प्रहरी हिरासतबाटै लागुऔषध कारोबार !
२५ जेठ, काठमाण्डौं । लागुऔषध मुद्दामा थुनामा रहेका एक अभियुक्तले प्रहरी हिरासतबाटै लागुऔषध कारोबार चलाएका छन् । हिरासतबाट सहयोगीहरु परिचालन गरी नीरज शाहीले लागु औषधको कारोबार जारी राखेका हुन् । लागुऔषध नियन्त्रण व्युरो (एनसिबी) को हिरासतमा रहेका शाहीले आफन्तमार्फत कारोबार चलाएका हुन् । उनले कारोबारमा आफन्तहरु विकल शाही र आले तामाङलाई प्रयोग गरेको खुलासा भएको नयाँ पत्रिकामा खबर छ । लागु औषधसहित तामाङ र शाही पक्राउ परेपछि नीरजले हिरासतबाट नै निर्देशन दिएर लागु औषध कारोबार गरेको खुलेको हो । अभियुक्तहरुलाई हिरासतमा आफन्त भेट्ने सुविधा हुन्छ । ११ जेठमा ५३ वटा डाइजेपाम र बुप्रेनफिर्नसहित पक्राउ परेका नीरजले हिरासतमै आफन्तलाई भेट्न बोलाएर लागुऔषध ओसारपसार गर्न लगाएका हुन् ।
|
0 comments
Write Down Your Responses