दरवार हत्याकाण्ड र अनुत्तरित प्रश्नहरु
दरबार हत्याकाण्ड
April 4, 2009
केहि दिन यता नेपालका पुर्व युवराजधिराज पारस शाह नेपाली मीडियामा “घान्द्रुकको गुराँस” भएर फुलेका छन, छाएका छन। आफ्नो कुकर्म अनि पिताजीको पश्चातापपूर्ण ‘राजनैतिक प्रतिगमन’ का कारण करीब २४० बर्ष पुरानो, रास्ट्रीय एकताको प्रतिक मानिएको राजसंस्थामा सदाकालागि पूर्ण बिराम लागेपछि पुर्व महाराजाधिराज ज्ञानेन्द्र संग ‘ठाक्ठुक’ परेर गत साल देखि उनी एक्लै सिंगापोरमा बस्दै आएका छन।त्यसोत आफ्नी अर्धांगिनी हिमानी र बाल बच्चाहरु नेपालमै रहे पनि उनीसंग प्रसस्तै नेपाली औ बिदेशी साथीहरु भने नभएका होइनन सिंगापोरमा, जस संग उनी डिस्को धाउछन, नाईट क्लब जान्छन, मोज गर्छन, राजा हुने सपना तुइएको पीडा बिर्सन पीउछन,आदि आदि । त्यस ताका राज्यको धुकुटी बाट आफ्नो ब्याक्तिगत बैंक अकाउंटमा सारिएको अरबौ रुपैया नसकिउन्जेल पारस यसरी नै महँगा महंगा कारहरु चडी नै रहन्छ्न, सिंगापोर जस्तो महँगो देशका सात तारे होटलहरु मा मस्ती/मोज मै आफुलाई हराई रहन्छ्न।
सिंगापोर बसाइको करीब एक बर्ष पछि हिजो आज उनी नेपाली मीडियाका ‘हट प्रोपर्टी’ बनेका छन। नेपाली बुज्रुकहरुमाज फेरी एकपटक कुराकानीको बिषय बनेका छन- गायक प्रवीन गुरुंगका हत्यारा पारस शाह। केही दिन अघिमात्रै सिंगापोरको एक रास्ट्रीय दैनिक ‘द इलेक्ट्रिक निउपेपर’का सम्बदाता संगको कुराकानीमा पारसले नारायण हिटीराजदरवारमा ८ बर्ष पहिले घटेको त्रासादिपूर्ण हत्याकाण्ड स्वयं दीपेन्द्रद्वारा गरिएको प्रसंगलाइ फेरी जिकिर साथ भनेको समाचारमा उल्लेख छ। उनकै सब्दमा उक्त अकल्पनीय घटना, जसका नाइके स्वर्गीय राजा/युवराज दीपेन्द्र हून, घट्नुका पछाड़ी तीन कारणहरु छन: पहिलो, देबयानी-दीपेन्द्र प्रणय सम्बन्ध र त्यसले राज्परिवारमा निम्त्याएको भावनात्मक तिक्तता , दोश्रो, २०४७ को जन आन्दोलनको फलस्वरूप देशब्यापी रुपमा आएको राजनैतिक अनि सामाजिक परिवर्तन र राजसंस्थाको जनता प्रतिको केही लचकता, तेस्रो तथा अन्तिम कारण हो, तत्कालीन साही सेनाका लागि बिदेशी हतियार खरीदमा बाबु( बिरेन्द्र ) छोरा (दीपेन्द्र) बीच को मतभिन्नता । घटना घट्नु भन्दा ठीक १५ मिनेट अगाडी सम्म स्वयं दीपेन्द्र संगै ‘बिल्लीअर्ड’ खेलेको बताउने पारसका यी कुरा चाए सत्य हून या मिथ्य नेपाली हरु पत्याउने पक्षमा छैनन। किनकीआम नेपालीहरु दरवार हत्याकाण्डको दोष ज्ञानेन्द्र परिवारको टाउकमा थोपार्छन नकि दीपेन्द्र माथि।अतः पारस लगायत पुर्व राज खानदान/दरवारका कोही कसैले पनि स्वदेश/बिदेशका जति सुकै मीडियाहरु मार्फ़त दीपेन्द्र या स्वर्गीय राजा बिरेन्द्रलाइ त्यस कत्लेआमको दोषी साबित गराउन खोजे पनि त्यों सिर्फ़ ‘…..खोलाको गीत “
कहलाउछ। नेपाली जनता त्यसलाई पचाउन सक्दैनन किन भने यस घटना घटाउनुको आशय प्रति नेपालीहरुको एक बेग्लै बुझाई छ, भिन्नै लख छ/अनुमान छ -जून पारसले सिंगापोरे ‘टाब्लोइड’ लाइ दिएको बयान भन्दा ठीक बिपरीत छ ।
अंतरास्ट्रीय समुदाय यस कुरामा अचम्बित छैन की जेष्ठ १९ मा नेपालको राजदर्वरमा हत्याकाण्ड भयो जहाँ तत्कालीन राजा बिरेन्द्र लगायत उनको परिवारको अन्त्य भयो, न ऐतिहासिक हिसाबले यो घटना नयाँ नै हो-यस प्रकारका /प्रकृतिका घटनाहरु अन्यत्र पनि घटका छन, विश्व इतिहास हेर्ने हो भने। तर, अनौठो कुरा यो छ की १०/१० जनाको ज्यान गएको घटनाको ८ बर्ष बितिसक्दा पनि यो रहस्यकै बिषयबस्तु बनिरहेको छ, न राज्यबाट कुनै बिस्वसनिय छानविन आयोग नै गठन गरिएको छ, न त नागरिक समाज नै यस प्रति जुटेको देखिन्छ। हो, गिरिजा प्रसाद कोइरालाको सरकारले लगतै तत्कालीन सभामुख तारानाथ रानाभाटको अधक्ष्यतामा एउटा आयोग गठन गरेको त थियो तर आयोगको सत्य /तथ्य छानविन गर्ने प्रक्रिया र आयोग द्वारा प्रकाशित प्रतिबेदन भने ‘ज्ञानेन्द्र बचाऊ’ अभियान भएको नेपाली जनताले ठहर गरे। रानाभाट अफैले हजारौ रास्ट्रीय तथा अंतरास्ट्रीय मीडियापर्सनहरु सामू आफ्नो कमजोर अंग्रेजी भाषामा ‘रट्रट्रट्रट’ र ‘भटाटाटा’ गरी बिरेन्द्र अंतरास्ट्रीय सम्मलेन केन्द्रमा हत्याराले प्रयोग गरेको भनिएको ‘एके- 47 ‘ समेत देखाए। तर, जनताले त्यसलाई झूटको संज्ञा सिबाय केही दिएनन। अंततः दरवार हत्याकाण्ड को निस्पक्ष छानविनका लागि बनेको उक्त उच्चायोग ले सत्य/तथ्य प्रकासमा ल्याउने कुरै छोडू जनमानसमा भ्रम फैलाउने सिबाय केही गर्न सकेन।
त्यसो त दीपेन्द्र निर्दोष नहुन पनि सक्छन, देबयानी संगको प्रेम पनि यो घटना को कारण हुनसक्छ, या पारस र उनका पिता ज्ञानेन्द्रको हात पनि हुनसक्छ, यो पनि हुनसक्छ की उक्त हत्या काण्ड कुनै बैदेसिक तत्वहरुले गराएको थियो । यस हिसाबले हेर्दा यसरी आम जनताले पनि ज्ञानेन्द्र र उनका फेमिलीलाई मात्रै दोषी देख्नु सायद उनी माथीको अन्याय हो की, किन भने हामी संग यस्तो प्रमाण छैन जसका आधारमा उनलाई दोषी ठहर्याउ। त्यस्तै, दीपेन्द्रलाइ सधै निर्दोष देख्नु सायद गलती पो ठहरिन्छ की। त्यसैले एउटा निस्पक्ष्य छानविन आयोग गठन गरी यो नेपालीहरु माझ छायेको भ्रमको कुइरोलाइ हटाउनु अनिबर्य मात्रै होइन अपरिहार्य देखिन्छ।त्यों हत्याकाण्ड त्यसै पनि एउटा ठुलो जमात माझ घटकों थियो, यस् मानेमा हामी संग प्रसस्तै गवाहीहरु छन, घटना बाट भागेर ज्यान ज्जोगाएकाहरु पनि धेरै छन, जसका मदत बाट सम्बंधित निकायलाई घटना भित्र को सत्यता पाउन सजिलो हुन्छ।त्यास छानविन प्रक्रिया मार्फ़त यदि ज्ञानेन्द्र नै दोषी साबित भए उनिमाथि स-सक्ता कारवाही हुनु जरुरी छ,किनकी १० /१० जना को हत्या गर्ने हत्यारा यसरी निर्धक्क बिलासी जीवन जिउछ भने यो एक्काईसौ सताब्दिको कानून प्रतिको उपहास ठहर्छ। र यदि ज्ञानेन्द्र र पारस दोषी नादेखिएमा उनिहरु प्रतिको नेपालीहरु को हेराई परिवर्तन हुन्छ ,जून अवस्य पनि नराम्रो कुरा भने होइन। बेला बेलामा फुर्सद हूदा हाम्रा श्रदेय प्रधान मंत्री कमरेड प्रचंड पनि सभा/ समारोह/ जुलुस तीर दरवार हत्या काण्ड र छानबीन आयोग गठन गर्ने गरुड़ पुराण हरु भन्नु ता हुन्छ तर केवल ‘गफै ता हून सम्धि’ भने झै मात्रै हो.
Via:http://nepalitaly.wordpress.com/2009/

|
0 comments
Write Down Your Responses