यी हुन् अति संवेदनशील जिल्ला र क्षेत्र ?

Temporary Police
काठमाडौ, आश्विन २ - गृह मन्त्रालयले चुनावका लागि १६ जिल्ला र ७८ निर्वाचन क्षेत्रलाई अति संवेदनशीलका रूपमा लिएको छ । भूमिगत तथा सशस्त्र समूह, निर्वाचन विरोधी/बहिष्कारवादी, जातीय क्षेत्रीय संघ/संगठनका गतिविधि, विगतका निर्वाचनमा भएका घटनाहरूको मूल्यांकन तथा विश्लेषण र खुला सिमानाका आधारमा गृहले क्षेत्र छुट्याएको हो । मन्त्रालयका अनुसार अति संवेदनशील १६ जिल्ला छन् । ती जिल्लाका ७८ निर्वाचन क्षेत्र अति संवेदनशील छन् । अति सवेदनशील जिल्लामा सप्त, सिरहा, धनुषा, महोत्त, सर्लाही, रौतहट, बारा, पर्सा, दाङ, ताप्लेजुङ, नवलपरासी, कपिलवस्तु, रूपन्देही, रोल्पा, प्यूठान र कालिकोट छन् । बीस जिल्ला र ती जिल्लाका ६७ निर्वाचन क्षेत्र संवेदनशील छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.