बेड सिन हेरेर सुटिङ युनिटले जिब्रो टोक्यो !

नयाँ कलाकार भन्नेबित्तिकै प्रोडक्सन र निर्देशकले जेजे भन्यो, त्यहीत्यही मान्नुपर्ने, चित्त नबुझेका कुरा पनि भन्न नपाइने ? गजबै छ नेपाली चलचित्र क्षेत्रको कथा ।निर्माणाधीन फिल्म रक्षकै कुरा गरौं न । त्यसमा डेब्यु पाइन् नयाँ अनुहार सारिका घिमिरेले । बल्लबल्ल फिल्ममा खेल्ने मौका पाएपछि उनले त्यसका निर्देशक राजु गिरीले भनेजसरी बेड सिन दिइन् । बेड सिन यस्तो थियो कि सुटिङ गर्ने क्रममा युनिटले नै यसलाई हेरेर जिब्रो टोक्यो भने रिलिजमा आएपछि दर्शकले कस्तो प्रतिक्रिया देलान् । जेहोस्, गिरीको अघिल्ला फिल्मजस्तै यसलाई पनि यौनकेन्द्रित बनाउनका लागि निर्देशकले जसोजसो भने, त्यस्तैत्यस्तै यौनोत्तेजक दृश्य उनले दिइदिइन् । रक्षाको निर्माण समूहलाई फिल्म बनाउन र त्यसलाई रिलिजमा ल्याउनभन्दा पनि त्यसको पब्लिसिटी गर्नै हतार ? पब्लिसिटी गर्ने क्रममा पूजना स्त्रीलाई बढी फोकस गरियो । जे भए पनि नयाँ अनुहारको तुलनामा पूजनाको अनुहार बिकाउ हुने नै भयो । पूजनाका नग्न ढाड र कामुक बेड सिनले पब्लिसिटी सामग्रीमा यथेष्ट स्थान पाए पनि सारिकाले खास स्थान पाइनन् । त्यसैले उनले घुक्र्याइन्– ‘पब्लिसिटीमा मलाई हाइलाइट नगर्ने भए म त डबिङ नै गर्दिनँ ।’ उनको घुर्कीले काम गरेन, निर्देशक गिरीले सारिकालाई डबिङ नै गराएनन् । यो त ट्रेलर मात्र हो सारिका, फिल्म शुरू हुन त बाँकी नै छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.