निर्माण कम्पनीले किने ६ करोडको खानेतेल
२५ जेठ, काठमाण्डौं । अर्बभन्दा बढी ‘गैरकानुनी’ भ्याट फिर्ता लिएका तेल उत्पादक कम्पनीले झण्डै सात करोड रूपैयाँको खानेतेल सडक, घरलगायतका ‘सिभिल वक्र्स’ गर्ने निर्माण कम्पनीलाई विक्री गरेको देखाएका छन् ।
मूल्य अभिवृद्धि कर फिर्ताका लागि आन्तरिक राजश्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा पेस गरिएको बिल विवरणमा तेल उत्पादन तथा विक्रीवितरण गर्ने चार ठूला कम्पनीले एउटै निर्माण सेवालाई करोड रूपैँयाभन्दा बढीके खानेतेल वितरण गरेको भेटिएको छ । ‘सिभिल वर्क गर्ने कन्स्ट्रक्सन कम्पनीका नाममा करोडको तेल बिक्री गरेको बिल काटीएको देखिएको छ,’ महालेखा परिक्षकको कार्यालयका प्रवक्ता एवं नायब महालेखा परिक्षक बाबुराम गौतमले भने, ‘निर्माण कम्पनीले ठूलो परिमाणमा तेल के प्रयोजनका लागि किन किने भन्ने आशंका देखिएकाले छानविन गर्न सरकारलाई सुझाव दिएका छौं ।’
भ्याट फिताका लागि ठूला करदाता कार्यालय हरिहरभवनमा बुझाएको कागजातमा शिवशक्ति घिउ उद्योग, स्वस्तिक आयल इन्डस्ट्रिज, गणपति वनस्पति प्रालि र पशुपति खाद्यतेल उद्योगले ६ करोड ७० लाख रुपैयाँको बिक्री बिल १४ वटा निर्माण कम्पनीका नाममा देखाएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses