बुद्ध नेपालमै जन्मेका हुन् : भारत

data-stream="false" data-width="200" height="60"> Indian flagकाठमाडौं : भारतीय सञ्चारमाध्यमले गौतमबुद्ध भारतमा जन्मेको अनर्गल प्रचार गरिरहेका बेला भारतीय दूतावासले भगवान गौतम बुद्ध नेपालमै जन्मेको जनाएको छ ।
दूतावासले आइतबार ट्विटरमार्फत अनौपचारिक प्रतिक्रिया दिँदै बुद्ध कहाँ जन्मेको भन्ने विषयको टुंगो २ हजार वर्षअघि नै लागिसकेको जनाएको छ । दूतावासको ट्विटरमा भनिएको छ, ‘बुद्ध कहाँ जन्मिएका थिए भन्ने प्रश्न २ हजार वर्ष पहिले नै समाधान भइसकेको विषय हो ।’
भारतीय सञ्चारमाध्यमले बुद्धको जन्मस्थल लुम्बिनी भारतमा पर्नेजस्ता भ्रामक समाचार निरन्तर प्रसारण गरे पनि नेपाल सरकारले भने त्यसको औपचारिक खण्डन गरेको छैन । तर, भारतीय दूतावासले जति बेला नेपालको लुम्बिनीमा अशोकले शिलाखेल स्तम्भ खडा गरे, त्यही समय बुद्ध कहाँ जन्मेका हुन् भन्ने विषयले टुंगो पाइसकेको उल्लेख गरेको छ । ‘जतिखेर अशोकले लुम्बिनी, नेपालमा शिलालेखसहित स्तम्भ खडा गरेका थिए, सोही बेला समस्या सामधान भइसकेको थियो,’ ट्विटरमा उल्लेख छ ।
भारतीय विदेशसचिव सुजथा सिंहले पनि दुई दिने नेपाल भ्रमणबाट फर्कने क्रममा आइतबार बुद्ध नेपालमै जन्मिएको अभिव्यक्ति दिइन् । भनिन्, ‘बुद्धको जन्मस्थल लुम्बिनी हो । लुम्बिनी नेपालमा पर्छ ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.