सवारी दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

७ असोज, नवलपरासी । नवलपरासीको प्रगतिनगरमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट काठमाडौं जादै गरेको लु १ ख ७३६४ नम्बरको बसले दिउँसो करिब सवा ३ बजेतिर दलदले बजारमा ना १९ प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । अर्को बसलाई ओभर टेक गर्ने क्रममा बसले मोटरसाइकलाई ठक्कर दिएको थियो । दुर्घटनामा परि मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतिका प्रहरी निरिक्षक मोहन अधिकारीले जानकारी दिनुभयो । मृत्यु भएका मध्ये प्रगतिनगर ६ पृथ्वीनगरका करिब ५५ बषर्ीय रामप्रसाद भुसाल, उनकी छोरी रजहर बस्ने २६ बषर्ीया लक्ष्मी तिवारी र भुषालका नाती २ बषर्ीय युगल तिवारी रहेका छन् । आफन्तले बताए अनुसार उनीहरु भुसालको घरमा श्राद्ध सकेर छोरी र नातिलाई रजहरस्थित घरमा पुर्‍याउन हिँडेका थिए । घटनापछि आक्रोसित स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् । भिड नियन्त्रणको प्रयासमा प्रहरीले एक राउण्ड हवाइफयर गरेको छ । कावासोतीका डिएसपी बिमल बस्नेतले घटना नियन्त्रणमा आएको र राजमार्ग खुलाउन पहल भइरहेको जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.