राजासँग मिल्न प्रस्ताव गर्ने पहिलो व्यक्ति भट्टराई नै हुन् भनेर कमल थापाले सार्वजनिक अभिव्यक्ति दिएको २ दिनपछि भट्टराईले त्यसको जवाफ फर्काउँदै पूर्ण असत्यभन्दा अर्धसत्य बढी भ्रमणपूर्ण र खतरनाक हुने बताएका छन्। 'कमल थापाले अहिले त्यस्तै एउटा अर्ध-सत्यको सहाराले ठुलै पंक्तिमा भ्रम छरेको प्रतीत हुन्छ', भट्टराईले भनेका छन्।
कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ ।
शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र अझै आफुसंग पर्याप्त सम्पत्ति भएको दावी गरेका छन् । आफुले भर्खरै कियाको नयाँ स्र्पोटेज गाडी किनेको र हात्तिगौडाको घर पनि रहेको भन्दै ढकालले भने- अहिले पनि मेरो स्टाण्डर्ड घटेको छैन ।
हात्तिगौंडाको घर हुँदाहुँदै आफन्तको नजिक बस्न एक सहकारीको अनुरोधमा दुई करोडमा घर किनेको जानकारी दिंदै उनले सहकारीले बदनियतपूर्ण ढंगले आफ्नो बेइज्यती गरेको बताए । मासिक ३ लाख रुपैयाँका दरले पाँच बर्षमा पैसा चुक्ता गर्ने सर्तमा घर लिएको भएपनि नियमित आम्दानी घट्दा पैसा तिर्न नसकेको उनले स्वीकारे । तर, सहकारीले घर दिंदा पनि नियम मिचेर दिएको र पछि लिलामीको सूचना निकाल्दा पनि बदनाम गर्ने उद्देश्य राखेको उनले बताए । ७० लाख रुपैयाँ माया मारेर अहिले भैंसेपाटीको घर छाडेर हात्तिगौडामा बस्न लागेको ढकालले बताए । आफुले ७० लाख रुपैयाँ माया मारेर घर दिंदा पनि सहकारीले ब्याज मिलान गर्ने भन्दै ५६ लाखको कागज गराएको भन्दै जिल्ला अदालत पाटनमा अब उप्रान्त कुनै सूचना ननिकाल्ने भनी गरेको समझदारी सहकारीले भंग गरेको र अदालत तथा आफ्नो दुवैको मानहानी गरेको दावी गरे ।
एक घण्टा रोएँ
पत्रिका सूचना निस्किएका बेला आफु कार्यक्रमका लागि बेल्जियममा रहेको ढकाल बताउँछन् । ‘राष्ट्रिय गीतको म्युजिक भिडियोको सुटिङ गर्ने कार्यक्रम थियो, पत्रिकामा सूचना आएको थाहा पाएपछि सुटिङ रद्द गरेर एकान्तमा गएर धक फुकाएर रोएँ ।’ ढकाल भन्छन-’ढकाल भन्छन-’बिदेशको ठाउँमा कसैले मलाई चिन्ने कुरा पनि भएन । एक घण्टा रोएपछि मन हलुका भयो ।’
गीत संगीतबाटै जीवन चल्ने नदेखेपछि ढकालले रेष्टुँरा ब्यबसाय सुरु गर्ने योजना बनाएका छन । ‘सधैं यहि गतिमा गायनबाट आम्दानी नहुन सक्छ, बिदेशमा कार्यरत केही साथीभाईसंग मिलेर एउटा राम्रो रेष्टुँरा खोल्दैछु’ ढकालले भने-’अरु ब्यबसायका योजनाहरु पनि आएका छन, त्यसको निम्ति अध्ययन गरिरहेको छु ।’

खगोलविद्हरुले सूर्यको उत्तरी भागमा विशाल भ्वाङ रहेको तथ्य पत्ता लगाएका छन् । अत्याधुनिक स्पेस टेलिस्कोपद्वारा खिचिएको सूर्यको उच्च रिजोलुसनयुक्त तस्वीरमा सूर्यको उत्तरी ध्रुवमा विशाल भ्वाङ रहेको देखिएको हो । यस्तो कालो तथा अँध्यारो भ्वाङले सूर्यको झण्डै एक चौथाइ भाग ओगटेको छ । जुन सूर्यको सबैभन्दा बाहिरी सतहको कम घनत्वयुक्त कालो क्षेत्रको रुपमा रहेको छ । युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरीक्ष संस्था नासाको सौर्य अवलोकन यानबाट गएको १३ देखि १८ जुलाइको बीचमा खिचिएका तस्वीरबाट सूर्यको उत्तरी क्षेत्रमा कालो भ्वाङ रहेको देखिएको हो । यो भ्वाङभएको क्षेत्रबाट लगातार उच्च गतियुक्त सौर्य हुरी तथा अन्य पदार्थहरु अन्तरीक्षमा आइरहेको पाइएको छ । यसरी सूर्यबाट हुत्तिने ती पदार्थहरुको गति ५ सय माइल प्रति सेकेण्ड रहेको छ । उक्त क्षेत्रमा प्रकाश उत्पादन हुने अन्य कुनै सौर्य गतिविधि नभएका, सूर्यको अन्य भागमा भन्दा तापक्रम कम रहेको तथा अँध्यारो रहेको खगोलविद्हरुको भनाइ छ । सूर्यमा यस्ता खालका काला भ्वाङहरु देखिने कुरा नौलो नभएपनि पछिल्लोपटक देखिएको भ्वाङ निकै ठूलो रहेको खगोलविद्हरुको भनाइ छ ।
काठमाडौं — एमाओवादी केन्द्रीय सदस्य बाबुराम भट्टराईले पार्टीको नीति अनुसार आफूले कमल थापामार्फत् ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपति बन्न प्रस्ताव गरेको बताएका छन्। 'मैले पार्टीको घोषित नीति अनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानूक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें', फेसबुक स्ट्यासमार्फत् शुक्रबार भट्टराईले भनेका छन्- 'कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे।'
भट्टराई फेसबुक स्ट्याटसको पूर्ण पाठ
पूर्ण असत्य भन्दा अर्ध-सत्य बढ़ी भ्रमपूर्ण र ख़तरनाक हुन्छ । कमल थापाले अहिले त्यस्तै एउटा अर्ध-सत्यको सहाराले ठुलै पंक्तिमा भ्रम छरेको प्रतीत हुन्छ ।
२०५९-६० मा भएको दोश्रो सरकार-माओवादी वार्तामा मेरो नेत्रित्वमा वार्ताटोली आएको थियो । पार्टीको बटमलाइन त्यतिबेला संविधानसभा र गणतन्त्र थियो । साथै यदि राजा त्यसमा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिको रुपमा स्वीकार्न पनि सकिन्छ भन्ने थियो । यो कुरा मैले वार्ताटोली काठमाण्डौमा सार्वजनिक हुने वित्तिकै खुलै रुपमा भनेको थिएँ, जुन त्यतिबेलाको अखबार पल्टाएर हेरे पुष्टी हुन्छ । मैले त्यतिबेला ज्ञानेन्द्रलाई प्रत्यक्ष भेटेर यो कुरा बताउन चाहेको थिएँ । तर उनले भेट्नै मानेनन् भन्ने कुरा उनका दूतहरुबाट आयो । त्यसबखत लोकेन्द्र चन्द प्र.म. थिए भने वार्ताकारका हर्ता़कर्ता नारायण सिंह पुन र रमेशनाथ पाण्डे थिए । पछि सुन्नमा आयो कुनै अनधिक्रित मान्छेले ज्ञानेन्द्रलाई पहिल्यै हामी माओवादी संवैधानिक राजतन्त्र मान्न तयार छौं भनेकाले वार्तामा वोलाइएको रहेछ तर पछि त्यस्तो नपाएपछि उनी रिसाएर मसंग भेट्न नमानेको हामीले अनुमान गर्यौं । जे होस् काठमाण्डौमा भएको दुई चरणको वार्तामा कुनै परिणाम आउने लक्षण नदेखे पछि हामी वार्ता भंगको मनस्थितिमा पुग्यौं ।
त्यसै वीचमा ज्ञानेन्द्रले लोकेन्द्रलाई हटाएर सूर्यबहादुरलाई प्र. म. बनाए र सरकारी वार्ता टोलीमा कमल थापा, प्रकाशचन्द्र लोहनीलाई राखे । दांगको हापुरेमा तेश्रो र हाम्रो बुझाइमा अन्तिम चरणको वार्ता हुने भयो । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ता भन्दा पहिल्यै उनी मार्फत ज्ञानेन्द्र समक्ष हाम्रो प्रस्ताव फेरि एकचोटि पठाउनु उपयुक्त ठान्यौं । पहिलो चरणमा नारायणसिंह पुन मार्फत विवेक शाह हुँदै हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुग्यौं कि पुगेन हामीलाई शंकै थियो । त्यसैक्रममा हाम्रै पहलमा नेपालगंजमा धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीति अनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानूक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे । हाम्रो कुरा मिलेन । उनले हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुर्याए पुर्याएनन् थाहा भएन । पछि हापुरे वार्ता असफल भयो र हामी फेरि जनयुध्दमा फर्कियौं ।
सत्यतथ्य यत्ति हो । त्यसपछिको १२-वुँदेदेखिको इतिहास सबैलाई थाहै छ । दरबार हत्याकाण्डको दिनदेखि नेपालमा गणतन्त्रको उदय भैसकेको मान्यता राख्ने हामीले 'बेबी किंग' वा ' सांस्कृतिक राजा' वा अन्य कुनै विशेषणयुक्त राजतन्त्र मान्ने कुरा सपनामा पनि कसरी सम्भव होला र?
(बाबुराम भट्टराईको फेसबुक पेजबाट)
मान्छेपछिको सबैभन्दा बुद्धिमान जिव मानिने डल्फिनले पनि एक अर्कालाई नामले बोलाउने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । स्कटल्याण्डका शोधकर्ताहरुका अनुसार डल्फिनले अर्को डल्पिmनलाई बोलाउन विशेष प्रकारको सुसेली हाल्छ । जब आफुले अर्को डल्फिनलाइ बोलाउनका लागि हालेको सुसेलीको प्रतिउत्तर अर्को डल्फिनले त्यस्तै सुसेलीबाट दिन्छ तबमात्र ती दुइबीच सम्पर्क स्थापित भएको ठानिन्छ । डल्पिmनले अर्को डल्फिनसँग संचार सम्पर्क स्थापित गर्न फरक फरक ढंगको सुसेली हाल्ने गर्छ । यसको अर्थ कुनै एक डल्पिmनको लागि एक प्रकारको सुसेलीले बोलाइन्छ र अर्कोका लागि अर्कै सुसेली । मान्छेलाई नामले बोलाएजस्तै डल्फिनले अर्को डल्फिनलाई आफ्नो सुसेलीको प्रकारका माध्यमबाट निश्चित नाम दिन्छ । अर्थात् सुसेलीको विशेष प्रकार नै डल्फिनबीचको एक अर्कालाई बोलाउने वा सम्पर्क स्थापित गर्ने नामको रुपमा रहेको हुन्छ । यसका लागि वैज्ञानिकहरुले केही डल्फिनका विभिन्न आवाजहरु रेकर्ड गरे । अनि विशेष यन्त्रको सहायताले डल्पिmनहरु बस्ने गरेको जलक्षेत्रको पानी मुनि लगेर ती आवाज प्ले गरे । त्यसक्रममा के पाइयो भने त्यसरी बजाइएका आवाजहरुमा हरेक एक आवाज कुनै एक डल्पिmनको पहिचान सुसेली अर्थात् नामको रुपमा रहेको आवाज रहेछ । डल्फिनले जब आफ्नो पहिचान सुसेली बजेको सुन्थ्यो तब त्यस्तै आवाज निकालेर प्रतिक्रिया दिन्थ्यो । तर अरु आवाज बजाउँदा प्रतिक्रिया दिँदैनथ्यो । अन्य आवाज बजाउँदा पनि अरु डल्फिनले दिने प्रतिक्रिया त्यस्तै थियो । यसको अर्थ हरेक डल्फिनको छुट्टै सुसेली नाम हुँदो रहेछ र अर्को डल्पिmनले त्यसरी सुसेल्दा उसले आफुलाई बोलाएको भनेर जान्दो रहेछ र प्रतिक्रिया जनाउँदो रहेछ ।
कतिपय शारीरिक वा मानसिक कारणले शिशुको जन्मपछि दम्पतीको यौनजीवनमा वा भनौं यौन क्रियाकलापमा नकारात्मक प्रभाव परिरहेको हुनसक्छ । शारीरीक कारणमा थकान, स्तनको भारीपन, पीडाजस्ता कारण प्रमुख हुन्छन् भने मानसिक वा भावनात्मक कुरामा शरीरको विम्ब, निराशाजस्ता कुराले प्रभाव पारिरहेको हुन्छ । शिशुको जन्म आफैंमा सुखद पक्ष भए पनि शिशु जन्मिएका सुरुका महिनाहरू तनावमूक्त भने हुँदैनन् । यसबेला आफैंमा बाझिने किसिमका भावनाहरू आउन सक्छन् ।
प्रसवको तुरुन्तैपछिको थकाइ मात्र होइन, शिशुको हेरचाहको जिम्मेवारी प्राकृतिक रूपमै छ भने सुत्केरी अवस्थामा नै पनि 'बुहारी' महिलाले कतिपय घरेलु कार्यमा लाग्नुपर्ने हुन्छ । अर्को कुरा, गर्भावस्था नै सुरु भए पनि सुत्केरी अवस्थामा स्तनहरू भारी हुनुका साथै केही पीडा पनि हुनसक्छ । यस्तो बेलामा महिलाको स्तनको स्पर्शप्रतिको प्रतिक्रिया पनि फरक हुनसक्छ । प्रसवको बेलामा योनिद्वार ठूलो बनाउने शल्यक्रिया वा शिशु निस्कने क्रममा योनि वा भगक्षेत्रमा लागेको चोटपटकले होस् वा शल्यक्रिया वा च्यातिएको सिलाउँदाको टाँका होस्, पीडाको कारण हुनसक्छ । शल्यक्रिया गरेर शिशु जन्माइएको स्थितिमा पनि पेट चिरेको स्थानको घाउमा पीडा हुनसक्छ । तपाईंकी श्रीमतीको सन्दर्भमा यी कुरा लागू भएन भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

![]() |
विभिन्न अभियोगको फन्दामा परेका विकिनी किलर चार्ल्स शोभराज अहिले केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्। तर, तिनै शोभराज जोडिएको क्यानेडेली नागरिक लरेन्ट हत्या अनुसन्धानको फाइल महानगरीय प्रहरी परिसर भक्तपुरमा थन्किएको तीन दशक बितिसक्दा पनि प्रक्रिया अघि बढेको छैन। भक्तपुर जिल्ला अदालतका कर्मचारीले लरेन्ट अर्मान्ड क्यारियर हत्याको पुरक अनुसन्धान प्रतिवेदन कुरेको ३३ वर्ष कटिसक्यो। 'महत्वपूर्ण मिसिल हो होसियार रहनू' भन्ने हाकिमको निर्देशनबमोजिम कर्मचारीले मिसिल जोगाउन चारवटा ताल्चा मारे पनि धमिराले भेटिसक्यो। तर, विकिनी किलर चार्ल्स शोभराज जोडिएको अर्को हत्या मुद्दा अलपत्र छ।काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्या अभियोगको सुनुवाइमा लरेन्ट हत्यामा समेत चार्ल्सको संलग्नता रहेको अदातलतमा पेस भएका तथ्यले प्रस्ट्याइसकेका छन्। सर्वोच्चले कर्तव्य ज्यान र जाली राहदानी मुद्दाको फैसलामा लरेन्टको हत्यामा चार्ल्सलाई जोडिसकेको छ।
'कसले मारेर आगो लगाएर फालेको हो भन्ने खोजतलास गर्दा यसैले मारेको हो भन्ने कहीँ कतैबाट खुल्न नआएको' प्रहरी प्रतिवेदनका आधारमा जिल्ला अदालत भक्तपुरका तत्कालीन न्यायाधीश हरिजंग सिजापतिले २०३३ पुस २२ मा 'खुलेका बखत' कारबाही चलाउने गरी मिसिल तामेलीमा राख्ने आदेश दिएका थिए।
चार्ल्स पक्राउ परेलगत्तै काठमाडौं जिल्ला अदालतले २०३४ मा तामेलीमा राखेको कोन्नी हत्या मुद्दा जिल्ला सरकारी वकिल कार्यालयको पत्रका आधारमा २०६० असोजमा मात्र अगाडि बढ्यो। चार्ल्सको यो पहिलो फन्दासँगै जाली राहदानीविरुद्धको दोस्रो फन्दा पनि किनारा लागिसक्यो तर उस्तै प्रकृतिको लरेन्ट हत्या अनुसन्धान फाइल महानगरीय प्रहरी परिसर भक्तपुरमा थन्किएको छ।
२०६० मा चार्ल्स काठमाडौंमा पक्राउ परेपछि भक्तपुर प्रहरीले २०६२ वैशाख २३ मा मिसिलको नक्कल लगे पनि प्रहरी र जिल्ला सरकारी वलिकको कार्यालय सक्रिय नहुँदा अदालतमा रहेको चार्ल्सको तेस्रो फन्दाको पाइलो सरेको छैन।
...
२०३२ पुस ८ गते बिहान ७ बजे गस्तीका प्रहरीले मनोहरा खोला किनारमा एक महिलाको शव फेला पारेका थिए। पेट्रोल हाली टाउकोदेखि पैतालासम्म जलाइएको, पूरै शरीर नांगो र मुटुको भागमा चारवटा छुरी रोपेको अवस्थामा फेला परेको शवको तत्काल पहिचान खुलेन। विदेशी महिलाको सो शवसँगै फेला परेको बाला र झुम्काको आधारमा झोंछेको ओरिएन्टल लजमा बस्ने दुई विदेशी धुलिखेल घुम्न गएको र नफर्किएको अनुसन्धानबाट खुल्यो। सोही लजमा बस्ने अस्ट्रेलियन नागरिक क्रिस्टी एम म्याकमिलनले हराएकी महिलालाई चिन्ने बताएपछि शवको पहिचान खुल्यो। उनी रहिछन्, अमेरिकी नागरिक कोन्नी।
कोन्नी र लरेन्ट २०३२ मंसिर २८ देेखि झोंछेको ओरिएन्टल लजमा बस्दै आएका थिए। पुस ५ गते धुलिखेल हिँडेका लरेन्टलाई भेट्न जान्छु भन्दै दुई दिनपछि कोन्नी हिँडेकी थिइन्। दुवै फर्किएनन्। कोन्नीको शवमात्र फेलापर्यो्। लरेन्ट कहाँ छन्?
आर्थिकरूपमा कमजोर देखिन्थे लरेन्ट, कोन्नी सम्पन्न। पैसाका लागि लरेन्टले नै कोन्नीको हत्या त गरेनन्? प्रारम्भमा उनी नै शंकामा परे।
सबै सामान लिएर धुलिखेल गएका उनैलाई भेट्न हिँडेकी कोन्नी मृत अवस्थामा फेला परेकी थिइन्।
अनुसन्धानमा लरेन्ट पुस ८ गते बिहान साढे ११ बजे प्लेनबाट बैंकक गएको सूचना आयो। त्यही तथ्यमा टेक्दै प्रहरी नायव निरीक्षक नन्दराम श्रेष्ठले कोन्नीको हत्या लरेन्टबाटै भएको निष्कर्षसहित प्रतिवेदन तयार पारे।
...
लरेन्टको खोजीसँगै कोन्नीले बेलाबखत होटल सोल्टी ओबराय (अहिलेको सोल्टी होटल)मा श्रीमतीसहित बसेका एक भियतनामी गहना व्यापारीलाई भेट्ने गरेको सूचनाका आधारमा प्रहरीको ध्यान सोल्टी होटलतर्फ मोडियो।
भियतनामी नभई हिन्द–चीन अनुहारसँग मिल्दोजुल्दो हेनरिकस विन्ताजा र कुकी हेमकर बस्दै आएका रहेछन्। दुवैले हल्यान्ड नागरिक बताएका थिए।
नेपालमा भएको हत्याझंै बैंककमा पनि विदेशी जोडी मारिएको सूचना आयो। हत्या प्रकृति उस्तै– नशालु पदार्थ खुवाई जिउमा ग्यासोलिन हालेर आगो लगाइएको। कोन्नी हत्यासँग ठ्याक्कै मेल खाने। सो हत्यामा एलेन गोटियर जोडिए। प्रहरी अनुसन्धानमा गोटियर र सोल्टीमा बसेको हेनरिकस विन्ताजा एकै देखिए। कुकीको असली परिचय मोनिक लेक्लर्क खुल्यो।
नेपाल घुम्न आएका पर्यटकलाई शंकाकै भरमा पक्रिन प्रहरीले आँट गरेन। होटलमा निगरानी बढायो। बाहिर जाँदा अनुमति लिएर जान निर्देशन दिए पनि उनीहरू होटलमै सामान छाडेर बेपत्ता भए।
...
२०३२ पुस ६ गते।
अरनिको राजमार्गको दक्षिणी भेगमा अनुहार डढेको अवस्थामा एक पुरुषको शव भेटियो। भक्तपुरको पलाँसेस्थित ढलमा फालेको शव स्थानीय भरत रानामगरले देखेपछि प्रहरीलाई खबर गरे।
निर्वस्त्र र अनुहार डढाएर फालिएको शवको पहिचान खुलेन। भक्तपुरको घटना तत्काल काठमाडौंसम्म आइपुगेन।
कोन्नी धुलिखेल गएको जानकारीका आधारमा काठमाडौं प्रहरीले भक्तपुरमा खोजी थाल्यो। विदेशी पुरुषको शव फेला परेको सूचना प्रहरीको कानसम्म पुग्यो। ती पुरुष थिए, कोन्नीका प्रेमी र प्रारम्भमा कोन्नी हत्याका आशंकित लरेन्ट।
सोल्टीको कोठामा प्रहरीले नाइलनको पर्स फेला पारेको थियो। भाइ खोज्दै नेपाल आएका गिल्स एम क्यारियरले सो पर्स भाइको भएको बताए। प्रहरीले तत्काल निष्कर्ष निकाल्यो– कोन्नी र लरेन्ट एउटै योजनामा पो मारिएछन्!
लगत्तै गोर्खा ट्राभल्सको बा अ ५००१ नम्बरको कारमा फेला परेको नीलो रङको पाइन्ट लरेन्टकै रहेछ। तथ्यअनुसार पुस ४ गतेदेखि सोल्टीमा बस्ने विदेशीले सो गाडी भाडामा लिएका थिए। अनुसन्धानमा लरेन्ट बैंकक गएको देखिए पनि अनुसन्धानकर्ता उनको पासपोर्ट दुरुपयोग भएको निष्कर्षमा पुगे।
विमानस्थलको रेकर्डमा उनी जुन मितिमा बैंकक गएका थिए तर त्यसअघि नै मारिइसकेका थिए। अनुसन्धाकर्तालाई अल्मल्याउन हत्याका योजनाकारले उनको पासपोर्टमा आफ्नो फोटो टाँसेर किर्ते हस्ताक्षर गरी बैंकक गएको र भोलिपल्ट नै फर्किएको थप अनुसन्धानले देखायो।
यी सबै प्रकरणमा जोडिए, उही सिरियल किलर उर्फ विकिनी किलर चार्ल्स गुरुमुख शोभराज र भारतीय नागरिक अजय चौधरी।
चार्ल्सले 'लरेन्ट धुलिखेलतर्फ गएको छ भेट्न जाऊँ' भन्ने निहुँ बनाएर कोन्नीलाई बोलाई हत्या गरेर मनोहरामा फालेको र कोन्नीको हत्याअगाडि उस्तै प्रकृतिले लरेन्ट मारिएको अनुसन्धानकर्ता निष्कर्षमा पुगे। लरेन्ट हत्याको एक दिनपछि उनको पासपोर्टमा चार्ल्सले आफ्नो फोटो टाँसी चौधरीसँग बैंकक गई भोलिपल्टै काठमाडौं फर्किएको विमानस्थलको रेकर्डले खुलायो।
...
२०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेल्दाखेल्दै महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीले एक फ्रान्सेली नागरिकलाई पक्राउ गर्योे, ती थिए उही चार्ल्स। उनले डकुमेन्ट्री बनाउन र हस्तकला व्यापार गर्न पहिलोपटक नेपाल आएको दाबी गरे। उनी भदौ १५ मा नेपाल आएका थिए। प्रहरी विश्वस्त थियो; ती उनै चार्ल्स हुन्, जो विदेशी नागरिक हत्या अभियोगमा फरार अभियुक्त। उनी हनुमानढोकाको हिरासतकक्षमा पुगे।
तर, उनी गलेनन्। घटनाबारे केही थाहा नभएको तर्क गर्दैरहे, 'म पहिलोपटक नेपाल आएको हुँ,' उनले दोहोर्याटए, 'कोन्नी र लरेन्ट चिन्दिनँ, नचिनेकोलाई कसरी मार्नु!'
प्रत्यक्ष प्रमाणको अभाव थियो। उनी यसअगाडि नेपाल आएको प्रमाण उही होटल मल्ल र सोल्टीमा बस्दा भरेको गेस्ट कार्डमात्रै थियो। कार्डमा लेखिएको अक्षर र चार्ल्सको अक्षरको परीक्षणमा लगभग मिलेको प्रतिवेदन आयो। बैंकक जाँदा विमानस्थलमा भएको लरेन्टको किर्ते हस्ताक्षरको अक्षर प्रकृति पनि मेल खायो। परीक्षणमा सोल्टी ओबरायको गेस्ट रजिष्ट्रेसन कार्डको हस्ताक्षर, चार्ल्स २०६० मा नेपाल आउँदाको राहदानीमा भएको हस्ताक्षरमा समानता देखियो। अनि सुरु भयो अमेरिकी नागरिक कोन्नी हत्या मुद्दा प्रक्रिया।
हेनरिकस विन्ताजाको नामबाट सोल्टी ओबरायमा बस्ने व्यक्ति उनै चार्ल्स भएको पुष्टि गर्दै काठमाडौं जिल्ला अदालतले कोन्नीको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो।
तैपनि चार्ल्स के गल्थे। जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै पुनरावेदनबाट सर्वोच्चसम्म पुगे। तर, उनको केही चलेन। जिल्ला अदालतकै फैसलाअनुसार उनी कोन्नीको हत्यामा १० वर्षदेखि केन्द्रीय कारागारमा छन्।
...
लरेन्ट हत्याको कारण, प्रकृति र समय एकै प्रकृतिको छ। चार्ल्सले कोन्नी र लरेन्ट धुलिखेलमा भएकाले भेट्न जाऊँ भन्दै लगेर हत्या गरेको तथ्यले नै पुष्टि गर्छ। तैपनि लरेन्टको मुद्दा किनारा लाग्ने संकेत छैन।
जुन आधारमा चार्ल्स क्रोनी हत्या र जाली राहदानीमा दोषी ठहरिएका छन्, लरेन्ट हत्याका प्रमाण पनि त्योभन्दा फरक नभएकाले प्रहरीले चाहे तत्काल पुरक अनुसन्धान प्रतिवेदन बनाउन सक्ने अदालतका अधिकारीको ठम्याइ छ।
भक्तपुर परिसरका प्रमुख दिलीप चौधरी 'अझै अध्ययनमै रहेको' बताउँछन्। उनले भने, 'मुद्दा चलाउँछौं, तर अहिले अध्ययनकै क्रममा छ।'
अदालतका अधिकारी भने प्रहरीको जारी अध्ययनलाई बहानामात्रै बताउँछन्। परिस्थितिजन्य प्रमाणको आधारमा क्रोनीको हत्यामा चार्ल्सको संलग्नता अदालतबाट पुष्टि भइसकेको छ। लरेन्टको हत्या पुष्टिका लागि त्योभन्दा भिन्न प्रमाणको सम्भावना छैन।
गाडीचोरदेखि सिरियल किलरसम्म
सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका चार्ल्स शोभराज नै अहिलेका विकिनी किलर चार्ल्स शोभराज हुन्। उनको पूरा परिचय चार्ल्स शोभराज गुरुमुख भए पनि उनी विकिनी किलरका रूपमा बढी परिचित छन्।
भारतीय बाबु र भियतनामी आमाका सन्तान चार्ल्स आमाको संरक्षणमा हुर्किए। उनी सानै हुँदा बाबु स्वदेश फर्किए। एक फ्रान्सेली नागरिकलाई आमाको ब्वाईफ्रेन्डको रूपमा पाएपछि चार्ल्स भियतनामी, भारतीय र फ्रान्सेली नागरिक कहलिए।
किशोरावस्थाबाटै अपराधमा प्रवेश गरेका चार्ल्स सन् १९६३ मा चोरीको आरोपमा पहिलोपटक जेल परेपछि अपराध शृंखला सुरु भयो। उनी चोरी र डकैतीको अभियोगमा पक्राउ परिरहन्थे। सन् १९७५ मा टेरेसा नोल्टनको हत्याको अभियोगमा उनी पक्राउ परे। हेनरिकस विन्ताजाको नाममा हल्यान्डबाट जारी एस ४८६९२० नम्बरको राहदानीमा आफ्नो तस्बिर राखेर उनी पहिलोपटक बैंककबाट नेपाल भित्रिएका थिए। पछि चार्ल्सले उनी र उनकी प्रेमिकाको हत्या गरेको खुल्यो।
थुप्रै देशमा हत्या अभियोग लागेका उनलाई भारतमा १२ वर्Èको जेल सजाय सुनाइएको थियो। रिहा हुन दुई वर्È बा“की छ“दा मार्च १९८६ मा भारतको सबैभन्दा बलियो मानिने तिहाड जेलबाटै फरार भए। भारत सरकारले थाइल्यान्ड सरकारलाई सुपुर्दगी गर्नसक्ने आशंकाले उनी जेलबाट भागेका थिए। केही दिनमै गोवाको एक रेस्टुरेन्टबाट पक्राउ परे।
सन् १९९७ फेबु्रअरी १७ मा चार्ल्स भारतीय जेलबाट रिहा भए। भारतले उनलाई फ्रान्स पठायो। त्यहाँ उनी सेलिब्रिटीझैं भए। उनको विलासी जीवन सुरु भयो। अन्तर्वार्ता, कथाका लागि मनग्गे रकम पाउन थाले।
धेरै देशमा उनले गरेका अपराधको प्रमाण नष्ट भइसकेका थिए। नेपालमा आफूविरुद्ध प्रमाण छ भन्ने उनले पत्तै पाएनन्। उनी निर्धक्क २०६० मा नेपाल आए। सञ्चारकर्मीको आँखामा उनी समाचारको विषय बने। दि हिमालयन टाइम्सले तस्बिरसहितको समाचार प्रकाशित गरेपछि प्रहरीले उनलाई पक्राउ गर्योम।
पक्राउपछि पनि उनले निकै तिकडम गरे। नातिनी उमेरकी निहिता विश्वाससँग जेलभित्रै विवाह गरेको तस्बिर सार्वजनिक भयो। नेपाली युवती निहिताको उपयोग गरेर नेपाली सञ्चारमाध्यममा छाइरहे। सर्वोच्च अदालतमा मुद्दाको पुनरावलोकन हुँदा सफाइ पाइहालिन्छ कि भन्ने आशामा रहेका उनी, श्रीमती निहिता र सासु शकुन्तला थापा निराश भए।
सर्वस्वसहित जन्मकैद गर्ने काठमाडौं जिल्ला अदालतको फैसलालाई सर्वोच्चले सदर गरेपछि आक्रोशित निहिता र उनकी आमाले 'पैसाको बलमा आदेश आयो' भन्नाले उनीहरू समेत केही दिन जेलमा बस्न पुगे। प्रारम्भमा आमसञ्चारको अध्ययनमा रुचि भएको बताउने निहिताको सञ्चार–मोह कानुनसँग चार्ल्सको पराजयसँगै सायद भंग भयो क्यारे। उनी अहिले नेपाल ल क्याम्पसमा कानुन सिकिरहेकी छिन्।
तर, कारागारमा रहेका चार्ल्सको नाटक अझै सकिएको छैन। कहिले भित्रै ज्यान जोखिममा रहेको त कहिले कैदीले कुटेको उनको नाटक जारी छ। कतै भारतको तिहाड जेलबाट उम्किएझैं उनी केन्द्रीय कारागारबाट उम्किने त होइनन्! अहँ, परिस्थितिजन्य प्रमाणले सम्भव देखाउँदैन। भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
टंक चौलागाई
“संविधान बन्दैन । संविधान बन्दैन । ……..का छोराहरुले संविधान बनाउँदैनन् । भारतले संविधान बनाउन दिँदैन । चीनले संविधान बनाउन दिँदैन । अमि्रकाले संविधान बनाउन दिँदैन । ज्ञानेले संविधान बनाउन दिँदैन । ए भाते हो ! नबनाओ संविधान ।” साइको कराइरहेको थियो । मान्छेहरुले उसलाई हेरे, सुने, गए । कोहीले अगाडि पुगेपछि आँखा छोपे, कान थुने । मैले सुनेँ । साइको त्यहाँ ६०१ सभासद्को श्राद्ध गर्दै थियो ।
जडीबुटीदेखि यता आउन मन लाग्दैन । गाउँ सम्भ\mयो कि दिक्क लाग्थ्यो । धेरैजसो पुरानो बानेश्वर नै बस्थेँ । जया आउँथी ।
“उता बस्न मन नभए बुबा-ममीलाई यतै ल्याऊ । उहाँहरुलाई एक्लै छोड्नु हुन्न ।” जया मेरो अँगालोमा बेरिएर भन्थी ।
कहिलेकाहीँ बाउआमाको लागि यता आउँथे । एक दिन बेलैमा आएँ । कमजोर भएका बाउआमालाई मासु खुवाउन मन लाग्यो । एक किलो खसीको मासु ल्याएँ । भाग लगाएको मासुमा हड्डी बढी हुन्थ्योे । त्यसैले कसाहीकोबाट फलमासु-फलमासु छानेर ल्याएँ । मासु ल्याएको दिन बाउ पकाउन अघि सर्थे । त्यसदिन सरेनन् । सकी-नसकी आमाले नै काम गरिन् । मासु पकाइन् । मीठो बास्ना चल्यो । बाउ मासु भनेपछि हुरूक्क हुन्थे । त्यसदिन भएनन् ।
“अब बिहे गर् । त्यही नखरमउली भे पनि लेर आ । मन परेको भे हाम्ले के भनौँ । हाम्रा लागि हैन तेरै भविष्यको लागि हो ।” बाउ सुस्तरी बोले । बाउले रक्सी खाएका थिएनन् । म बोलिनँ ।
“राम्री छे । यत्रो काल हाम्रो कुरा नसुनी-नसुनी कटाइस् । त्यो नहुनी भे, एउटी खोजेर बिहेे गर्दिन्छौँ । तयार हो ।” आमा बोलिन् कम, रोइन् बढी । कति रून सक्छिन् आमा । आँसु सबै जम्मा गरेर राख्या भए बाटा भरिन्थ्यो होला !
“यो बारेमा अब हामी धेरै कुरा गर्न सक्दैनौँ । खुरूक्क भनेको मानेर बिहेे गर् । त्यति गर्दिएपछि हाम्रो कर्तव्य सकियो । …तेरो जीवन हो गरेर खाए खा, नभए हामी के भनम् ।” बाउ साह्रै दुःखी थिए । मसँग कुनै कुराको जवाफ थिएन । बिहे किन गर्नु पर्यो ? सुत्न ? कि छोराछोरी जन्माउन ?
बाउआमाले खालान् भनेर मासु ल्याएको । उनीहरुले चाखे मात्रै । सबै आफैँले खानु पर्यो । कुकुर र मैले भएर बल्लबल्ल सक्यौँ । बाउआमा सारै कमजोर भए ।
घरमै थिएँ । लब्ली आयो । जया काममा गइसकेकी थिई । उसले राम्रो माल लिएर आएको रहेछ । भर्यो । मजाले तान्याँैँ ।
“दा, नै स्वास्नीले पठाउँछे भन्या,म त फेरि रिहृयाबमा जानुपर्ला जस्तो छ । के गर्ने दा, आ ला…, म रिहृयाबमा बसेको तीन पटक हुन्छ दा । जाऊ-जाऊ भन्दै छे । अब कहिले पठाउँछे हेरौँ । रबिन छत्रे दाको एउटा काम गर्नु छ, त्यसपछि जानुपर्ला ।” लब्ली धुवाँ उडाउँदै थियो । बोल्दै थियो । एक्लै बोलेको हो कि मसँग बोलेको हो Û
“त्यहाँ बस्दाचाहिँ दाम्स हुन्छ हैन दा । माल नखाउ नखाऊँ लाग्छ हैन दा । बाहिर आएपछि फेरि उस्तै हो । …बूढीले अबचाहिँ निकाल्दिन भनेकी छे । भेट नहुन पनि सक्छ दा ।” ऊमात्रै बोलिरहृयो ।
लामै कुरा भयो । लब्लीसँग बस्दा समय कटेको पत्तै हुँदैन । दिउँसो जया आई । खाजा ल्याई । यो बीचमा धेरै पटक फोनमा कुरा भइसकेको थियो । लब्ली बाहिर निस्कियो ।
आमाले फोन गरिन् । आएँ । यता । उता । कता-कता ।
“हाम्रा खलकलाई फलाम फाप्दैन भन्या थिएँ मानेनौ । हाम्रा खलक फलामले कोही उँभो लागेको देख्या छौ ?” आमा पीरले सुकिन् । बाउ रोगी, त्यसमाथि रक्सीले सुके ।
माइक्रो बनाएर चलाउनुभन्दा त्यसै छोड्न फाइदा देखियो । पीर मानेर के गर्ने ? त्यसको कुनै अर्थ थिएन । बैंकमा भएको अलिअलि पैसा सकियो । बेलुका घर जाँदा केही लिएर जान्थे । नभए बाउआमा भोकै ।
काकाले घरजग्गाको मुद्दा उठाए । मान्छेको कमजोरी हेर्ने चारगाउँको चलन नै हो । काकाले हाम्रो परिवारको कमजोरीको फाइदा उठाउन खोजेका हुन् ।
बाउ बिरामी भए । यो पटक बाउलाई अस्पतालमै भर्ना गर्नुपर्यो । डाक्टरले चेतावनी दिइसकेको थियो । बाउका आँखा खोपिल्टाभित्र पसिसके । आएका मान्छेहरु चिन्न छोडे । डाक्टरले सिकाए, अराए जति सबै गरेँ । बिचरा लब्लीले खुब सहयोग गर्यो । जयाले धोको पुर्याएर मेरो बाउको सेवा गरी ।
“छोरीको मुख देख्न मन थ्यो । फुन गर्दे… ।” बाउले आँखाले इसारा गरे । उनको जिउले सलाइन पानी तान्न छोडयो । आमा दिनभरि रोइरहन्थिन् ।
“बहिनीको नम्बर भए म फोन गर्दिन्छु दा ।” लब्ली औषधी ख्वाउँदै थियो । उसले भन्यो ।
“बाउआमा उसले सम्भिmनुपर्ने हो ।” मलाई त्यसलाई फोन गर्न मन थिएन ।
“म यहाँ बस्दिन । आँगनमा राखेर मेरो वैतणर्ी गर्दयाओ ।” बा फुस्फुसाए । सास रहन्जेल आश । अस्पतालमै राखेँ ।
लब्लीले अलि बढी नै जिद्दी गर्यो । बहिनीसँग कुरा गराइदिउ“m कि जस्तो लागेको हो । त्यसको नम्बर मसँग थिएन । सेतो कागजको टुक्रोमा लेखेको नम्बर भए बाउले राखेका होलान् कि कतै पोको पारेर ।
बाउको अवस्था अन्तिम भइसकेकै हो । भोलिपल्ट आमा पनि अस्पताल आइन् । बाउको खल्तीमा रहेछ नम्बर । दिए । पोहोर मैले नै लेखिदिएको हुँ ।
रिचार्ज कार्डका लागि लब्लीलाई पैसा दिएँ । उसकै मोबाइलबाट गरोस् । के मतलब मलाई । लब्लीले दुईर् सयको रिचार्ज गर्यो । बाउले दुई सयभन्दा बढीको कुरा गर्लान् जस्तो लागेन ।
“पाँच सय स्वाहा हुँदो रहेछ, एकपटक छोरीसँग फुनमा बोल्दा ।” पोहोर दसैँमा बहिनीसँग कुरा गरेपछि बाउले भनेको कुरा सम्भिmएँ ।
“हलो । म विदुर दाको भाइ हो । हजुरको बुबा अस्पतालमा हुनुहुन्छ । हजुरसँग कुरा गर्ने भनिस्या छ । कुरा गरिस्यो है ।” लब्लीले फोन बाउको कानमा लगाई दियो । बाउले हात कमाउँदै फोन समाए । आमा बाउको नजिकै बेडमा बसिन् । छोरीको बोली सुनिएलाझैँ गरेर । बाउले चिम्रा आँखा खोले । देखेनन् । फेरेको सासले नाक बज्यो ।
छोरीको बोली सुनिरहे । खै के बोली उसले त्यसरी सुन्नुपर्ने । बाउले बोल्न खोजे, बोली निस्किएन । बाउका चिम्रा आँखाका कुना-कुनाबाट आँसु बग्यो । तप्प सिरानमा झर्यो । आमा पनि नरोइ बस्न सकिनन् ।
“तेरो मुख हेर्न मन थियो । आउँछेस् कि छोरी ।” बाउले सासको भरमा बोले । बहिनीले के बोली खै ? आमाको रूवाइ बढयो । उसले के-के भनी एकछिनसम्म बाउले सुनिरहे ।
“तेरो मुख देख्न पाए सजिलै सास जान्थ्यो छोरी ।” बाउको बोलीभन्दा सास फेरेको प्रस्ट सुनिन्थ्यो । एकछिन कुरा सुने । फोन समाएको बाउको हात बेडमा झर्यो । आमाले फोन समाइन् ।
“बाउ बाँच्दैनन् । बाउको मुख हेर्नुछ भने आइज ।” आमाको आवाजमा रूवाइ बढी निस्कियो ।
“कस्तो नमिल्नु हो आप\mना बाउ मर्न लाग्या छन् भन्दा ।” आमा फेरि फोनमा रोइन् । केहीबेरसम्म रोइरहिन् ।
बाउआमाको आँसुले मेरो मन पनि नराम्ररी कुँडियो । रोऊँरोऊँ भएर पनि रोकेँ ।
फोन काटियो । पैसा सकिएछ । लब्ली र मैले मिलेर आमालाई सम्झायौँ ।
बाउको प्राण अघि नै गइसकेको रहेछ ! बेडमै अररो भए । त्यही दिनदेखि बाउले सास फेर्न छोडे । रोक्दारोक्दै पनि आँसु झर्यो । मरेपछि माया लागेर के गर्नु ?
अस्पतालको बेडमै बाउ मरे । काकाबाउ ? आए ! बाउ मरेपछि आए । बाउ जिउँदो भइन्जेल कुकुर र बिरालो जस्तो भए । लास बोक्ने मान्छे कोही नहोलान् भनेर बाउ पीर मान्थे । बाउको लास बोक्नै परेन । “लास घरबाट उठाउनुपर्छ ।” मान्छेहरुले भने । भन्नेमा काकाबाउ पहिलो थिए । मन लागेन । आमा पनि घरमा ल्या, भन्थिन् । एम्बुलेन्सले घाटमा पुर्याइदियो । थाहा पाएका चारगाउँले मलामी आए । शिवम् काका अस्पतालदेखि नै साथ थिए ।कर्मकान्ड केही गर्न मन थिएन । पोल्यो । सकियो । बाँचिन्जेल खुसी राख्न सकिनँ । मरेपछि केको टन्टन् । आमाले मानिनन् ।
किरियापुत्री बस्ने भनेर भित्र ठाउँ बनाए । एक कुनो, कोठा जस्तै बारेको थियो । एकतिर मलाई, अर्कातिर आमालाई बस्ने ठाउँ बनाए । प्रेमकी आमाले खुब सहयोग गरिन् । जया पनि आई । घरको सदस्य जस्तै बनेर बसी ।
बाहुनले जे-जे अरायो त्यही गरेँ । बाहुनलाई सिकाउने गाउँले थिए । काका बिहानै गाईको दूधको बाल्टिन ढोकामा राखेर जान्थे । डालो बोक्ने बेलामा आइपुग्थे ।
राति कुर्न भाइ पनि आयो । आयो तर हामी कसैसँग दोहोरो कुरा भएन । भाइले पनि विद्युत् प्राधिकरणमा जागिर खाएछ ।
“प्रभुले सबैलाई एकदिन लान्छन्, लान्छन् । हामी सबै ईश्वरको खटन खाएर बसेका हौ, है । भगवान् शिवको अगाडि कोही अछुतो रहन सक्दैन । हामी सबैलाई एकदिन जानुछ, जानुछ ।” शिवम् काकाले सम्झाए । आमाको मन अलि बुझ्यो कि ? राति कुरूवा बसेकाहरु कुरा गर्थे ।
लब्लीले घरको सबै काम गर्यो । ऊ तेह्र दिन नै बस्यो । प्रेम पनि आइरहृयो । केही काम थिएन । चिन्ताले दुब्लायो । खुब लेख्न थालेको थियो । “कविताको किताब निकाल्न पाए हुन्थ्यो ।” कुर्न बस्दा राति कुरा गर्यो । ऊ मलाई सान्त्वना दिन्थ्यो । गाउँका साथी कोही आए, कोही आएनन् ।
“सेतो लुगा लगा, लाउनुपर्छ । लगा ।” आमाले भनिन् । काकाले पनि भने । अरुले पनि भने । आमाले सेतै लुगा लगाउने भइन् ।
“लाउँदिनँ । देखावटी गर्नु छैन ।” जित मेरै भयो । काम सकियो । बाउको शरीर हरायो । तर बाउ घरका कुनाकानीबाट हराएनन् । बाउको इस्टकोट झुन्डयाउने किलामा धेरै दिनसम्म आँखा गइरहृयो । भगवान ! किलामा स्टकोट झुन्डिए हुन्थ्यो ।
यत्रो दिनमा काकाबाउले जम्मा दुईवटा कुरा बोले ‘लास घरबाट उठाउनु पर्छ,’ र ‘सेता लुगा लगा,’ अरु केही बोलेनन् । जबरजस्ती पनि गरेनन् ।
“सकेर गयो ।” गाउँलेले मरेका बाउको कुरा काटे । सेता लुगा लगाएर आमा आँगनमा घुमिरहन्थिन् ।
खै किन हो, मलाई दिक्क लाग्थ्यो । मलाई यता टेक्नै मन लागेन । कहिलेकाहीँ मात्रै आउँथे । यता आमा एक्लै हुन्थिन् । “कस्तो पापी ! बूढी आमालाई एक्लै छोड्न सक्ने ।” कुरा काट्न थाले । अरुको कुरा नगरे गाउँलेलाई खाएकै पच्दैन । अरुको कुरा किन गर्नुपर्ने होला ? राम्रो भए पनि कुरै गर्नुपर्ने ! नराम्रो भए पनि कुरै गर्नुपर्ने !
शिवम् काकाले गाडी किने । बाटामा भेटिरहन्थेँ । चलाउने ड्राइभर राखेका थिए ।
मन लागे गाडि चलाउँथे । मन नलागे चलाउन्नथेँ । बास धेरैजसो ग्यारेजमा हुन्थ्योे । बाँकी एयरपोर्टको गेट, डोमेस्टिक, इन्टरनेसलमा टुरिस्ट कुर्थें । कुर्नु नै काम थियो । मन लागे कुर्थें । मन नलागे कुर्दिनथेँ । विदेश जाने केटाकेटीहरुको लाइन थियो । तिनीहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँथे । विदेश जानेहरु अबिरमाला लगाएर छुट्टिन्थे । पैसा कमाउन गएका होलान् । पढ्न गएका होलान् ।
टिप आए बोक्थेँ । नआए छेउतिर लागेर माल तान्थेँ । नभए गितार बजाएर बस्थेँ । जे मन लाग्यो त्यही गर्थे । कहिले केटाहरुसँग माल लिन गल्छी पुग्थेँ ।
दिउँसो गाडी चलाउँदै थिएँ । आमाले फोन गरिन् । कुरा सुनेर अत्तालिएँ । आमासँग कुरा गरिसक्दा गाउँ छिरिसकेँ । आफ्नै टोलमा पुगेँ । बाटैदेखि मान्छेहरु लाम लागेका थिए । ठूलै हल्लाखल्ला थियो । गाउँलेले तन्नामा पारेको पोको बाटोतिर ल्याए । सबै पछि लागेका थिए । मान्छेको लर्को थियो । चोकमा साइको चिच्याइरहेको थियो ।
“गाडी लिएर आको होस् ?” शिवम् काकाले सोधे । मैले उत्तर दिन पाइनँ । गाडी देखाएँ । सबै हतारहतारमा पोको गाडीमा हाल्न हतारिए । पोकोमा को थियो ? पोको पछाडि हाले । तीनजना बसे । मैले गाडी कुदाएँ ।
“केएमसी ।”
“बी एन्ड बी ।” पछाडिबाट हल्ला आइरहेको थियो । म सकेसम्म गाडी कुदाइरहेको थिएँ ।
“सास छ है ।” पछाडि आत्तिएको आवाज थियो ।
“यसलाई विष खानुपर्ने के पर्यो त्यस्तो ?” कुमार दाइ अगाडि थियो । उसले भन्यो । विष कस्ले खायो ? हेर्न तन्किएँ । तिनैजनाले छोपेका थिए ।
बचाउनु थियो । किन विष खायो ? कोटेश्वरबाट सातदोबाटोतिर लागेँ । पोको भित्र चिच्यायो । सुनेको आवाज । कुमार दाइ पछाडि तन्के । मैले लुकिङ ग्लासमा हेरेँ । तैपनि देखिानँ । को हो ? पिलु थियो । गाउँमा जसले विष खाए पनि पिलु अगाडि सथ्र्यो ।
“गयो गयो ।” पछाडिबाट आवाज आयो । आवाज पिलुको हो । पिलुले भनेपछि कुरो सकियो । विष खाएको मान्छेलाई बचाउने आइडिया सिकेको थियो ।
“छाँदेपछि छोड्छ ।” कुमार पछाडि तन्कियो ।
“हैन सेलायो, चिसो भयो ।” पछाडिबाट पिलुको आवाज आयो । ग्लासमा हेर्दै थिएँ । ग्वार्काे पुगेँ । कस्तो जाम होला । इमरजेन्सी बत्ती बालेको थिएँ । तैपनि कसैले बाटो दिने हैनन् ।
सबैले आश मारे । मैले आश मारिनँ । बीएन्डबी पुर्याएँ । इमर्जेन्सी वार्डमा पुर्यायौँ ।
प्रेम Û मैले अस्पतालको भित्तो समाएँ । एकपटक अस्पताल पुरै नाच्यो । म नाचेँ कि अस्पताल ?
प्रेम बाँचेन । मर्यो । मेरो होस हरायो । प्रेम के कारणले मर्यो ? कारण खुल्नै सकेन । “काम नपाएर” भने भन्नेले । मेरो मन मान्दै मानेन । चारगाउँ नै शोकमा डुब्यो ।
लौन Û मलाई कसैले समाओ ।
यत्रो चारगाउँलेले मानेको मान्छे किन मरेको होला ? चारगाउँका साथी सकिए भने पनि भयो ।
चारगाउँका बूढोहरुले भनेः जागिर नपाएर प्रेम मर्यो ।
»
काँठमती ढलमती भइसक्यो । सहरबाहिरका मान्छेको दिसापिसाब बगाएर सहरभित्र पुर्याउँथ्यो ।
एक दिन आमालाई लिन आएँ । “बाउ यहीँ गए, म पनि यहीँ मर्छु । बूढेसकालमा यता न उताको नबना ।” आमा पीरले रातभरि रोइन् । आमाको कुरा ठीक हो । आफूलाई त्यहाँ टेक्नै मन थिएन । एक्लै कसरी छोड्नु ? मैले उनको कुरै सुनिनँ । यहाँ के गर्ने ? कस्ले हेर्ने ? रातभरि रोएपछि आमा बोल्न छोडिन् । “यसो नगर ।” भन्ने कोही थिएन ।
“जे गर्छस् गर् ।” उनले भनिन् । बोलेर लाग्ने भए बोल्थिन् होला । सबै कुरा सकिएको थियो । किन बस्नु ? हिँड्ने बेलामा आमाले एकपटक घरपट्टि र्फकेर हेरिन् । आँसु झारिन् । पछयौराले मुख छोपिन् ।
आमालाई ल्याएपछि जया खुसी भई ।
दिग्दार लाग्यो । “तैँले औषधी किन नखाको, भन् त ? मैले ल्याइदिउ“m भने जानेकी छैन ।” आमाले सोधिन् । थुप्रै समय भयो औषधी नखाएको । औषधीले असरै गर्न छोड्यो । के खानु ?
काम गर्न छोडेँ । मन मर्यो । किन गर्ने काम ? दिनभरि ग्यारेजमा बस्थेँ । बेलुका घर जाँदा आमा कराउँथिन् । दिनभरि कोठामा बस्नेहरुसँग कुरा गर्दी हुन् । वल्लो घरमा उनलाई साथी हुने आइमाई थिइ । आमा आएपछि जयालाई आउन बन्देज लगाएँ ।
“बाउ मर्दा नि आइन, बहिनीलाई देख्न मन लाग्याथ्यो ।” आमा यो कुरालाई लिएर कराउन थालिन् ।
“उतै बिहे गरी रे ।” हल्ला चलिसकेको थियो । बिहेे नै गरे पनि बाउआमालाई किन बिर्सिनुपथ्र्यो ?
“फोन गर्नुपर्ने त्यसले हो, हामीले हैन ।” मैले यति भनेपछि आमा चुप लागिन् ।
मैले ठीक गरेँ कि बेठीक गरेँ । त्यसको हिसाब राखिनँ । दिक्क भएको थिएँ । मलाई जे गर्दा आनन्द भयो । त्यही गरेँ ।
गणतान्त्रिक प्रदेश !
टोल नं. ९, टोल नं. ५, टोल नं. ७, टोल नं. ८ र तल्लो गाउँलाई गणतान्त्रिक प्रदेश बनाएछन् । जे बनाए पनि यत्रैसित्ती !
(चौलागाईंको हालै सार्वजनिक उपन्यास काठमाडौं गीतबाट)<

मान्छेले कतिधेरै तल्लो तहमा ओर्लिन सकेको भन्या ? यौनमा पागल भएपछि मान्छेले जस्तोसुकै घृणित काम गर्न र राक्षसी स्वरुप देखाउन पनि पछि पर्दोरहेनछ भन्ने कुराको उदाहरण अमेरिकाका एक व्यक्तिले पेश गरेका छन् । अमेरिकाको ह्यामिल्टन काउन्टीमा बस्ने ५५ वर्षका एक पुरुषले मृत्यु भएका महिलाका लासलाई बलात्कार गर्ने गरेको खुलासा भएपछि उनलाई धेरैले राक्षसको उपाधि दिए । क्याथ डगलस नामका ती पुरुषले १ सय भन्दा धेरै महिलाका शवसँग सम्भोग गर्ने विभत्स काम गरेको खुलासा भएको हो ।
शवगृहका कर्मचारी समेत रहेका डगलस शवगृहमा रातको समयमा नोकरी गर्थे र यौनको तिर्खा मेट्न छानी छानी सुन्दरी मृतक महिलाहरुको शव खोजेर शवसँग सम्भोग गर्थे । यी यौन पिपासु १६ वर्षकी युवतीको शवलाई बलात्कार गरेको आरोपमा जेलमा परेपछि उनको अपराधको खुलासा भएको हो । उनले एक १९ वर्षे युवतीको शवलाई निकै धेरैपटक बलात्कार गरेको पनि खुलासा भएको छ । उनले ६ महिनाकी गर्भवती रहेकी एक मृत महिला तथा पोष्टमार्टका लागि ल्याइएकी अर्की महिलाको शवसँग समेत सम्भोग गरेको खुलेको छ ।
महिलाका शवलाई बलात्कार गरेको अभियोगमा थुनामा परेपछि उनको डि एन ए परीक्षण गरियो । उनले बलात्कार गरेका भनिएका शवको पनि परीक्षण गरियो । परीक्षणबाट उनले महिलाका शवलाई बलात्कार गर्ने गरेको पुष्टि भयो ।
source:onlinekhabar
आम मान्यता के छ भने नारीको हृदय कोमल हुन्छ, मन सफा हुन्छ, मायालु हुन्छ अनि हिंश्रकपनबाट अलग हुन्छ । तर यो नियम सबैमा लागु हुँदो रहेनछ । यो संसारमा केही त्यस्ता नारी पात्रहरु थिए र छन् जसले साक्षात् रौद्ररुप देखाउन पछि परेनन् र पर्दैनन् । उनीहरुका करतूत सुन्दा पनि आङ नै सिरिंग हुन्छ । हामीले यहाँ केही त्यस्ता श्रीमतीको रुप धारण गरेका नारी पात्रहरुको बारेमा चर्चा गर्दैछौँ जसले यस्तो क्रुरता देखाए की मानवता भन्ने कुरा नै लज्जित हुनपुग्यो ।
१. अस्ट्रेलियाली महिला क्याथरिन नाइटले सन् २००० मा आफ्ना पतिको हत्या गरी उसको मासु छोराछोरीलाई खान दिएकी थिइन् । पति जोन चार्ल्स थोमस प्राइस लाई चक्कुले ३७ पटक आक्रमण गरी मारेर उसको सरीरको छाला काढेर भान्साकोठामा लगेर टाँगिन् । श्रीमानको टाउकाको मासु काटेर तरकारी समेत मिसाएर पकाइन् र बच्चाहरुलाई खान दिइन् । तर यस्तो क्रुरता पर््रदर्शन गर्ने ती महिलालाई प्रहरीले पक्राउ गर्न सफल भयो । उनले आजिवन कारावासको सजाय पाइन् । उनी अस्टेलियामा आजिवन कारावासको सजाय पाउने पहिलो महिला हुन् ।
२. अमेरिकाको न्युयोर्ककी स्टेसी कार्टरले आफ्ना दुइवटै श्रीमानको हत्या गरिन् । पहिलो लोग्नेको सन् २००० मा हत्या गरेपछि अर्को बिहे गरेकी उनले सन् २००५ मा दोश्रो लोग्नेको पनि हत्या गरेकी थिइन् । उनले आफ्नो लोग्नेको हत्याको दोष आफ्नै छोरीमाथि समेत लगाउने प्रयास गरिन् । तर अन्ततः उनको अपराधको पर्दाफास भएरै छाड▒े । उनको हत्याको अभियोगमा २५ वर्षो सजाय पाएकी छिन् ।
३. प्राचिन राज्य रोममा इशापर्ूव ३८ मा बादशाह क्लाउडियसको राज्य थियो । उनकी तेश्री श्रीमतीको नाम भेलेरिया थियो । उनी आफ्नो यौन चर्तिकलाका कारण कुख्यात थिइन् । उनले आफ्ना कर्मचारीसँग रक्सी पिएर मोजमस्ती गर्थिन् । उनी जेठी रानीको मृत्यु भएपछि महारानी पनि भइन् तर रातमा राजासँग सुत्न छाडेर वेश्यालय चहार्थिन् । उनले एकपटक आयोजना भएको सेक्स प्रतियोगितामा २४ घण्टाभित्र २५ जना पुरुषसँग सम्भोग गरेर किर्तिमान पनि बनाइन् । ती वेश्या रानीले आफ्नो एक नाठोसँग मिलेर राजाको हत्या गर्ने षडयन्त्र पनि बुनेकी थिइन् तर उक्त षडयन्त्रको बारेमा राजाले थाहा पाएपछि नाठोको हत्या गरियो र वेश्या रानीलाई आत्महत्या गर्न आदेश दिइयो ।
४. रुसकी काटया खतितोभनोभाले आफ्नो लोग्नेको लिंग नै काटिदिइन् । श्रीमान अर्कै केटीसँग सम्भोग गरिरहेको अवस्थामा फेला परेपछि रिसको झोँकमा काटयाले लोग्नेको लिंग च्वाट्टै पारिदिएकी थिइन् ।
५.अमेरिकी डाक्टर रिचर्ड बाटिस्टाले पत्नी डानेलसँग १९९० मा बिहे गरेका थिए । डानेल मृगौला रोगी भइन् । उनको दुइपटक सम्म गरिएको मृग्ाौला प्रत्यारोपण असफल भयो । बाटिस्टाले आफ्नी पत्नी डानेललाई आफ्नो मृगौला दान गरे । लोग्नेको मृगौला पाएपछि डानेल तन्दुरुस्त भइन् र पढाइ पनि पूरा गरिन्् । तर त्यसपछि उनले गुन भुलिन् र लोग्ने बाटिस्टाबाट टाढा टाढा हुन खोजिन् । अन्ततः उनीहरुबीच सम्बन्ध विच्छेद पनि भयो । स्मरण रहोस् धोकेबाज डानेल विरुद्ध बाटिस्टाले आफ्नो दान गरेको मृगौलाको १५ लाख अमेरिकी डलर क्षतिपर्ूर्ति माग गरेका छन् ।
६. सम्भोगको ख्यालख्यालको खेल खेल्दा खेल्दै टोनी बोर्डर नामका पुरुष आफ्नै श्रीमतीद्धारा झुण्डाएर मारिए । क्यानडामा सन् २००८ मा यस्तो घटना भएको थियो । रातको समयमा सम्भोगकै क्रममा एक अर्कालाई झुण्डाउने खेलबाजी गर्ने क्रममा टोनीले आफ्नी श्रीमती क्रिस्टललाई केही बेर झुण्डाएजस्तो गरे र तल झारे । तर जब क्रिस्टलको पालो आयो उनले श्रीमानलाई साँच्चिकै झुण्डाइन् । १५ मिनेटसम्म झुण्डाएपछि बल्ल उनले लोग्नेलाई तल झारिन् जतिबेला सम्म टोनी लगभग मरिसकेको थियो । केही बेरपछि टोनीको मृत्यु भयो । ती महिला पक्राउ परिन् । उनले सेक्स गेमका बेला दर्ुघटनाबस यस्तो भएको बताएकी छिन् ।
७.अमेरिकाको जर्जियाकी महिलाले एक होइन ५ जना लोग्नेलाई मारिन् । अहिले ७६ वर्षपुगेकी ती महिला नर्थ क्यारोलिनास्थित जेलमा छिन् । ती महिलाले नयाँ नयाँ पुरुषसँग बिहे गर्दै, उनीहरुको हत्या गरेर विमा बापतको रकम कुम्ल्याउने मनसायले त्यस्तो गरेको बताइन्छ ।
८. अस्टेलियाकी एक महिला विकी लिभिंगले एक गोहीका निमित्त आफ्ना लोग्नेसँग डिभोर्स गरिन् । सन् १९९६ देखि पालेको गोहीलाई उनले यति धेरै माया गरिन् की उनी लोग्ने सँग डिभोर्स गर्न तयार भइन् । लोग्नेले कि गोही रोज, कि मलाई रोज भनेर दिएको विकल्पमा उनले गोही रोजिन् र सन् २००५ मा लोग्नेसँग डिभोर्स गरिन् ।
९.साउदी अरेबियामा एक महिलाले लोग्नेले अनुहार देखाउन आग्रह गरेपछि सम्बन्ध विच्छेद गरिन् । विवाह भएको ३० वर्षछि लोग्नेले बर्ुकाभित्र रहेको आफ्नो अनुहार हर्ेर्ने कोसिस गरेपछि ती ५० वर्षी महिलाले लोग्नेलाई तलाक दिएकी हुन् । एक रात सुतेको बेलामा लोग्नेले उनको बर्ुका हटाएर अनुहार हर्ेन थालेको बेला उनी अकस्मात ब्युँझिन् । उनी पति सँग निकै रिसाइन् र तलाक मागिन् । लोग्नेले अब त्यसो नगर्ने भनि लाख बिन्ति गर▒े तर उनले मानिनन् र डिभोर्स भयो ।
काठमाडौं- अमेरिकी मुद्रा डलरको भाउ सोमबार तीनपटक परिवर्तन भएर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ। राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको भाउ ९२ रुपैयाँ ९३ पैसा तोकेको छ। डलरको मूल्य एकै दिन १ रुपैयाँ ३४ पैसाले वढेको हो।
गत बर्षको असार ९ गते डलरको मूल्य अहिलेसम्मकै महँगो ९१ रुपैयाँ ८८ पैसा कायम भएको थियो। त्यसयता डलरको मूल्य क्रमिक रुपमा घट्दै गएको थियो। पछिल्लो एक महिनायता भारतको आयात व्यापार वढ्दै गएर डलरको माग वढ्न थालेपनि नेपाली मुद्रा कमजोर हुन थालेको हो। डलर घटेर ८५ रुपैयाँसम्म झरेको थियो। राष्ट्र बैंकले सोमबारका लागि एक डलरको मूल्य ९१ रुपैयाँ ५९ पैसा तोकेकोमा कार्यालय खुल्ने वित्तिकै वाणिज्य बैंकहरुले यो मूल्यभन्दा ६० पैसा वढाएर कारोबार गरेका थिए।
भारतीय मुद्रा (भारु) को मूल्य घट्ने क्रम तिब्र भएपछि नेपाली बैंकले ९२ रुपैयाँ ५० पैसा हुँदै ९२ रुपैयाँ ९५ पैसासम्म कारोबार गरेका छन्। अमेरिकी डलर वलियो भएसँगै एसियाली बजारका मुद्राहरुमा पनि चाप परेको छ। डलरसँगै अन्य विदेशी मुद्राको मूल्य पनि बढेको छ। कतारी रियाल, मलेसियन रिंगिटलगायत पनि बढेका छन्।
भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) ले मूल्य घटवढमा हस्तक्षेप नगर्ने प्रतिकृया दिएपछि डलर थप वलियो बन्दै गएको हो। वढी आयात हुने तेलमा भारतले डलरबाट भुक्तानी गर्नु पर्ने भएकाले उसको सञ्चिति मुद्रा पनि घट्दै गएको छ। यही बेला भारतीय सुरक्षा सामग्री खरिदका लागि डलरको माग वढेका कारण पनि भारु कमजोर भएको हो।
भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ।
डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। गत आर्थिक वर्ष ३ सय ५९ अर्ब ५५ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो। राष्ट्र बैंकका अनुसार, चालु वर्षको चैतसम्म ३ खर्ब २ अर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ। अहिलेको वृद्धि दर हेर्दा चालु वर्षसम्म रेमिट्यान्स ४ खर्बभन्दा वढी भित्रिने देखिन्छ।
डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ। भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
सबैभन्दा वढी असर पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। कुल आयातको २८ प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ भित्राउन वढी डलर खर्चिनु पर्ने भएकाले भाउ वढ्न सक्छ। निगमले गत वर्ष ९२ अर्ब २५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो। चालु वर्षको फागुनसम्म ६८ अर्ब रुपैयाँको पेट्रोलियम आयात भएको छ।
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।
डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरित्त भार पर्छ। डलर वृद्धिले बजेट घाटा बढ्ने छ। चैतसम्म देशको बजेट घाटा ३ खर्ब ५१ अर्ब ६७ करोड रुपैयाँ पुगिसकेको छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत वढी पैसा तिर्नु पर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।
काठमाडौं- अमेरिकी मुद्रा डलरको भाउ सोमबार
तीनपटक परिवर्तन भएर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ। राष्ट्र
बैंकले मंगलबारका लागि एक डलरको भाउ ९२ रुपैयाँ ९३ पैसा तोकेको छ। डलरको
मूल्य एकै दिन १ रुपैयाँ ३४ पैसाले वढेको हो।
गत
बर्षको असार ९ गते डलरको मूल्य अहिलेसम्मकै महँगो ९१ रुपैयाँ ८८ पैसा कायम
भएको थियो। त्यसयता डलरको मूल्य क्रमिक रुपमा घट्दै गएको थियो। पछिल्लो एक महिनायता भारतको आयात व्यापार वढ्दै गएर डलरको माग वढ्न थालेपनि नेपाली मुद्रा कमजोर हुन थालेको हो। डलर घटेर ८५ रुपैयाँसम्म झरेको थियो। राष्ट्र बैंकले सोमबारका लागि एक डलरको मूल्य ९१ रुपैयाँ ५९ पैसा तोकेकोमा कार्यालय खुल्ने वित्तिकै वाणिज्य बैंकहरुले यो मूल्यभन्दा ६० पैसा वढाएर कारोबार गरेका थिए।

|
|