आफ्नै आँगनमा महिला मृत फेला

बर्दिया, साउन २ – बर्दियाको कालिकामा एक महिला आफ्नै आगँनमा मृत अवस्थामा फेला परेकी छिन् । कालीका ७ स्याउली बजारकी ४६ वर्षीया नारायणी रानाभाट आफ्नै आँगनमा बुधबार विहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले कुटपीटबाट महिलाको ज्यान गएको आशंका गरेको छ । महिलाका श्रीमान कृष्णबहादुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.