१८ भदौ, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपाल आज पाकिस्तानसँग भिड्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजेपछि हुनेछ ।
उद्घाटन खेलमा बंगलादेशलाई २–० ले पराजित गरेको घरेलु टोली नेपाल पाकिस्तानविरुद्ध उच्चनोमन वलका साथ मैदानमा उत्रनेछ । नेपाल पाकिस्तानलाई हराउँदै सेमिफाइनल प्रवेश सुनिश्चित गर्न चाहन्छ भने पाकिस्तान च्याम्पियनसिपको यात्रा जीवित राख्ने प्रयासमा हुनेछ । कम्तिमा बराबरी हुने खेल आत्मघाती गोलका कारण चीरप्रतिद्वन्द्वी भारतलाई पहिलो खेल १–० ले सुम्पिएको पाकिस्तान घाइते बाघ जस्तै भएको छ । आज हारे पाकिस्तान प्रतियोगिताबाट बाहिरिनेछ ।
नेपाल र पाकिस्तान अहिलेसम्म १३ पटक भिडेका छन् । जसमध्ये ५ खेल नेपालले जितेको छ भने ४ खेल पाकिस्तानको पक्षमा गएको छ । ४ खेल बराबरीमा सकिएको छ । गत माघमा सम्पन्न दुई मैत्रिपूर्ण खेलमा पाकिस्तानले सतप्रतिशत नतिजा निकालेको थियो ।
नेपाल र पाकिस्तानबीचको खेल अघि दिउँसो साढे ३ बजे भारत र बंगलादेश भिड्नेछन् । भारत र नेपाल दुबैले आ आफ्नो खेल जित समूह चरणको अन्तिम खेल अघि नै दुबै टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
![]() |
एजेन्सी- बिक्नी कान्डमा मुछिएका बलिउड हस्ती रणवीर कपुर र कैटरिना कैफले चाँडै विवाह गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। स्पेनको समुन्द्री तटमा बिक्नीमा देखिएपछि यी जोडी चर्चामा रहने गरेका छन्। पछिल्लो समय भने यी जोडी चाँडै विवाहको घोषणा गर्ने तयारीमा रहेको खबर सार्वजनिक भएको छ।
स्रोतका अनुसार रणवीरकी आमा नीतु सिंहले विवादित सम्बन्धलाई वैवाहिक बन्धनमा बाँध्ने सुर गरिसकेकी बताइएको छ। कपुर परिवारलाई कैटरिना मन परिसकेकाले पनि यी दुई जोडीलाई पति पत्नीको रुपमा हेर्न चाहेको बताइएको छ। यहाँसम्म कि यी दुई जोडीको इङ्गेजमेन्टको कार्डसमेत छापिएको बताइएको छ।
स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सीहरुले रणवीर कपुरले कैटरिनाको बर्थडेमा फिल्मी स्टाइलले प्रपोज गर्ने बताइएको छ। तर हालसालै भएको कैटरिनाको विवाहमा कपुर परिवारका कुनै सदस्य सहभागी नभएको बताइएको छ।
बिक्नी कान्डपछि विवादीत बनेका यी दुई जोडीको इङ्गेजमेन्ट साँच्चै हुने हुन् वा हल्लामात्र हुन्। आगामी दिनले पक्कै बताउनेछ।
![]() |
काठमाडौं– गोर्खाल्यान्ड आन्दोलन मौन रहेका पूर्व इन्डियन आइडल एवं नेपाली फिल्मका हिरो प्रशान्त तामाङले बिहीबार भिडियो सन्देशमार्फत् समर्थन व्यक्त गरेका छन्। कोलकता प्रहरीका जागिरे रहेका तामाङले १ मिनेट ३७ सेकेन्डको भिडयोमार्फत् गोर्खाल्यान्ड आन्दोलनलाई समर्थन गरेपछि दार्जिलिङमा नयाँ तरंग पैदा भएको छ।
'प्रशान्त तामाङ जहिलै पनि तपाइँहरुकै साथमा छु', उनले भनेका छन्- 'प्रशान्त तामाङ हराएको छैन। तपाईहरु नसोच्नुस् कि प्रशान्त तामाङको यस (आन्दोलन)मा समर्थन छैन्', उनले भनेका छन्,'म जहिले पनि यसमा छु। केही पर्यो भने म तपाईको साथमा छु।' उनले आफूलाई इन्डियन आइडलमा जिताए जसरी नै दार्जिलिङबासीले आन्दोलन सफल पार्ने विश्वास व्यक्त गरेका छन्। 'गोर्खाल्यान्ड हाम्रो हक हो', उनले भिडियोमार्फत भनेका छन्।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
काठमाडौं - दक्षिण एसियाली फुटबलमा नेपाल एउटा यस्तो 'डार्कहर्स' हो, जो हरेकखाले नतिजा आत्मसात गर्न सक्षम मानिन्छ। तर, संयोग क्षेत्रीय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालको नतिजा कहिल्यै सन्तोषजनक रहन सकेको छैन। सन् १९९७ मा काठमाडौंबाट औपचारिक सुरु दक्षिण एसियाली महासंघीय फुटबल (साफ) च्याम्पियनसिपले सात संस्करण पार गरिसक्दा समेत नेपालले एउटै पदक जित्न सकेको छैन।
फाइनल पनि पुगेको छैन। पहिलो साफमा दशरथ रंगशालामा समूह चरणबाटै यात्रा टुंग्याएको नेपालले प्रतियोगितामा पाएको ठूलो सफलता भनेको १९९९ मा गोवा र २०११ मा नयाँ दिल्लीमा सम्पन्न साफ च्याम्पियनसिपका दुई संस्करणमा सेमिफाइनलसम्म पुग्नु हो। त्यसबाहेक २००२ मा बंगलादेशको ढाकामा सम्पन्न तेस्रो साफ च्याम्पियनसिप, २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न चौथो संस्करण २००८ मा श्रीलंका र माल्दिभ्सले संयुक्त गरेको पाँचौं र ढाकामै २००९ मा भएको छैटौं संस्करणमा लगातार चारपल्ट नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
हरेकपल्ट उपाधि लक्ष्य बनाउँदा विपक्षीबाट पाउने सम्मान मात्र अन्तमा नेपालको सन्तोष गर्ने आधार बन्ने गरेको छ। हरेक पटक दक्षिण एसियाको डार्क हर्स अँध्यारो नतिजामा चित्त बुझाएर फर्कनुबाहेक सफलताका लागि लायक बन्न नसकेको इतिहास जिउँदो छ। यस्तै सिलसिलामा नेपाली राष्ट्रिय टिम फेरि एकपटक क्षेत्रीय फुटबलको मेलालाई तयारी गरिरहेको छ। घरमै शनिबारबाट भदौ २५ सम्म हुने प्रतियोगितामा नेपाल पाँचपटकको च्याम्पियन भारतसहित पूर्वविजेता माल्दिभ्स र पाकिस्तानसम्मिलित 'ग्रुप अफ डेथ' मा परेको छ।
भारत यसैमा दक्षिण एसियाको महारथी हो भने माल्दिभ्स २००९ मा एसियाली वर्ष खेलाडी पुरस्कारको मनोनयनमा परेका अली अस्फाकजस्ता खेलाडीको प्रेरणामा उच्च प्रदर्शन गरिरहेको टिम हो। पाकिस्तानसँग पनि पछिल्लो नतिजा नेपाली टोलीका लागि सुखद छैन। गतवर्ष काठमाडौंमा नेपालसँग औपचारिक मैत्री खेल खेल्दा पाकिस्तान १–० ले विजयी भएको थियो। त्यसैले नेपालका लागि यसपालि चुनौती झन थपिएको छ।
त्यसो त नेपाल हरेक संस्करणमा कठिन समूहमा परेको थियो। भारतको नयाँ दिल्लीमा सम्पन्न पछिल्लो संस्करणमा अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएर घर फर्किनुअघि माल्दिभ्स र पाकिस्तानसँग बराबरी खेलेको नेपाल बंगलादेशलाई १–० ले हराएर सेमिफाइनल पुगेको थियो। त्यसअघि माल्दिभ्सको पाँचौं संस्करणमा नेपाल आयोजकसहित भारत र पाकिस्तानको समूहमा थियो। त्यति खेर भारत र माल्दिभ्ससँग पराजित भएर समूहबाट बाहिरिएको नेपालले सान्त्वनास्वरुप पाकिस्तानलाई ४–० ले हरायो। उक्त संस्करणको फाइनल भारत र माल्दिभ्सले नै खेलेका थिए।
कराँचीमा सम्पन्न चौथो साफ च्याम्पियनसिपमा पनि नेपाल बंगलादेश र भारतसँग पराजित भएर सेमिफाइनल पुग्न वञ्चित ह्ुँदा भारतले प्रतियोगिता जित्यो। फाइनलमा भारत र बंगलादेश नै भिडेका थिए। भारतसँग नेपालको पराजयअन्तर २–१ थियो भने टोलीले बंगलादेशसँग २–० ले नतिजा सुम्पेको थियो।
चौथो र पाँचौं दुवै संस्करणमा भारतीय टिमको नेतृत्व सम्हालेका भाइचुङ भुटियाले नेपाली टिमलाई हराउनु निकै कठिन भएको बताएका थिए। चौथो साफ च्याम्पियनसिपको उपविजेता बंगलादेशका तत्कालीन अर्जेन्टिनी प्रशिक्षक डिएगो क्रुसियानीले समूह चरणको खेलमा नेपाललाई हराएपछि भनेका थिए, 'नेपाल प्रतियोगिताकै सर्वोत्कृष्ट टिम हो। नेपाललाई हराएपछि अब मलाई उपाधि जित्ने आत्मविश्वास बढेको छ।'
यसपालि पनि विपक्षीबाट प्रशंसा पाउने क्रम प्रतियोगिताभन्दा पहिला सुरु भइसकेको छ। नेपालको समूहमा नरहेको अफगानिस्तानका प्रशिक्षक मोहम्मद युसुफ कारगरले अघिल्लो हप्ता काबुलमा पाकिस्तानलाई हराएपछि साफ च्याम्पियनसिप जित्ने आशाका साथ भनेका थिए, 'दक्षिण एसियामा भारत, माल्दिभ्स र नेपाल सधैंका बलिया टोली हुन्।'
बंगलादेशका डच प्रशिक्षक लोडेब्जिक डी क्रायफले पनि भारतलाई सधैंको दाबेदार भन्दै नेपालसँग घरेलु मैदान र दर्शकको फाइदा हुने बताउँदै आफूलाई दाबेदारको सूचीमा राखेका छैनन्। अघिल्लो संस्करणमा भारतलाई उपाधि जिताउँदा ७ गोल गरेर उच्च गोलकर्ताका साथै उत्कृष्ट खेलाडी बनेका कप्तान सुनील क्षेत्रीले पनि नेपाललाई कमजोर नआँक्ने बताइसकेका छन्। मंगलबार काठमाडौं आइपुगेका उनले नेपाल आफैमा राम्रो टोली भएको र यसपालि घरेलु मैदान र समर्थकको साथ रहने भएकाले नेपाल बलियो भएको बताए।
विगतमा नतिजा नआए पनि विपक्षीबाट पाउने प्रशंसा नेपालका लागि सान्त्वना हुने गरेको थियो। यसपालि अवस्था फरक छ। लामो तयारी, घरेलु मैदान र अघिल्लो संस्करणबाट फेरिएको छविका दबाब नेपाली टोलीसँग मैदान उत्रँदा हुनेछ। अघिल्लो संस्करणमा सेमिफाइनल पुगेपछि नेपाली टोलीको छवि 'डार्क हर्स' बाट दाबेदारका रूपमा फेरिएको छ। जसका कारण अनुकूल नतिजा नआए विगतमा झै 'राम्रो खेल्दा खेल्दै दुर्भाग्यले हारियो' भन्ने तयारी जवाफ यसपालि काम नलाग्न सक्छ। किनकि समर्थक हरेक क्षण टोलीलाई हौस्याउन साथमै रहने छन्।
नेपाली टोलीका प्राविधिक निर्देशक कृष्ण थापा यसपालि आशा गर्ने थुप्रै ठाउँ भएको बताउँछन्। खेलाडीको फिटनेस स्तर इतिहासमै उच्च भएको बताउने उनी फरवार्डहरू गोल गर्ने लयमा फर्कनु सकारात्मक ठान्छन्। तयारीमा हरेक क्षण टोलीसँगै रहेका थापा भन्छन्, 'यसपालि अत्यन्तै राम्रो तयारी भएको छ। खेलाडीहरू पूरा ९० मिनेट खेल्दा पनि थाकेका देखिदैनन्। बहराइन र कुवेतमा प्रदर्शन राम्रो भएको छ। टोली उपाधि घरमा राख्ने लक्ष्यमा पूरा तयार छ।'
साफ च्याम्पियनसिपलाई असार ३ देखि औपचारिक तयारी सुरु गरेको नेपाली टोलीले तीन साता बहराइन र कुवेतको अभ्यास भ्रमण गरेको हो। भ्रमणमा बहराइनमा दुई तथा कुवेतमा तीन खेल खेल्दा नेपालले ४ जित पाएको थियो। बहराइनको यु–२३ सँग ३–० को पराजय भोगेपछि नेपाली टोली त्यहाँको स्थानीय क्लब रिफालाई १–० को नतिजामा हराएर कुवेत लागेको थियो। कुवेतमा त्यहाँका तीन स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल्दा नेपाल सबै खेलमा विजयी भयो। कुवेतमा त्यहाँको राष्ट्रिय यु–२० टोलीलाई २–० ले हराएपछि स्थानीय क्लब अल अरबीलाई ८–२ तथा फाहलिल एफसीलाई ३–० ले हराएको थियो।
खाडी यात्रामा ५ गोल खाँदै १४ गोल गर्न सफल टोलीका लागि अनिल गुरुङले चार, विमल घर्तीमगरले तीन, सन्तोष साहुखल र टेकबहादुर बुढाथोकीले दुई, जुमानु राई, निराजन खड्का र विजय गुरुङले एक/एक गोल गरेका थिए।
साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शन
– दक्षिण एसियाली गोल्डकप (जुलाई १६–२३ १९९३, लाहोर, पाकिस्तान)
पाकिस्तानसँग १–१ को बराबर
श्रीलंकासँग ०–० को बराबर
भारतसँग १–० को हार
– सार्क ब्रिस्टल गोल्डकप (मार्च २५–३१ १९९५, कोलम्बो, श्रीलंका)
बंगलादेशसँग २–० ले पराजित
पाकिस्तानसँग २–० ले विजयी
सेमिफाइनल
श्रीलंकासँग २–१ ले पराजित
पहिलो साफ च्याम्पियनसिप (सन् १९९७ काठमाडौं, नेपाल)
पाकिस्तानसँग २–० ले पराजित
श्रीलंकासँग ३–१ ले पराजित (दीपक अमात्य)
पहिलो चरणबाटै बाहिर
दोस्रो साफ च्याम्पियनसिप (सन् १९९९ गोवा,भारत)
लिग चरण
श्रीलंकामाथि ३–२ को जित (नरेश जोशीको ३ गोल, नेपालका लागि दोस्रो ह्याटि्रक)
माल्दिभ्ससँग ३–२ ले पराजित (हरि खड्काको २ गोल)
सेमिफाइनल
बंगलादेशसँग २–१ ले पराजित (बालगोपाल महर्जन)
तेस्रो स्थान
माल्दिभ्ससँग २–० ले पराजित
तेस्रो साफ च्याम्पियनसिप (सन् २००३ ढाका बंगलादेश)
बंगलादेशसँग १–० ले पराजित
भुटानमाथि २–० को जित (निराजन रायमाझी, कुमार थापा)
माल्दिभ्ससँग ३–२ ले पराजित (निराजन रायमाझी, देवनारायण चौधरी)
पहिलो चरणबाटै बाहिर
चौथो साफ च्याम्पियनसिप (सन् २००५ कराँची, पाकिस्तान)
भारतसँग २–१ ले पराजित (बसन्त थापा)
बंगलादेशसँग २–० ले पराजित
भुटानमाथि ३–१ को जित (वसन्त थापा, विजय गुरुङ, सुरेन्द्र तामाङ)
पाँचौं साफ च्याम्पियनसिप (सन् २००८, माले माल्दिभ्स)
भारतसँग ४–० ले पराजित
माल्दिभ्स ४–१ ले पराजित (बिसन गौचन)
पाकिस्तानमाथि ४–१ को जित (जुमानु राईको २, निराजन रायमाझी, राजु तामाङ)
छैटौं साफ च्याम्पियनसिप (डिसेम्बर ४–१४, २००९, ढाका बंगालादेश)
माल्दिभ्ससँग १–१ को बराबरी (जुमानु राई)
भारतसँग १–० ले पराजित
अफगानिस्तानमाथि ३–० को जित (अनिल गुरुङ, विजय गुरुङ)
सातौं साफ च्याम्पियनसिप (सन २०११ डिसेम्बर ३–११, नयाँ दिल्ली, भारत)
माल्दिभ्ससँग १–१ को बराबरी (सन्दिप राई)
बंगलादेशसँग १–० को जित (सागर थापा)
पाकिस्तानसँग १–१ को बराबरी (भरत खवास)
सेमिफाइनल
अफगानिस्तानसँग १–० ले पराजित
![]() |
बलिउडमा आफ्नो सेक्सी छविका कारण चर्चामा आएकी मोडल तथा नायिका पूनम पाण्डेले आफूलाई बलात्कारको आरोपमा नमुछ्न आग्रह गरेकी छिन् । पछिल्लो समयमा भारतका विभिन्न शहरमा महिला माथि बलात्कारको घटना बढ्दै गएपछि पूनमले यस्तो अभिव्यक्ति दिएकी हुन् ।पूनमले इन्टरनेटमा सार्वजनिक गर्ने उत्तेजक तस्बिरले पनि बलात्कार बढेको आरोप सामाजिक संजाल मार्फत लगाइएको छ ।
यो बिषयमा स्पष्टिकरण दिदै पूनमले भनेकी छिन्, ‘मैले केही गल्ती गरेको छैन । यस्तो बिषयमा मलाई मुछ्नु गलत हो ।’ उनले कानुन र प्रशासन कमजोर भएपछि आफूहरु माथि आरोप आउने गरेको तर्क गरिन् ।
पूनमले आफू बलिउडमा संघर्ष गरिरहेको र यो संसारमा एउटा स्थान खोजिरहेको कलाकार भएकाले सस्तो तर्क दिएर आरोप नलगाउन आग्रह गरिन् । पूनमले महिलाले लगाउने पहिरनले पनि बलात्कारका लागि पुरुषलाई उत्तेजित बनाएको हो भन्ने प्रश्नमा भनिन्, ‘के ५ बर्षको बच्चाले लगाएको पहिरन त्यस्तो हुन्छ जसले बलात्कारका लागि पुरुषलाई आकषिर्त गर्छ ?’ उनले महिलाले लगाउने पहिरन बलात्कारका लागि दोषि नभएको तर्क गरेकी छिन् ।
![]() |
७ भदौ, काठमाण्डौं । ‘तपाईले सम्पत्ति दान गर्नुभयो भने ज्यूँदै स्वर्ग जान पाउनु हुनेछ । परमेश्वरको कृपाले तपाईको शरीरमा चाँदीको पखेँटा जडान हुनेछ । त्यसपछि तपाई आफैं उडेर स्वर्ग पुग्नुहुनेछ र यहाँ गरेको दान सबै त्यहाँ पाउनु हुनेछ ।’

अचेल राजधानीमा क्रिश्चियन धर्म प्रचारका नाममा च्याउसरी खेलेका चर्च (मण्डली)मा कस्ता कस्ता क्रियाकलाप हुन्छन् भन्ने परमेश्वरका नाममा माथि भनिएजस्ता भ्रमपूर्ण आश्वासन बाँडेर सोझासिधा व्यक्तिमाथि गरिने ठगीयुक्त धन्दाबाटै पुष्टि हुन्छ । कलंकीस्थित एक चर्चका हर्ताकर्ता (चिपसाङ) टिकाबहादुर राउतले एक ८२ बर्षका नागरिकता अनुसार ७२ बर्षका वयोवृद्ध चिरिकाजी मालीलाई ‘परमेश्वरले ज्यूँदै स्वर्ग लैजाने’ प्रलोभन देखाएर उनीमाथि जालसाजी, किर्ते ठगी गरेका छन् । निरक्षर वयोवृद्ध मालीलाई फकाई फुल्याई झुक्याएर उनको नाममा रहेको कलंकीस्थित कामनपा १३ सिट नम्बर ११०२-२२ कि. नं. १२३ क्षेत्रफल १४६.६५ वर्ग मिटर -४ आना २ दाम) जग्गा अर्कैलाई बिक्री गराउन ११ लाख बैना लिएको कागजसमेत गराएको अभियोगमा प्रहरीले दलाल राउतलाई पक्राउ गरेको नेपाल पत्र साप्ताहिकमा खबर छ ।
आफूलाई के र कस्तो कागजमा सहीछाप गराइयो भन्ने चाल नै नपाएका वृद्ध मालीले रुवाबासी गर्दे प्रहरी गुहार्न प्रहरी वृत, कालीमाटी पुगेपछि मात्रै आफ्नो जग्गा बिक्री गर्न बैना गरिएको पत्तो पाएका हुन् । तर उनले बैना बापत एक रुपैयाँ पनि पाएका छैनन् । मालीको उजुरीका आधारमा राउत पक्राउ परेका छन् भने जग्गा किन्ने धादिङका कोमलप्रसाद गजुरेल र त्यस कारोबारमा मुछिएका सबैलाई प्रहरीले खोजीगरिरहेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

अचेल राजधानीमा क्रिश्चियन धर्म प्रचारका नाममा च्याउसरी खेलेका चर्च (मण्डली)मा कस्ता कस्ता क्रियाकलाप हुन्छन् भन्ने परमेश्वरका नाममा माथि भनिएजस्ता भ्रमपूर्ण आश्वासन बाँडेर सोझासिधा व्यक्तिमाथि गरिने ठगीयुक्त धन्दाबाटै पुष्टि हुन्छ । कलंकीस्थित एक चर्चका हर्ताकर्ता (चिपसाङ) टिकाबहादुर राउतले एक ८२ बर्षका नागरिकता अनुसार ७२ बर्षका वयोवृद्ध चिरिकाजी मालीलाई ‘परमेश्वरले ज्यूँदै स्वर्ग लैजाने’ प्रलोभन देखाएर उनीमाथि जालसाजी, किर्ते ठगी गरेका छन् । निरक्षर वयोवृद्ध मालीलाई फकाई फुल्याई झुक्याएर उनको नाममा रहेको कलंकीस्थित कामनपा १३ सिट नम्बर ११०२-२२ कि. नं. १२३ क्षेत्रफल १४६.६५ वर्ग मिटर -४ आना २ दाम) जग्गा अर्कैलाई बिक्री गराउन ११ लाख बैना लिएको कागजसमेत गराएको अभियोगमा प्रहरीले दलाल राउतलाई पक्राउ गरेको नेपाल पत्र साप्ताहिकमा खबर छ ।
आफूलाई के र कस्तो कागजमा सहीछाप गराइयो भन्ने चाल नै नपाएका वृद्ध मालीले रुवाबासी गर्दे प्रहरी गुहार्न प्रहरी वृत, कालीमाटी पुगेपछि मात्रै आफ्नो जग्गा बिक्री गर्न बैना गरिएको पत्तो पाएका हुन् । तर उनले बैना बापत एक रुपैयाँ पनि पाएका छैनन् । मालीको उजुरीका आधारमा राउत पक्राउ परेका छन् भने जग्गा किन्ने धादिङका कोमलप्रसाद गजुरेल र त्यस कारोबारमा मुछिएका सबैलाई प्रहरीले खोजीगरिरहेको छ ।
![]() |
४ भदौ, काठमाडौं । सिंगापुरमा जारी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल भारतको २३ वर्षमुनीको टोलीसँग ८४ रनले पराजित भएको छ । हारसँगै नेपालको अघिल्लो चरण प्रवेश कठिन भएको छ ।
भारतले प्रस्तुत गरेको २ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन मात्र बनाउन सक्यो ।
यसअघि टस हारेर पहिले व्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ६८ रन बनायो । इण्डियन पि्रमियर लिग आईपीएल खेलेका खेलाडीहरुको बाहुल्य रहेको भारतीय टोलीका सामू नेपाली बलरहरु निरिह देखिएका थिए ।
भारतका लागि लोकेश राहुलले सर्वाधिक ८८ रन बनाए । उनले उन्मुक्त चन्दसँग पहिलो विकेटका लागि १ सय १८ रनको ओपनिङ साझेदारी गरेका थिए । चन्द पहिलो विकेटका रुपमा व्यक्तिगत ६१ रनमा आउट भए । सूर्यकुमार यादवले ६५ रन बनाए भने अंकित वार्नेले २५ रन जोडे ।
नेपालका लागि बसन्त रेग्मीले १० ओभरमा ९० रन दिएर ३ विकेट लिए भने अभिनाश कर्ण र शक्ति गौचनले समान १-१ विकेट लिए ।
![]() |
३ भदौं, काठमाण्डौं । स्पेनिस ला लिगा फुटबलमा डिफेण्डिङ च्याम्पियन बार्सिलोनासँगै रियल मड्रिडले विजयी सुरुवात गरेका छन् । गएराति भएको आफ्नो पहिलो खेलमा बार्सिलोनाले लेभान्टेलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले दोस्रो मिनेटमा नै एलेक्स सान्चेजको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा लिओनल मेस्सीले अग्रता दोब्बर पारे भने २३ औं मिनेटमा ड्यानली अल्भेसले गोल गरे । गोलको वर्षा नै गरेको बार्सिलोनाका लागि २५ औं मिनेटमा पेड्रोले गोल गरेपछि ४-० को अग्रता लियो । ४१ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गरे भने ४४ औं मिनेटमा जाभीले गोल गरेपछि पहिलो हापमा बार्सिलोना ६-० को अग्रता लिन सफल भयो । दोस्रो हातको ७२ औं मिनेटमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना लेभान्टेमाथि ७-० को जित निकाल्न सफल भयो ।
अर्को खेलमा रियल मडि्रडले बाटिसलाई २-१ गोल अन्तरले पराजित गरेको छ । खेलमा अग्रता भने बाटिसले लिएको थियो । १२ औं मिनेटमा मोलिनाले गोल गर्दै बाटिसलाई सुरुवाती अग्रता दिलाए । २५ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल गरे भने ८६ औं मिनेटमा इस्कोले डेब्यू खेलमा गोल गरेपछि रियल मड्रिड २-१ गोलले विजयी भएको छ ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले दोस्रो मिनेटमा नै एलेक्स सान्चेजको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा लिओनल मेस्सीले अग्रता दोब्बर पारे भने २३ औं मिनेटमा ड्यानली अल्भेसले गोल गरे । गोलको वर्षा नै गरेको बार्सिलोनाका लागि २५ औं मिनेटमा पेड्रोले गोल गरेपछि ४-० को अग्रता लियो । ४१ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गरे भने ४४ औं मिनेटमा जाभीले गोल गरेपछि पहिलो हापमा बार्सिलोना ६-० को अग्रता लिन सफल भयो । दोस्रो हातको ७२ औं मिनेटमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना लेभान्टेमाथि ७-० को जित निकाल्न सफल भयो ।
अर्को खेलमा रियल मडि्रडले बाटिसलाई २-१ गोल अन्तरले पराजित गरेको छ । खेलमा अग्रता भने बाटिसले लिएको थियो । १२ औं मिनेटमा मोलिनाले गोल गर्दै बाटिसलाई सुरुवाती अग्रता दिलाए । २५ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल गरे भने ८६ औं मिनेटमा इस्कोले डेब्यू खेलमा गोल गरेपछि रियल मड्रिड २-१ गोलले विजयी भएको छ ।
![]() |
३० साउन, काठमाडौं । भारतीय पूर्वोत्तर राज्य पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमूल कांग्रेसका नेताले दार्जीलिङका गोर्खालीलाई ‘नेपालीहरु नेपाल जाओ’ भनेपछि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आपत्ति जनाउनुभएको छ । तृणमूल कांग्रेसका नेताहरुको यस्तो भनाइले दार्जीलिङबासीलाई हेर्ने बंगाल सरकारको दृष्टिकोण स्पष्ट भएको गुरुङले बताउनुभएको छ ।
उनीहरुको यही मानसिकताका कारण अलग गोर्खाल्याण्ड राज्य आवश्यक रहेको गुरुङले दाबी गर्नुभएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । तृणमुल कांग्रेसका नेताले मंगलबार नेपाली हरु नेपाल जाओ भन्ने अभिव्यक्ति दिएको बुधबार प्रकाशित भारतीय पत्रिका हिमालयन दर्पणले लेखेको छ ।
जनताले आफैं लगाए कर्फ्यु
यसैवीच मंगलबार दार्जीलिङमा जनताका तर्फबाट कफ्र्युको घोषणा गरियो । जनताले लगाएको कर्फ्युका कारण बजार पूर्णतः सुनसान देखिएको थियो । प्रहरी र पत्रकारबाहेक सडकमा कोही पनि मानिस निस्केनन् र आ-आफ्ना घरमा बसे । भारतले खलग तेलगांना राज्य दिने घोषणा गरेपछि दुईसातादेखि दार्जीलिङमा बन्द र हडताल जारी छ । अनिश्चितकालीन बन्दलाई न्ययालयले रोक लगाएपछि आन्दोलनकारीले मंगलबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेको बताउँदै जनताको कर्फ्युघोषणा गरेका हुन् ।
जनताको अप्ठयारोलाई ध्यानमा राखी विहीबारदेखि आइतबारसम्म बजार खुल्ला गर्ने आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीलाई गिरफ्तार गर्ने अभियान राज्य सरकारले जारी राखेको छ । हालसम्म अढाइ सय भन्दा बढी आन्दोलनकारी नेताहरु पक्राउ परिसकेका छन् ।
![]() |
२९ साउन, काठमाडौं । इमर्जिङ टिम्स कप क्रिकेटको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो जित हात पारेको छ । श्रीलंकाको २३ वर्षमुनीको टोलीसँग लगातार चार खेल गुमाएको नेपालले मंगलबार भएको अभ्यास खेलमा उत्तर पूर्वी प्रान्तको टोलीलाई १ सय ६८ रनले पराजित गरेको हो ।
पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७३ रन बनायो । नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६४ रन जोडे भने कप्तान पारस खड्काले ३७, विनोद भण्डारीले ३० र सुवास खकुरेलले २६ रन बनाए । यस्तै राहुल विश्वकर्मा २५ रनमा अविजित रहँदा सरद भेसवाकरले २०, ज्ञानेन्द्र मल्लले १७, बसन्त रेग्मीले ११, सागर पुनले १० र शक्ति गौचनले ४ रन जोडे ।
२ सय ७४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको उत्तर पूर्वी प्रान्तको टोली २८ ओभरमा १ सय ५ रन बनाएर अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा अभिनाश कर्ण र सरद भेसवाकरले समान ३-३ विकेट लिए भने चन्द्र साउदले २ र रामनरेश गिरी र शक्ति गौचनले १-१ विकेट लिए ।
पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७३ रन बनायो । नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६४ रन जोडे भने कप्तान पारस खड्काले ३७, विनोद भण्डारीले ३० र सुवास खकुरेलले २६ रन बनाए । यस्तै राहुल विश्वकर्मा २५ रनमा अविजित रहँदा सरद भेसवाकरले २०, ज्ञानेन्द्र मल्लले १७, बसन्त रेग्मीले ११, सागर पुनले १० र शक्ति गौचनले ४ रन जोडे ।
२ सय ७४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको उत्तर पूर्वी प्रान्तको टोली २८ ओभरमा १ सय ५ रन बनाएर अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा अभिनाश कर्ण र सरद भेसवाकरले समान ३-३ विकेट लिए भने चन्द्र साउदले २ र रामनरेश गिरी र शक्ति गौचनले १-१ विकेट लिए ।
२९ साउन, काठमाण्डौ । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको ट्रफी पहिलोपल्ट नेपाल भित्रिने भएको छ । उक्त ट्रफी पुस ६ गते नेपाल ल्याइपुर्याइँदै छ । विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा पहिलोपल्ट नेपाली फुटबल समर्थकले घरेलु भूमिमै त्यको दुर्लभ दर्शन पाउे अबसर जुरेको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका प्रायोजक कोकाकोलाले ट्रफी नेपाल ल्याउने चाँजो मिलाएको हो ।

विश्वविजेता कप्तानमध्ये एकले फिफाकै जेटमा ट्रफी ल्याउनेछन् ।फुटबलका महान हस्ती ब्राजिली नागरिक पेले वा जर्मनीका पूर्वविश्वकप बिजेता कप्तान लोथर म्याथ्युजले ट्रफी बोकेर आउनसक्ने स्रोतले जनाएको छ । ट्रफी बंगलादेश हुँदै भुटानवाट नेपाल आउने बंगलादेशी न्यूज पोर्टल द डेली स्टार डटनेटले जनाएको छ ।
ट्रफी एक दिन नेपाली भूमिमै राखेर थाइल्यण्ड लगिनेछ । यो यात्रा विश्वकप २०१४ को आयोजक राष्ट्र ब्राजिल पुगेर टुंगिनेछ । आजको नागरिक दैनिकले समाचार छापेको छ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले विश्वकप ट्रफी नेपाल ल्याउन लागेको पुष्टि गरेका छन् ।

विश्वविजेता कप्तानमध्ये एकले फिफाकै जेटमा ट्रफी ल्याउनेछन् ।फुटबलका महान हस्ती ब्राजिली नागरिक पेले वा जर्मनीका पूर्वविश्वकप बिजेता कप्तान लोथर म्याथ्युजले ट्रफी बोकेर आउनसक्ने स्रोतले जनाएको छ । ट्रफी बंगलादेश हुँदै भुटानवाट नेपाल आउने बंगलादेशी न्यूज पोर्टल द डेली स्टार डटनेटले जनाएको छ ।
ट्रफी एक दिन नेपाली भूमिमै राखेर थाइल्यण्ड लगिनेछ । यो यात्रा विश्वकप २०१४ को आयोजक राष्ट्र ब्राजिल पुगेर टुंगिनेछ । आजको नागरिक दैनिकले समाचार छापेको छ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले विश्वकप ट्रफी नेपाल ल्याउन लागेको पुष्टि गरेका छन् ।
![]() |
नायक आर्यन सिग्देल राम्रो र स्वभाविक अभिनय गर्ने नायकको रुपमा चिनिन्छन् । प्रायः चलचत्रिमा ‘लभर ब्वाई’को रुपमा देखिने आर्यन बलिउडका सलमान खानबाट निकै प्रभावित छन् ।
चलचित्रको पर्दामा मायाप्रीतिका कुरा मात्र नभएर सलमान खान झैं एक्सन पनि गर्न सक्ने खुबी आफुमा रहेको बताउने उनी यतिबेला चलचित्र ‘महसुस’को प्रोमोसनमा ब्यस्त छन् ।
आर्यन फिल्मस्को ब्यानरमा ‘नोबेम्बर रेन’ नामक चलचित्र निर्माण गर्ने भनेर उद्घोष गरेका आर्यनले अहिलेसम्म किस्मत, मेरो एउटा साथी छ, हिफाजत, फस्ट लभ, द फल्यास ब्याक, कोही मेरो, बन्दी, कस्ले चोर्यो मेरो मन, के यो माया हो, सपना, मेरो लभ स्टोरी, आई एम सरी, धुवा यो नशा, दबाब लगायत चलचित्रमा अभिनय गरिसकेका छन् ।
काठमाडौं थानकोटका स्थायी बासिन्दा आर्यन अहिले महाराजगञ्जमा बस्दै आएका छन् । पछिल्लो समय ‘लभ लाईफ’को कुराले आर्यन चर्चामा छन् । काठमाडौं स्थाई घर भएकी सपना भण्डारीसँग आर्यनको ‘इलु इलु’ चलिरहेको छ ।
भर्खरै (श्रावण २१ गते) उनले आफ्नो जन्मदिन प्रेमिका सपनासँगै मनाए । चलचित्र खेल्नमा ‘चुजी’ देखिएका आर्यन चलचित्रमा काम गरेबापत निकै राम्रो पारिश्रमिक लिने नायकमा पर्छन् । उनै नायक आर्यन सिग्देलसँग उज्यालो अनलाइनका लागि अर्जुनकुमार संग्रौलाले गरेको कुराकानी :
अहिले केमा ब्यस्त हुनुहुन्छ ?
चलचित्र ‘महसुस’ यही श्रावण ३२ गते रिलिज हुँदैछ । महसुसकै प्रोमोसनमा ब्यस्त भईरहेको छु । राम्रो ‘टिम’ले बनाएको राम्रो कथाबस्तु बोकेको चलचित्र भएकोले गर्दा पनि महसुसले दर्शकको मन जित्न सफल हुन्छ भन्ने आशा लिएको छु । चलचित्रको बारेमा सबैले थाहा पाउन भनेर चलचित्र प्रचार प्रसारमा समय दिईरहेको छु ।
चलचित्र महसुस कस्तो चलचित्र हो ?
मैले काम गरेका चलचित्रहरुमध्ये महसुस पनि म आफैलाई मन पर्ने चलचित्र भित्रमा पर्छ । यो चलचित्रलाई म पारिवारीक त्रिकोणात्मक चलचित्र भन्न रुचाउँछु । ‘वेल एजुकेटेज म्याचोर्ड’ केटी विद्याको भूमिकामा बेनिशा हमाल छिन । ग्रामिण परिवेशबाट आएको, पढाई कम भएपनि मन सफा भएको गौरीको भूमिकामा केकी अधिकारीलाई देख्न सक्नुहुनेछ ।
काममा परिवक्क विश्व नामको ‘क्यारेक्टर’मा म प्रस्तुत भएको छु । यिनै तीनजना क्यारेक्टरको बीचमा हुने मायाप्रेमको कुरालाई चलचित्रले प्रस्तुत गरेको छ । र मलाई आशा छ, चलचित्रलाई सबै उमेर समूहकाले महसुस गर्न सक्नुहुनेछ । हाँस्ने ‘सिन’मा हाँस्न र रुने ‘सिन’मा रुवाउन सफल हुनेछ, महसुस ।
यसअवधिमा निकै समय खाली हात बस्नुभयो नि, कारण के थियो ?
हेर्नुस, म जुन पायो त्यही चलचित्रमा काम गर्दिन । मलाई स्क्रिप्ट मनपर्यो, टिम मनपर्यो भने मात्र काम गर्छु । प्रस्ताव आएजति सबै चलचित्रमा काम गर्ने हो भने म बाह्रै महिना ‘बिजी’ हुनसक्छु । तर म चलचित्रको संख्या बढाउनु भन्दा पनि गुणात्मक चलचित्रमा मात्र काम गर्न रुचाउँछु । जबसम्म म आफैं चलचित्रको स्क्रिप्टबाट सन्तुष्ट हुन सक्दिन, तब सम्म काम गर्दिन । बरु म ‘फ्रि’ नै बस्छु ।
बिचमा निर्माता, निदेशकहरुसँग तपाईंको सम्बन्ध बिग्रनुको कारण के थियो ?
बिचमा होईन, सुरुवात देखि नै हो । हेर्नुस्, म काम गर्न चलचित्र उद्योगमा आएको हो । न कि कसैसँग सम्बन्ध बनाउन । निर्माता, निर्देशकलाई सधैं भेट्न जाउँ, सधैं फोन गरौं, यस्ता कुरालाई मैले कहिल्यै महत्व दिईन । म एउटै कुरामा सधैं ध्यान दिन्छु कि म जोसँग काम गर्छु, त्यो मान्छेलाई मैले कामबाट सन्तुष्ट पार्न सकूँ । मसँग भेट्दै नभेटी, मसँग काम नै नगरी मेरो पछाडि कुरा काट्दै हिँड्ने मान्छेहरुलाई मेरो केही भन्नु छैन । फेरि मेरो आफ्नै किसिमको बानी पनि छ, कामको बेला म एकदमै ‘डेडिकेटेड’ भाएर काम गर्छु र काम सकेपछि म त्यति सम्पर्कमा रहन चाहन्छ । म एक्लै आनन्दले बस्न रुचाउँछु । मलाई एकान्तमा बस्न मन पर्छ । सायद त्यही भएर पनि मेरो बारेमा निर्देशक निर्माताहरुले त्यस्तो धारणा बनाउनु भएको होला । सुनेको छु कस कसैले असामाजिक पनि भन्छन रे । तर मेरो बानी नै यस्तै छ त म के गरौं ?
विवाहपछि पनि एक्लै बस्न रुचाउनु भयो भने त गार्हो होला नि ?
हा हा हा (लामो हाँसो)... विवाह पछि त्यस्तो नहोला । कसैलाई सात जन्म साथ दिन्छु भनेर बाचा गरेर ल्याई सकेपछि त उसको पनि विचार त गर्नै पर्यो नि । विवाह पछि मेरो आदत र बानी परिवर्तन हुन पनि त सक्छ नि ।
प्रेमिका (सपना भण्डारी)लाई श्रीमती बनाएर कहिले घर भित्र्याउँदै हुनुहुन्छ ?
यो विषयमा अहिले नै म केही भन्न सक्दिन । एक्लो जिन्दगी धेरै बिताईयो, बिहे त गर्छु नै । तर बिहे कहिले गर्ने भन्ने विषयमा भने अहिले त्यस्तो केही ‘प्लानिङ्ग’ छैन । भोलि नै पनि हुन सक्छ, एक बर्ष पछि पनि हुन सक्छ, या त पाँच बर्ष लाग्न पनि सक्छ । ढुक्क हुनुस्, बिहेको निम्तो चाहिँ तपाईलाई नै पहिले दिउँला हा हा हा.... । अहिलेलाई यो विषयमा यति नै ।
सपना भण्डारीलाई पहिलो पटक भेट्दाको महसुस कस्तो थियो ?
त्यो महसुस एकदमै राम्रो थियो । अहिलेसम्म पनि त्यो महसुस ताजै छ । नानु (सपना भण्डारी) को र मेरो भेट फेसबुकले गराएको हो । फेसबुकमा कुराकानी हुँदाहुँदै माया बसेको हो । यो सम्बन्धलाई म फेसबुकले जुराएको सम्बन्ध भन्न रुचाउँछु । भर्खरै नानुसँग जन्मदिन पनि सँगै मनाएँ । एकदमै खुशी छु ।
पहिले पहिले राती मापसे गरेर शहर घुम्दाघुम्दै बिहानको ५ पनि बज्थ्यो रे नि, अहिले पनि त्यस्तै हो ?
काठमाडौंमा राती घुम्ने ठाउँ नै पो कहाँ छ र ? ९ बजेपछि सबै बन्द भईहाल्छ । तर जे होस राती एक्लै ‘ड्राईभ’ गर्नु खुब रमाईलो लाग्छ । तर पिएर ‘ड्राईभ’ गर्ने बानी छैन । मापसे चेकिङ्ग पनि त छ, आजकाल । पहिलापहिला बारमा बसेर पिउँदै जाँदा भने कहिलेकाहीँ उज्यालो हुन्थ्यो । तर आजकाल त त्यो एकादेशको कथा जस्तो मात्रै हो । अहिले सबै छाडिसके । ममा आजकाल परिवर्तन आउँदैछ । पहिला भन्दा म निकै बदलिईसकें । यसको श्रेय पनि केही हदसम्म नानुलाई नै जान्छ ।
नायिका रेखा थापासँग बोलचाल छ कि छैन ?
रेखा थापाको नाम राखेर मलाई प्रश्न नसोध्नुस् । मैले यो ‘टपिक’मा धेरैचोटी कुरा गरिसकें । अब यो ‘टपिक’मा कुरै नगरौं ।
फिल्मी अवार्ड त धमाधम जीवन लुर्इंटेलले नै लाँदै हुनुहुन्छ । जीवनसँग इर्ष्या लाग्छ होला है ?
हैन, कस्तो कुरा गर्नुभएको तपाईंले ? मलाई जीवनसँग किन इर्ष्या लाग्नु पर्यो र । उसले खेलेको फिल्म ‘हिट’ भैरहेको छ । उसले राम्रो काम गरिराखेको छ त अवार्ड पनि उसैले लान्छ नि । मैले टाउको दुखाएर हुन्छ र ? जीवन लुर्इंटेलको बारेमा सोध्नुहुन्छ भने उ एकदमै राम्रो कलाकार हो । अहिले उ मभन्दा माथि छ । किनभने उसले मभन्दा धेरै चलचित्रमा काम गरिरहेको छ । म अलि ‘चुज’ गरेर मात्रै चलचित्र गरिरहेको छु । त्यसैले सबै हिरोहरु मभन्दा अगाडि छन् ।
२७ साउन, काठमाडौं । किङ्स कप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । भुटानमा आइतबार भएको फाइनल भिडन्तमा भुटानी लिग च्याम्पियन यिदजिनलाई ४-२ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि उचालेको हो ।
थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलमा मनाङले चौथो मिनेटमा नै गोल खाएको थियो । अनपेक्षित गोल खाएपछि दबावमा आएको मनाङले ३३ औं मिनेटमा विशाल राईको गोलबाट बराबरी गर्यो ।
७० औं मिनेटमा यिद्जिन फेरि अग्रता लिन सफल भयो । तर, ७४ औं मिनेटमा घरेलु टोलीका खेलाडीले आत्मघाति गोल गरेपछि मनाङलाई केही सजिलो भयो । ८० औं मिनेटमा शिव श्रेष्ठले गोल गर्दै मनाङलाई ३-२ को अग्रता दिलाए भने तिरिक्त समयको अन्तिमतिर दिपक राईले गोल गरेपछि मनाङ ४-२ को जित निकाल्न सफल भयो ।
थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलमा मनाङले चौथो मिनेटमा नै गोल खाएको थियो । अनपेक्षित गोल खाएपछि दबावमा आएको मनाङले ३३ औं मिनेटमा विशाल राईको गोलबाट बराबरी गर्यो ।
७० औं मिनेटमा यिद्जिन फेरि अग्रता लिन सफल भयो । तर, ७४ औं मिनेटमा घरेलु टोलीका खेलाडीले आत्मघाति गोल गरेपछि मनाङलाई केही सजिलो भयो । ८० औं मिनेटमा शिव श्रेष्ठले गोल गर्दै मनाङलाई ३-२ को अग्रता दिलाए भने तिरिक्त समयको अन्तिमतिर दिपक राईले गोल गरेपछि मनाङ ४-२ को जित निकाल्न सफल भयो ।
![]() |
अस्ट्रेलियाकी हर्डल्स खेलाडी मिचेल जेनेकी विश्व एथलेटिक्स च्याम्पियनसिपको पूर्वसन्ध्यामा चर्चाको शिखरमा छिन्। गत वर्ष लन्डन ओलम्पिकमा रजत पदक जितेकी २० वर्षीया कामुक सुन्दरी खेल क्षमताले चर्चामा आएकी होइनन्। उनको 'सेक्सी' वार्मअपले धेरैको ध्यान तानेको छ।
खेलअघिको कामुक वार्मअपबाट चर्चा पाउने उनी एक्ली खेलाडी होइनन्। अमेरिकी सर्फर एस्ले एनास्तासियाले खेलअघि गरेको कामुक नृत्यको भिडियो सार्वजनिक भएपछि विश्वभरका सञ्चार माध्यमको ध्यान तानेकी थिइन्।
गत वर्ष बार्सिलोनामा सम्पन्न विश्व जुनियर च्याम्पियनसिपमा जेनेकी सञ्चारमाध्यममा खुबै छाइन्। खेलअघि उनले नृत्यको शैलीमा वार्मअप गर्दा नितम्ब हल्लाएको दृश्य यु–ट्युबमा भाइरलसरी फैलिएको थियो। उनको वार्मअप यु ट्युबमा एक सातामा १ करोड ३० लाखले हेरेका थिए। आस्कमेन डटकमले २०१३ मा विश्वभरका सर्वाधिक चाहिएकी महिलाको सूची निकाल्दा उनी १०औं स्थानमा थिइन्। यही वर्ष उनी स्पोर्टस इलुस्ट्रेटेडको स्विमसुट अंकमा पनि छाइन्।
आफ्नो वार्मअपले विश्वव्यापी रूपमा कामुक नृत्यको दर्जा पाएकोमा आश्चर्यचकित भए पनि उनलाई आपत्ति भने छैन। 'त्यसलाई लिएर साथीहरूले मलाई गिज्याउँथे,' जेनेकीले भनिन्, 'मेरो सामान्य वार्मअपले यति ठूलो चर्चा पाउला भन्ने मैले सोचेकी थिइनँ।'
एस्ले कामुक नृत्यका कारण चर्चित अर्की खेलाडी हुन्। वार्मअपकै क्रममा नृत्य गरिरहेझै देखिने उनको भिडियो फुटेजलाई पनि यु ट्युबमा भाइरलझै फैलिन समय लागेन। क्यालिफोर्नियाको समुद्री किनारमा अडियो हेडसेट लगाएर आफू मात्र सुन्न सक्ने संगीतमा खेलअघि उनले गरेको वार्मअपको कामुकताबारे त्यहाँको एक पत्रिकाले गत वर्ष अगस्टमा लेखेको थियो, 'उनले वार्मअप गरेको हो कि नृत्य त्यो उनैले बुझून। तर, त्यो युवालाई कामुकताको आँधीबेहरी ल्याउन काफी छ।'
![]() |
साहरूख खानसँग नृत्य गरेपछि दक्षिण भारतीय चलचित्रकी नायिका प्रियामणिको चर्चा चुलिएको छ। चलचित्र 'चेन्नाई एक्सप्रेस'मा समावेश 'डान्स अन द फ्लोर' गीतमा नाचेपछि प्रियामणि चर्चामा आएकी हुन्। उनले उक्त गीतमा निकै सामान्य पहिरन लगाएर नृत्य गरेकी छिन्। सार्वजनिक कार्यक्रममा समेत प्रियामणि निकै साधारण पहिरनमा पुग्छिन्, तर प्रियामणिको फिल्मीरूप भने सामान्य छैन, उनी दक्षिण भारतीय चलचित्रमा निकै खुलेर प्रस्तुत हुने गरेकी छिन्।
'तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने'- यस्तै लेखिएको थियो एक चलचित्रको केन्द्रीय चलचित्र जाँच समितिले प्रदान गर्ने सार्वजनिक प्रदर्शन अनुमतिपत्रमा। यो एउटा नेपाली चलचित्रले पाएको एडल्ट अनुमतिपत्रको केही अंश मात्र हो। यस्ता सेन्सर गरिएका दृश्य एवं संवादका उदाहरण प्रशस्तै छन्।
केन्द्रीय चलचित्र समितिले चलचित्रको अवस्था हेरी सार्वजनिक प्रदर्शनका लागि तीन प्रकारको अनुमतिपत्र दिँदै आएको छ। पहिलो युनिभर्सल अर्थात् सबैले हेर्न मिल्ने, दोस्रो प्यारेन्ट्स गाइडेड अर्थात् अभिभावकको साथमा मात्र हेर्न सकिने थि्रलर चलचित्र तथा तेस्रोमा उमेर पुगेका अर्थात् १६ वर्ष पुगेका वयस्कले मात्र हेर्न मिल्ने एडल्ट अनुमतिपत्र।
एडल्ट भन्नाले १६ वर्ष पुगेका वयस्कले मात्र हेर्न सक्ने भनिएको हो। तैपनि यसले समाजलाई यौनजन्य गतिविधिमा लाग्न प्रेरित गरिरहेको समाजशास्त्रीहरूको भनाइ छ। अश्लीलताले चलचित्र चल्छ भन्नु भ्रम नै हो। राम्रो फिल्म चल्न अश्लीलताको आड लिनु नपर्ने कुरा बताउँदै नेपाली चलचित्रका नियमित दर्शक सन्दीप राई भन्छन्- राम्रो फिल्म चलिहाल्छ छाडा हुँदैमा चल्ने होइन।
विगतमा एडल्ट अनुमति प्राप्त नेपाली चलचित्रले खासै व्यापार पनि गरेका छैनन्। त्यसबाहेक समाजले कतिसम्म पचाउँछ भन्ने कुरा निर्माता-निर्देशकले हेक्का राख्नुपर्ने फिल्म सेन्सरबोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेल बताउँछन्। चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला भन्छन्- नेपाली चलचित्रमा बढिरहेको अश्लीलतालाई निरुत्साहित गर्नुपर्छ। सीधै देखाउनुभन्दा त्यही कुरालाई फरक प्रस्तुतिबाट बुझाउन सकिने उनको तर्क छ। बुझ पचाएकाहरूलाई त चिन्ता नहोला तर नेपाली चलचित्रमा निरन्तर लागिरहेका अन्य निर्माता, निर्देशक एवं कलाकारहरूलाई यस्ता चलचित्र बन्ने क्रम नरोकिए काम गर्न गाह्रो हुन्छ भन्ने तर्क पनि निरौलाको छ।
बार गर्लको प्रवेश
बार डान्सरबाट नेपाली चलचित्रमा उदाएकी हुन् नायिका पुजना स्त्री। उनले नेपालमा पहिलो पल्ट बिकिनीमा फोटोसुट गराएकी थिइन्। उनको फिल्ममा किस सिन र बेड सिन लगभग छुट्दैन। यसरी नै नेपाली समाजमा अहिले क्याबिन रेस्टुराँहरूमा कार्यरत युवतीहरूको प्रवेशले नेपाली चलचित्र बढी छाडा भएको कलाकार सिर्जना सुब्बा बताउँछिन्। 'केही प्रतिशत मात्र राम्रा कलाकार छन्,' उनले भनिन्- हामीजस्ता कलाकारको पारिश्रमिक नै घटाइदिए तिनीहरूले। हामी स्त्रिmप्ट पढ्छौं अनि पारिश्रमिकमा कुरा मिलेपछि मात्र अनुबन्धित हुन्छौं। उनीहरू त फोनकै भरमा मान्छन्। कुनै पनि दृश्य दिन आपत्ति मान्दैनन्। उनले कटाक्ष गर्दै भनिन्- पोर्न स्टार सन्नी लिओनलाई शरीर देखाउन के-को आपत्ति ? सुनेकी छु त्यस्ता केटीहरूले निर्देशकलाई निर्माता पनि खोजिदिने गरेका छन्।
चलचित्र नायिका भएपछि आफ्नो 'रेट' बढ्ने भएकाले पनि त्यस्ता युवातीहरूको प्रवेश बाक्लिएको उनको आरोप छ। त्यसैले पनि नेपाली चलचित्र अश्लील देखिन थालेको छ। उनीहरू चलचित्र विकास बोर्ड तथा केन्द्रीय चलचित्र सेन्सर समितिलाई नै चकित पार्ने खालका दृश्यमा काम गरिरहेका छन्। समितिले टुलुटुलु हेर्नुपर्ने बाध्यता छ। सेन्सरबाट अनुमति प्राप्त चलचित्र भए पनि त्यस्ता चलचित्र घरपरिवारसँग हेर्न सकिँदैन।
चलचित्रका बारेमा नबुझी एकै पटक निर्माता-निर्देशक बन्न आउनेहरूको जमातका कारण पनि यस्तो हुन गएको सुब्बा बताउँछिन्। जो हिरोइनसँग रमाइलो गर्न पाइने, सँगै खानपिन र डेटिङ जान पाइने कुरामा लोभिएर आएका हुन्छन्। सी ग्रेड चलचित्रका लागि उनीहरू नै तयार हुन्छन् जो पढेर-बुझेर यो क्षेत्रमा आएका छैनन्।
सुब्बा भन्छिन्- सबै निर्माता-निर्देशकलाई दोष लगाउन मिल्दैन। बाध्यता भन्दै उत्ताउलो दृश्य दिनु युवतीहरूको पनि कमजोरी हो। आफ्नो देशको परिवेश एवं समाजको पनि ख्याल गर्नुपर्छ। सम्बन्धित निकायले चलचित्रसँगै कलाकारको ग्रेड पनि छुट्याउनुपर्छ।
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई पनि अहिलेका कतिपय निर्माताको यस्तो क्रियाकलाप स्वीकार गर्छन्। लामो समयदेखि काम गर्दै आएका निर्माताहरू त्यस्ता छैनन्, राई तर्क गर्छन्- निर्माताहरूले नेपाली मूल्य-मान्यता, रीतिरिवाज एवं परम्पराको ख्याल गर्नुपर्छ।
त्यसो त चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला पनि नेपाली चलचित्रमा अश्लीलता बढेको कुरा स्वीकार गर्छन्। निरौला भन्छन्- कतिपय निर्माता-निर्देशक यस्तै चलचित्र चल्ने भ्रममा छन्। बोर्डमा पहिलेभन्दा अश्लील खालका चलचित्र निर्माण इजाजत लिन आउनेहरूको संख्या बढेको उनको भनाइ छ। यो कुरामा केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नारायणप्रसाद सञ्जेल पनि सहमत छन्ा्। अहिले सबैले हेर्न मिल्ने चलचित्रभन्दा वयस्कले हेर्ने खालका चलचित्र निर्माणमा निर्माता-निर्देशकहरू केन्दि्रत भएको शर्माको अनुभव छ।
एक समय फिल्मी बजारमा रेखा थापाको मिनीस्कर्टको चर्चा कम थिएन। त्यतिबेला छोटा पहिरनकै कारण चलचित्र चल्ने टिप्पणी पनि गरियो। नेपाली चलचित्र नचलिरहेको खडेरीमा अन्ततः लुट र चपली हाइटले पैसा कमाए। ती दुई चलचित्रले प्रस्तुत गरेको शैलीबाट मात्र चलचित्र चल्ने विष्लेषण गर्दै निर्माताहरू तिनकै भद्दा नक्कल गर्न लागिपरेका छन्। उनीहरू समाजको वास्तविकता ख्याल नगरी वयस्क चलचित्र बनाउन उद्यत् छन्।
कलाकार
अहिले कपडा खोल्ने, अश्लील र उच्छृंखल संवाद डेलीभर गर्ने, बलात्कारको सिन, बेड तथा किस सिन दिने नायिकाहरूको कमी छैन। चलचित्र पाउन वा आफूलाई चर्चामा राखिरहन त्यस्ता दृश्य दिन पछि पर्दैनन् कलाकारहरू। उनीहरूले अभिनय गरेका प्राय सबै चलचित्रले एडल्ट सर्टिफिकेट पाएका छन्। त्यसैले उनीहरूलाई एडल्ट नायिका भन्दा फरक पर्दैन। जिया केसीको एटीएम, बर्बाद र रंग वे तीनवटै चलचित्रले एडल्ट सर्टिफिकेट पाएको छ। उनले लगाएको पहिरन, डायलग डेलिभरी, नायकसँग दिएका अन्तरंग दृश्य आदिका कारण ती चलचित्रलाई यो दर्जामा राखिएको हो। जियासँगै एटीएममा सोनिया शर्मा र सविना कार्की पनि छन्। यस्तै बिनिता बराल आफ्नो डेब्यु फिल्म चपली हाइटबाट रातारात हिट भइन्।
उनको सेक्सी हाउभाउ एवं दुई नायक आमिर गौतम र राज घिमिरेसँगको अन्तरंग दृश्यका कारण चपली हाइट पनि एडल्ट सर्टिफिकेट पाउने चलचित्र बन्यो। बिन्दासकी सुष्मा कार्की पनि एडल्ट नायिकामा पर्छिन्। उनको चलचित्र बिन्दासले एडल्ट सर्टिफिकेट पाएको छ। चलचित्र बिन्दासमा उनको पोस्टरको चर्चा पनि कम भएन। चलचित्र मेरो जीवन साथीमा राजेश हमालसँग बेड सिन दिएकी थिइन् सुष्माले। पूजना स्त्रीले पनि रक्षामा बेड सिन दिएकी छिन्। अरुण्ािमा लामा चलचित्र किन-किनमार्फत हट नायिकाका रूपमा उदाउने तयारीमा छिन्। उक्त चलचित्रमा उनले अभिनेता राजेश हमालसँग बेड तथा किस सिन दिएकी छिन्। चलचित्र किन-किनले पनि एडल्ट अनुमतिपत्र पाएको छ।
संख्या बढ्यो
विगतका वर्षहरूमा नेपाली चलचित्रमा केन्द्रीय जाँच समितिले केही चलचित्रलाई मात्र एडल्ट (१६ वर्षदेखि माथिका उमेरले मात्र हेर्न मिल्ने) प्रमाणपत्र दिँदै आएको थियो। पछिल्लो समयमा भने एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा ठूलो मात्रामा वृद्धि भएको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष ०६९/७० मा दुई दर्जन चलचित्रले एडल्ट प्रमाणपत्र पाए। केही वर्षअघि चलचित्र पलपलमाले एडल्ट सर्टिफिकेट पाएको थियो। त्यसपछि भने लुट र चपली हाइटले फरक स्वादको चलचित्रको नाममा अश्लील संवाद र दृश्यको बाढी लगाएको कुरा बताउँदै केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नारायणप्रसाद सञ्जेलले भने- नेपाली चलचित्रमा बढ्दो अश्लीलताले समाजमा नकारात्मक असर पारिरहेको छ। कतिपय चलचित्र परिवारसँग बसेर हेर्नै नसकिने खालका छन्। फरक कथा र नयाँपनको नाममा समाजमा नपच्ने खालका दृश्य र संवाद हाल्ने गरिएको छ। लुट र चपली हाइटपछि नयाँ कलाकारले शरीर नखोली अघि बढ्नै नसक्ने प्रवृत्तिको विकास भएको छ।
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन- २०२६ अनुसार बनेको नियमावली- २०५७ मा नेपालको अन्तिरिम संविधान- २०६३ को मूल भावनाविपरीत हुने विषय, मुलुकको सार्वभौमसत्ता, अखण्डता, शान्ति-सुरक्षा र संस्कृतिमा आँच आउने विषय र नेपाल नागरिक वा कुनै जनजाति विशेषका बारेमा रुग्ण, नग्न चित्रण छायांकन गर्न नपाइने, राष्ट्रिय प्रतिष्ठामा आँच आउने किसिमका दृश्यहरू छायांकन गर्न नदिने, निषेधित क्षेत्रमा छायांकन गर्न नपाइने आदि कुरा उल्लेख छ। ऐनमा निर्माताले चलचित्रको निगरानी राख्ने सरकारी अधिकारीलाई आफ्नै खर्चमा चलचित्र छायांकनको अनुगमन गर्न लगाउनुपर्ने व्यवस्था छ तर नेपाली चलचित्रका कुनै पनि निर्माता वा निर्देशकले त्यसो गरेको पाइँदैन।
कन्फ्युजमा बोर्ड र जाँच समिति
जब चलचित्र लुट र चपली हाइटले सुस्ताएको नेपाली चलचित्र व्यवसायमा पनि पैसा कमाए, त्यसपछि एक थरी निर्माता-निर्देशकहरूको दिमागमा त्यही छाप पर्यो। यस्तै दृश्य र संवाद भए त चल्ने रै'छ भन्ठान्नेहरू बढे। उनीहरू ए ग्रेडका राम्रा कलाकारलाई भन्दा सी ग्रेडका कलाकारसँग यस्ता खालका चलचित्र बनाउन तम्सिए। उनीहरूलाई स्थापित कलाकारको स्टारडम आवश्यक परेन। मात्र कसले यौन दृश्य दिन सक्छ र छाडा बोल्न धकाउँदैन, उसकै खोजी हुन थाल्यो। चलचित्र विकास बोर्ड तथा चलचित्र केन्द्रीय जाँच समितिको कमजोरीको फाइदा उठाउनेहरूका कारण पनि नेपाली चलचित्र अश्लीलतामा केन्दि्रत हुँदै गएको छ। सरकारी कर्मचारीहरू आफ्नो जिम्मेवारीबाट पन्छिन् खोज्ने तथा निर्माता-निर्देशकसँग किन नराम्रो हुनु भन्ने धारणा विकास भएकाले पनि यसो भएको हो। त्यसबाहेक चलचित्र निर्माण इजाजत दिने बोर्ड एवं चलचित्र निर्माण भएपश्चात् अन्तिम जाँच समितिको आपसी द्विविधाका कारण पनि यस्तो स्थिति आएको हो।
© From साप्ताहिक
![]() |
२७ साउन, काठमाण्डौ । आज श्रावण शुक्ल पञ्चमी । हिन्दु धर्मावलम्बीहरूले घरका मूलढोकामा नाग टाँसेर नागको पूजाआजा गरी नागपञ्चमी मनाउँदैछ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन छ । नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि मा गरिन्छ । नागको पूजा गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको छ ।
नागपूजाको प्रचलन वैदिककाल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।
नागपञ्चमीको अबसरमा काठमाडौको नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौ दह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ ।
नागपूजाको प्रचलन वैदिककाल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।
नागपञ्चमीको अबसरमा काठमाडौको नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौ दह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ ।
तीन सयभन्दा बढी फिल्ममा मुख्य भूमिका खेलिसकेर एउटा इतिहास कोरिसकेका अभिनेता राजेश हमाल साउन ३२ मा रिलिज हुन लागेको 'किन किन' बाट खबरमा छन् । एडल्ट सर्टिफिकेट पाएको उक्त फिल्मको प्रोमोमा उनी एउटी युवतीको न्युड पेन्टिङ बनाइरहेको अवस्थामा देखिएका छन् । पछिल्ला वर्ष अश्लील फिल्म बन्ने र चल्ने क्रम ह्वात्तै बढिरहेका बेला आएको राजेश अभिनीत यो फिल्मबाट पनि दर्शकहरू ढुक्क भने देखिएका छैनन् । तर पूरा फिल्म हेरिसकेका राजेश भने फिल्म भल्गर नभएको ठोकुवा गर्छन् । यति बेला उनी निकट भविष्यमा हुन लागेको विवाहले भन्दा पनि उक्त फिल्ममा गरेको अभिनयले बढी चर्चामा छन् । मिल्यो भने उनी प्रेमिका मधु भट्टराईकै साथ 'किन किन' हेर्ने सुरमा छन् ।
अचेल झन्-झन् युवा देखिनुभएको छ ?
नजिकका पनि त्यसै भन्छन् । प्रायः मान्छे उमेरभन्दा चाँडै बूढा हुन्छ । जथाभावी खाने, एक्सरसाइज नगर्ने, रक्सी/चुरोट खाने र अनुशासित नहुने कारणले प्रायः मान्छे छिटै बूढा हुने गर्छन् । यी कुरामा ध्यान दिने हो भने लामो समय तन्दुरुस्त देखिन्छ । म आफू पनि त्यो मामिलामा अनुशासित भएकोले जवान देखिएको हुँ । स्वस्थ रहन के खानेभन्दा पनि के नखाने भनेर ख्याल राख्नुपर्छ । मद्यपान, धूमपान गर्नु भएन । चिप्लोचाप्लो खानु भएन । नियमित व्यायाम गर्नुपर्यो । हुन त अहिलेको वातावरण नै यस्तो छ कि, आफु अनुशासित भएर पनि नहुने छ । पानीसमेत स्वच्छ पाइँदैन । मान्छे बिरामी भएकामा होइन कि, स्वस्थ भएर हिँडे भने आश्चर्य हुनुपर्ने अवस्था छ ।
अहिले बजारमा तपाईंका दुई कुरा हिट छन्— बिहेको कुरा र 'किन किन’ फिल्म । राजेश हमाल जस्तो मान्छेले यस्तो फिल्म खेल्न सुहाउने थिएन भन्ने पनि देखिए नि ?
विडम्बना भन्नुपर्छ, यति बेलाका केही फिल्मले युवायुवतीको सम्बन्धको क्रियालाई नै क्रूर रूपले प्रदर्शन गरी बदनाम गरिरहेका छन् । केटाकेटीले आत्मीय सम्बन्ध दर्साउने त्यो किसिङ होस् वा शारीरिक आत्मीयता, आफैंमा खराब होइन । केहीले त्यसैलाई यति क्रूर र भल्गर किसिमले पस्किए कि, किसिङ सिन राख्नेबित्तिकै भल्गर फिल्म भनेर बदनामी भयो । यो त भावना व्यक्त गर्ने चरम सिमाना हो नि । त्यसैले फिल्ममा किसिङ हुनु हुँदैन, संवेदनशील भावना प्रकट गर्न हुँदैन भन्ने पक्षमा म छैन । यी कुरा त समाजमै हुने हुँदा फिल्ममा देखाउनबाट किन वञ्चित गर्ने ?
तर पनि तीन सयभन्दा बढी फिल्म खेलिसकेका राजेश हमाल 'किन किन’ मा किन ?
यो फिल्म प्रोमोका आधारमा दर्शकले कसरी बुझेका छन्, थाहा छैन । मैले विगतमा निर्वाह गरेका भूमिकाभन्दा एकदमै फरक छैन यो फिल्म । पहिले पनि मैले यस्तो दृश्य दिएकै हुँ । 'कसम' फिल्ममा गन्जी र हाफप्यान्ट लगाएर खोला किनारमा बीना बुढाथोकीसँग सिन दिएको थिएँ । 'शंकर' मा जल शाह र मेरो बेड सिन नै छ । तर त्यसलाई सही ढंगले प्रस्तुत गर्नपर्छ । 'किन किन' मा दृश्यहरू कलात्मक ढंगले पस्किइएको छ ।
'किन किन’ को प्रोमो हेरेपछि मधुजी (प्रेमिका) को प्रतिक्रिया कस्तो पाउनुभयो ?
तपाईंलाई अनेस्ट्ली भन्नुपर्दा, मधुजीको इच्छा मैले हरेक फिल्ममा किसिङ सिन गरौं भन्ने छैन । जहाँसम्म मैले बुझेको छु, उहाँको भित्री मनसाय यस्ता दृश्य नगर्दै ठीक भन्ने छ । तर पनि उहाँ मेरो पेसालाई बुझ्नुहुन्छ । प्रोमो हेरेर उहाँले त्यस्तो प्रतिक्रिया दिनुभएन । बरु फिल्म हेर्न इच्छा गर्नुभएको छ । नत्र उहाँमा विगतका केही (भल्गर) नेपाली फिल्म हेरेपछि 'तपाईंले त यस्ता फिल्म नगर्दा नि हुन्छ' भन्ने मनसाय पाएको थिएँ । तर अपसोस, फिल्म रिलिज हुँदासम्म हाम्रो विवाह भइसकेको भए त सँगै गएर हेर्नुहुन्थ्यो ।
प्रेमिकाको मामिलामा तपाईं किन यति धेरै रिजर्भ ?
अहिले नै मैले उहाँमा हक जमाउन त मिल्दैन नि । विवाह नभइसकेकी केटीलाई कसरी सँगै लैजानु ? उहाँमा बिहेपछि मात्रै मसँग देखिने पनि इच्छा होला । भेट्दै भेट्दैनौं भनेको त होइन नि । सार्वजनिक रूपमा पो नदेखिएका त । यही रेस्टुरेन्ट -इमागो डेई) मा हामी कति चोटि आएका छौं, तर तपाईंहरूलाई थाहा हुँदैन ।
'किन किन’ हेरेपछि के राम्रो लाग्यो ?
यो समयसापेक्ष छ । उकेश दाहाल खालि केटाकेटीको संवेदनशील दृश्य देखाउने निर्देशक मात्रै नभएर मायाप्रीतिको मनोवैज्ञानिक ढंगले प्रस्तुत गर्ने निर्देशक पनि हुनुहुँदो रहेछ जस्तो लाग्यो । सम्बन्धलाई भल्गर हिसाबले भन्दा पनि सेक्सुअल साइक्लोजी, सेन्सिबल फिलिङसमा उतार्ने पाएँ । पात्र चयन सही लागेको छ । मसँग पहिलो फिल्म भएकोले सुटिङका बेला अरुणिमा लामाले कस्तो गर्नुहोला भन्ने सोचेको थिएँ, तर फिल्म हेरिसकेपछि उक्त चरित्रमा अरुणिमाभन्दा अरू सुहाउँथेनन् भन्ने लाग्यो । मेरो आफ्नै रोल पनि मबाहेक अरूलाई फिट हुन्थेन जस्तो लाग्यो । सम्बन्धलाई असाध्यै राम्रोसँग टि्रट गरिएको छ । दर्शकले केही नदेखेर पनि धेरै चीज त्यहाँ घटिसक्यो भन्ने ठान्नुहुन्छ । फिल्ममा दर्शकले भल्गर नलागीकनै भावनात्मक सम्बन्ध देख्न पाउनुहुन्छ । त्यहाँ किसिङ सिन पनि छैन । यदि हेरिसकेपछि दर्शकलाई कतै राजेश हमालले भल्गर गर्यो भन्ने लाग्यो भने म प्रतिक्रियालाई स्वागत गर्छु । फेस गर्न तयार छु । फिल्म मेकिङको नियतमा शंका छैन । पात्रको जीवनशैली अनुसार फिल्म बगेको छ ।
२४ साउन, काठमाडौं । विश्व फुटवलको वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटवलको नियमनकारी निकाय फिफाले बिहीबार जारी गरेको नयाँ बरियता क्रममा नेपाल एक स्थान तल झर्दै १ सय ७० औं स्थानमा पुगेको हो ।
झण्डै एक वर्षपहिलेसम्म फिफाको बरियता क्रममा दक्षिण एशियाली मुलुकहरुको शीर्ष स्थानमा रहेको नेपाल अहिले भुटान भन्दा मात्र अघि छ । यसले नेपाली फुटबलको स्तर खस्कदै गएको प्रष्ट देखाएको छ । भुटान विगतमा झै पुछार अर्थात २ सय ७ औं स्थानमा छ ।
एक स्थानमाथि उक्लिएको श्रीलंका नेपाल सरह १ सय ७० औं स्थानमा आएको छ । दक्षिण एशियाली मुलुकहरुको शीर्ष स्थानमा अफगानिस्तान आएको छ । एक स्थानमाथि उक्लिएको २ सय १४ अंकका साथ अफगानिस्तान १ सय ३९ औं स्थानमा छ । भारत १ सय ४५, माल्दिभ्स १ सय ५३, बंगलादेश १ सय ५८ र पाकिस्तान १ सय ६७ औं स्थानमा छ ।
स्पेन शीर्ष स्थानमा कायमै छ । शीर्ष वरियताको १२ औं स्थानसम्म कुनै परिर्वतन भएको छैन । जर्मनी दोस्रो, कोलम्बिया तेस्रो, अर्जेन्टिना चौथो र नेदरल्याण्ड पाँचौं स्थानमा छ । इटली छैटौं, पोर्चुगल सातौं, क्रोएशिया आठौं र ब्राजिल नवौं स्थानमा कायमै छ ।
मुम्बइ — कहिले निर्वस्त्र हुने चेतावनी त कहिले सलमान खान र म लुगा खोल्न चाहन्छौं भनेर चर्चामा आइरहने पुनम पाण्डेको पहिलो फिल्म नशा औसत सफल भएको छ। पहिलो फिल्मको सफलतासँगै पुनम पनि नयाँ कामको तयारीमा जुटेकी छन्। उनले भनेकी छिन्- 'नशामा भन्दा केही फरक गर्न चाहन्छु।' नशाको रिलिज हुनुभन्दा पहिला पुनम भन्ने गर्थिन्- 'म दर्शकले जे चाहन्छन् त्यही गर्छु।'
नशाको सफलतासँगै पुनमको स्वर बदलिन थालेको हो। पुनमले पर्दामा परम्परागत भारतीय पहिरनमा देखिने रहर गरेको बताइएको छ। अर्थात् पुनम अब एक भारतीय पारिवारिक नायिकाको रुपमा देखिन खोज्दैछिन्। उनलाई बदल्न प्रेरित गर्ने चिज के हो भनेर चाहिँ कसैले भन्न सकेका छैनन्।
लेखक अजीत राजपालले पुनमको लागि एक स्क्रीप्ट तयार गरेको चर्चा पनि छ। सो स्क्रिप्टमा पुनमलाई फरक भूमिकामा प्रस्तुत गर्न लागिएको छ। पुनमको नयाँ भूमिका दर्शकहरुलाई मन पर्छ वा पर्दैन त्यसका लागि भने केही समय कुर्नै पर्ने हुन्छ।
![]() |
Powered by Blogger.




















