले उनको पेस्तोल र सेट राखेर झोला न्युरोडको पिपलबोट नजिक फालिदिएका थिए । प्रहरीको सीआरभी भ्यानले झोला फेला पारेपछि उनको जागिर बचेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.