यस्ता छन् साथी कुकुर

हास्य अभिनेता हरविंश आचार्य बिरामी कुकुर काखीमा च्यापेर पुरानो बानेश्वरस्थित माउन्ट एभरेस्ट केनल क्लब पुगे। क्लबका अध्यक्ष सुरेश शाहले कुकुरको उपचार गर्न सक्दो कोसिस गरे। तर, कुकुर मर्‍यो। हँसिला र ठट्यौला अभिनेता आचार्य क्लबका कर्मचारीअगाडि नै डाँको छाडेर रुन थाले। सात वर्षअघिको घटना सम्झँदै शाह भन्छन्, "त्यतिबेला मैले मान्छेमा कुकुरप्रेम दिनप्रतिदिन गाढा बन्दै छ भन्ने भेउ पाएँ।" सहरमा सोखका रूपमा कुकुर पालन दिनप्रतिदिन मौलाउँदै छ। यतिसम्म कि, पूर्वमिस टिन तथा मोडल खुस्बु ओलीले त आफूले मायाले हुर्काएको कुकुर उपचारकै क्रममा मरेपछि प्रहरीमा उजुरी नै दर्ता गरनि्। ओली भन्छिन्, "केनल क्लबको लापरबाहीले मेरो कुकुर मरेको हो, पछि क्लबले क्षतिपूर्तिस्वरूप अर्को कुकुर दियो।" १३ वर्षअघिदेखि कुकुर पाल्दै आएकी ओलीसँग अहिले ६ वटा कुकुर छन्। खासमा सहरको यान्त्रिक जीवनशैली, विघटनको चक्रमा पर्दै गएको संयुक्त पारिवारकि परम्परा र नीरस भावबाट उन्मुक्ति पाउन घरपालुवा जनावरप्रति आकर्षण बढेको शाहको अनुभव छ। "घरपालुवा जनावरमध्ये सबैभन्दा गुनिलो र वफादार मानिने हुनाले कुकुरप्रति मान्छेहरू हुरुक्कै हुन्छन्," उनी भन्छन्, "कतिपयले भने सुरक्षाका लागि पनि कुकुर पाल्न थालेका छन्।"

0 comments

Write Down Your Responses

Powered by Blogger.