जेलबाटै खुमबहादुरको असुली

मंगलबार प्रकाशित दृष्टि साप्ताहिकका अनुसार पहिला आफूले संरक्षण गरेको गुण्डागर्दीका नाइकेलाई जेलमै बोलाएर उनले खर्च माग्ने गरेका छन् । जेलमा धेरै खर्च हुने गरेको भन्दै पैसा असुल्ने गरेको स्रोतले बताएको छ । गुण्डाका नाइके मात्र नभई आफू निकट बहालवाला प्रहरीसँग समेत उनले सहयोग माग्ने गरेका छन् । खड्का गृहमन्त्री हुँदा सयौंलाई उनले प्रहरी र गुप्तचरमा जागिर लगाएका थिए । पार्टी निकट धेरै प्रहरी अधिकारीलाई उनले गुन लगाएका थिए ।
उनी जेल परेकै भोलिपल्ट किरण गौतम, कल्याण तिमल्सिनालगायतका तत्कालीन एआईजीहरु बिहानै उनलाई भेट्न जेल पुगेका थिए ।
0 comments
Write Down Your Responses