मंगल
ग्रहमा जान को चाहँदैन र ? तर जान मात्र पाइने र आउन नपाइने शर्त राख्ने
हो भने त्यहाँ जान को तयार होला ? सामान्य रुपमा भन्ने हो भने आफुलाई मंगल
ग्रहमै लोप गराउने त्यस्तो धृष्टता कसैले गर्दैन । तर विश्वमा २ लाख जना
मानिस मंगल ग्रहमै गएर ‘मर्न’ राजी भएका छन् ।
नेदरल्याण्डको एक कम्पनीले मंगल ग्रहमा
जाने एकतर्फी यात्राका लागि आह्वान गरेको आवेदनका क्रममा २ लाख जनाले इच्छा
जाहेर गरी आवेदन भरेको बताइएको छ । मार्स वान नामक उक्त कम्पनीले मंगल
ग्रहको एकतर्फी यात्राका लागि आवेदन दिन तय गरेको अघिल्लो हप्ताको
समयावधिसम्ममा २ लाख जना भन्दा बढिले आवेदन दिएका कम्पनीको भनाइ छ । यसरी
आवेदन दिनेमा १४० देशका मानिस रहेका छन् ।
मार्स वानका अनुसार सन् २०१६ को अक्टोबरमा
आवेदन दिने मध्ये छानिएका यात्रुहरुलाई मंगल ग्रहमा पूराउनका लागि मिसन
सुरु हुनेछ । यस्तो मंगल यात्राका क्रममा कुनै दुर्घटना नहोस् भनेर मंगल ८
पटक अवतरणको अभ्यास हुनेछ । २ लाख मध्ये छानिएका २४ देखि ४० जना मानिसलाई
सन् २०१५ देखि ७ वर्षे लामो तालिम दिइनेछ र त्यसपछि मंगल ग्रहमा लगिनेछ ।
विभिन्न ३ चरणको परीक्षा लिएर यात्रु छनोट गरिने बताइएको छ ।
आउँदो एक दशकभित्रै मंगल ग्रहमा मानव
वस्ती बसाउने आफ्नो योजना रहेको मार्स वानको दाबी छ । पृथ्वीबाट मंगल ग्रह
सम्मको यात्रा २ सय दिनको हुनेछ ।
भिडियो हेर्नुस् मंगल ग्रहमा यसरी थुपारिनेछ मान्छे
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
१९ साउन, काठमाडौं । ब्राजिलियन सान्तोसलाई पराजित गर्दै स्पेनिस क्याटलन बार्सिलोनाले जोआन गाम्पर ट्रफी जितेको छ । शुक्रबार राति नयाँ प्रशिक्षक जरार्डो टाटा मार्टिनोको नेतृत्वमा रहेको बार्सिलोनाले सान्तोसलाई ८–० गोल अन्तरले पराजित गरेको हो ।

नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले सातौं मिनेटमा अर्जेन्टिनी स्टार लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा ड्यानी आल्भेसको क्रस क्लियर गर्ने क्रममा सान्तोसका लिओले आत्मघाति गोल गरे भने २० औं मिनेटमा एलेक्स सान्चेज तथा २८ औं मिनेटमा पेड्रोले गोल गरेपछि पहिलो हापमा बार्सिलाना ४–० ले अघि रह्यो ।
दोस्रो हापमा साम्बा स्टार नेयमार आफ्नो पूर्व क्लब सान्तोसविरुद्ध मैदान उत्रिए । सब्सिच्युटकै रुपमा मैदान प्रवेश गरेका सेस फेब्रिगासले ५२ र ६७ औं मिनेटमा गोल गरे । ७३ औं मिनेटमा एड्रिनो र ८२ औं मिनेटमा डोगौंले गोल गरेपछि बार्सिलोना ८–० को फराकिलो जित हात पार्न सफल भयो ।

नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले सातौं मिनेटमा अर्जेन्टिनी स्टार लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा ड्यानी आल्भेसको क्रस क्लियर गर्ने क्रममा सान्तोसका लिओले आत्मघाति गोल गरे भने २० औं मिनेटमा एलेक्स सान्चेज तथा २८ औं मिनेटमा पेड्रोले गोल गरेपछि पहिलो हापमा बार्सिलाना ४–० ले अघि रह्यो ।
दोस्रो हापमा साम्बा स्टार नेयमार आफ्नो पूर्व क्लब सान्तोसविरुद्ध मैदान उत्रिए । सब्सिच्युटकै रुपमा मैदान प्रवेश गरेका सेस फेब्रिगासले ५२ र ६७ औं मिनेटमा गोल गरे । ७३ औं मिनेटमा एड्रिनो र ८२ औं मिनेटमा डोगौंले गोल गरेपछि बार्सिलोना ८–० को फराकिलो जित हात पार्न सफल भयो ।
![]() |
हप्ताको एक पटक छुट्टकिो दिन श्रीमान श्रीमतीले के गर्लान् ? अवश्य पनि फुर्सदको समयमा कतै घुम्न जालान् वा आफन्तसँग भेट गर्लान् । प्रेमी प्रेमिका भेट भए भने के गर्लान् ? अवश्य पनि प्रेमालाप गर्लान् । तर यो दुनियामा यस्ता जोडी पनि हुँदा रहेछन् जसले हप्ताको एक दिन एक अर्काको रगत पिउँछन् ।
२० वर्षकी लिया बेनिङ हफ र ३८ वर्षका एरो ड्राभेन यस्ता प्रेम जोडी हुन् जसले हप्ताको एक दिन एक अर्काको सरीरबाट रगत निकालेर घटघटी पिउँछन् । गएको फेब्रुअरीमा डेटिङ वेबसाइटको माध्यमबाट चिनाजानी भएर भेटघाट गरेका लिया र एरोरे केही पछिको भेटदेखि नै एक अर्काको रगत पिउन थालेका रहेछन् । एक दिन भेट हुँदा एरोले आफ्नो पाखुरा रेजरले काटेर रगत निकालेछन् अनि लियालाई पिउन दिएछन् । त्यसपछि लियाले पनि आफ्नो सरीर काटेर रगत निकाली एरोलाई पिउन दिइछन् । त्यस दिनदेखि उनीहरुमा एक अर्काको रगत नै पिउने बानी परेको छ । रगत पिउँदा निकै आत्मीयताको अनुभुति हुने र रगत पिउँदाको आनन्द सम्भोगबाट प्राप्त हुने आनन्द भन्दा पनि उच्च रहेको उनीहरुको दाबी छ ।
यिनीहरुले आउँदो क्रिसमसमा बिहे गर्ने सोँच बनाएका छन् । लियाका बुआमालाई आफ्नी छोरीको सम्बन्ध एरोसँग रहेको त थाहा छ तर हुनेवाला ज्वाइँ र आफ्नी छोरी समेत मान्छेको रगत पिउने जन्तु हुन् भन्ने कुरा भने थाहा छैन । बेलायतको एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै लियाले भनेकी छिन्, ‘हाम्रो सम्बन्धबारे बुवाआमा खुसी हुनुहुन्छ ।’
हेर्नुहोस् भिडियो
यो विषय सुन्दा पनि अलि हावादारी कुरा जस्तो लाग्नसक्छ । तर अमेरिकाको सन फ्रान्सिस्कोका एक कलाकारले यस्तो ब्रा को डिजाइन गरेका छन् की जसलाई महिलाको सरीरबाट फुकाल्न कुनै बटन खोल्नु पर्दैन मात्र ताली बजाइदिए पुग्छ ।
उक्त इलेक्टि्रक ब्रा मा ब्याट्रीको सहायताले करेन्ट प्रवाह गरिएको र त्यसमा प्रयोग गरिएको विद्युत चुम्बकले ब्रालाई अड्काउने हुक खोल्ने स्विचलाई नियन्त्रण गरेको हुन्छ । जब यो ब्रा लगाएकी महिलाको नजिकै बसेको कुनै व्यक्तिले ताली बजाउँछ तब ब्रालाई कँसको उक्त हुक फुकाउने स्विच स्वचालित रुपमा अन हुन्छ र ब्रा महिलाको छातिबाट खोलिन्छ ।
सिरियाली बजारमा फेला पारेका अनौठा तथा अत्याधुनिक ब्रा बाट प्रभावित भएर डिजाइनर राण्डी सराफानले यस्तो अनौठो ब्रा को निर्माण गरेका हुन् ।
स्मरण रहोस् अनौठा खालका ब्रा को लागि सिरिया निकै चर्चित छ । त्यहाँ रिमोट कन्ट्रोलबाट चल्ने ब्रा देखि लिएर अँध्यारोमा बत्ति बाल्ने ब्रा समेत प्रचलनमा छन् ।
ताली बजाउँदा कसरी ब्रा खुस्किँदो रहेछ तलको भिडियो हेर्नुस्
भिडियोको लागी तल क्लिक गर्नुहोला उक्त इलेक्टि्रक ब्रा मा ब्याट्रीको सहायताले करेन्ट प्रवाह गरिएको र त्यसमा प्रयोग गरिएको विद्युत चुम्बकले ब्रालाई अड्काउने हुक खोल्ने स्विचलाई नियन्त्रण गरेको हुन्छ । जब यो ब्रा लगाएकी महिलाको नजिकै बसेको कुनै व्यक्तिले ताली बजाउँछ तब ब्रालाई कँसको उक्त हुक फुकाउने स्विच स्वचालित रुपमा अन हुन्छ र ब्रा महिलाको छातिबाट खोलिन्छ ।
सिरियाली बजारमा फेला पारेका अनौठा तथा अत्याधुनिक ब्रा बाट प्रभावित भएर डिजाइनर राण्डी सराफानले यस्तो अनौठो ब्रा को निर्माण गरेका हुन् ।
स्मरण रहोस् अनौठा खालका ब्रा को लागि सिरिया निकै चर्चित छ । त्यहाँ रिमोट कन्ट्रोलबाट चल्ने ब्रा देखि लिएर अँध्यारोमा बत्ति बाल्ने ब्रा समेत प्रचलनमा छन् ।
ताली बजाउँदा कसरी ब्रा खुस्किँदो रहेछ तलको भिडियो हेर्नुस्
आफ्नी श्रीमतीको शवलाई यसरी वर्षौँसम्म पनि सँगै राखेर, अँगालो मारेर प्रेमको अनौठो उदाहरण दिने व्यक्ति भियतनामका ले वेन हुन् । कुआंगा नेम प्रान्तका ती ५५ वर्षा पुरुषले आफ्नी श्रीमतीको शवलाई माटोले पोतेर माटाको गुडियाजस्तै बनाएका छन् र पलङमा सुताएका छन् । ती पुरुष मात्र होइन उनका छोराले पनि आफ्नी मृत आमाको शवलाई हरेक रात सुत्न जानुभन्दा पहिले अंकमाल गर्छन् । ती महिलाको मृत्यु सन् २००३ मा भएको थियो ।

श्रीमतीको मृत्युपछि ती पुरुषले आफ्नी श्रीमतीको शवलाई परम्परा अनुरुप नै चिहानमा गाडे । तर उनलाई श्रीमतीको यादले यति धेरै सतायो की केही समयपछि उनले श्रीमतीलाई गाडेको चिहान खोतले र श्रीमतीको कुहिएर बचेको अस्थिपञ्जर सहितको शवलाई बोकेर घर ल्याए । घर ल्याएपछि त्यसमा माटोले लपेटे अनी मान्छेको मर्ूर्ति जस्ता आकारमा ढाले । ती व्यक्तिले आफु एक सामान्य व्यक्ति रहेको र श्रीमतीको शवसँग सुत्दा कुनै डर महसुस नहुने बताउँछन् । विचरा ती पुरुष श्रीमतीको मायाले पिरोलेपछि चिहानबाट श्रीमतीको शव निकालेर १० वर्षेखि घरमा राखिरहेका छन् तर उनी कानूनको कठघरामा उभिनुपर्ने भएको छ । उनमाथि शवलाई घरमा राखेको आरोप छ । त्यहाँको कानून अनुसार मान्छेको शवलाई लामो समयसम्म घरमा राख्न पाइँदैन ।
उनले हरेक दिन बिहान आफ्नी श्रीमतीको शवलाई सफा गर्छन् । राम्रा राम्रा कपडा लगाइदिन्छन् । श्रीमतीले जिउँदो छँदासम्म राम्रा कपडा लगाउन नपाएको गुनासो छ उनको । त्यसैले एक दिनमै २ थरी राम्रा राम्रा कपडा लगाइदिन्छन् श्रीमतीको शवलाई । उनलाई मान्छेले यस्तो पागलपना नदेखाउन कैयौपटक सुझाव दिए । तर ती व्यक्ति मान्ने वाला छैनन् । आफ्नी श्रीमतीको मृत्यु भएपनि श्रीमतीको आत्मा नमरेको ठहर उनको छ ।
विश्व बजारमा ‘ग्याङनम स्टाइल’ले चर्चा पाएपछि यसको सिको धेरै भाषामा गरियो
। बलिउडमा पनि ‘ग्याङनम स्टाइल’ भन्दैै एक गीत तयार भयो । नेपाली सिनेमाका
चर्चित कलाकार राजेन्द्र खड्गीले पनि आफ्नो प्रदर्शनमा आउन लागेको चलचित्र
‘नोथीङ इम्पोसिबल’मा पनि ‘गम्फु स्टाइल’ भन्दै एक गीत समावेश गरेका छन् ।
अब डीजे एलएक्सले पनि एक यस्तै गीत बजारमा ल्याएको छ । ‘ओपा जंगे स्टाइल’ भन्दै तयार पारिएको गीतको हाल केही अंश मात्र सामाजिक संजालमा छोडिएको छ । जसले बजारमा राम्रै चर्चा पनि पाइरहेको छ । राणा शासनकालका चर्चित प्रधानमन्त्री जंगबहादुर राणाको भेषमा मोडलले जंगे स्टाइल भनिरहेको देख्न सकिन्छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला अब डीजे एलएक्सले पनि एक यस्तै गीत बजारमा ल्याएको छ । ‘ओपा जंगे स्टाइल’ भन्दै तयार पारिएको गीतको हाल केही अंश मात्र सामाजिक संजालमा छोडिएको छ । जसले बजारमा राम्रै चर्चा पनि पाइरहेको छ । राणा शासनकालका चर्चित प्रधानमन्त्री जंगबहादुर राणाको भेषमा मोडलले जंगे स्टाइल भनिरहेको देख्न सकिन्छ ।
|
|











