लस एन्जलस— पप संगती दुनियाँका सुपर स्टार जस्टिन बीबर र सेलेना गोमेजबीको सम्बन्ध टुक्रिएको एक वर्ष पुग्नै लाग्दा पुनर्मिलनको चर्चा सुरु भएको छ। के साँच्चै यो जोडीबीच पुनर्मिलन हुन लागेको हो त ? अहिले निष्कर्षमा पुग्नु हतार भए पनि पनि चर्चाका पछाडि खास तथ्यहरु भने बाहिर आएका छन्। जस्टिनका फ्यानहरुका लागि यो सुखद् खबर हो कि जस्टिन-सेलेनाले एउटा पार्टीमा खिचेका तस्विरहरु सार्वजनिक भएका छन्। तर यसको अर्थ १९ वर्षे जस्टिन र २० वर्षे सेलिनाले पुनः रोमान्टिक सम्बन्ध सुरु गरिसकेका भने हैनन्।
हलिउड कभरेज गर्ने मिडियाहरुका अनुसार उनीहरु अहिले एकअर्काबीच नजिक रहेर असल साथीको रुपमा सम्बन्ध अघि बढाइरहेछन्। 'मित्रता लभ र रोमान्सको फाउन्डेसन हो र अहिले उनीहरु त्यही अवस्थामा छन्', जस्टिनका साथीलाई उदृत गर्दै मिडियाले लेखका छन्। टुक्रेको मुटु जोड्न किशोर जोडीले गरेको यो पहल पनि निकै सुखद् खबर हो।
पप संगीतको दुनियाँमा नयाँ कीर्तिमान स्थापित गरे पनि जस्टिनको सार्वजनिक छवि राम्रो छैन। बिबरले चेनल सेलायको नयाँ भिडियो 'एज लाग एज यु लभ' का लागि साइन गरेपछि २ वर्षको सघन सम्बन्ध सम्बन्ध टुक्रिएको थियो।
भिडियोको लागी तल क्लिक गर्नुहोला